Monday, 24 May 2021

Home

ठकुरी

ठकुरीहरूमा वर्तमान राज्यले थोपरिएको खसआर्य अन्तरगतको क्षेत्री, क्षेत्रीया, राजपुतहोकी भन्ने भ्रम फैलिएको छ । वास्तवमा मुल ठकुरी खस आर्य होइनन आदिवासी मगर नै हुन । ।  ठकुरी को हुन भनेर यो व्लग अध्ययन गर्न अनुरोध गर्दछु । अंशुवर्मा पछि वैश्य ठकुरीहरू इतिहासमा देखिन्छन, वास्तवमा नेपालको इतिहासमा ठकुरी भन्ने शव्दको उत्पतिको इतिहास अंशुवर्मा पछिको वैश्य ठकुरीकालको प्रमाणिक इतिहास हो ।  साधरणतय हिन्दुधर्ममा व्राम्हण र क्षेत्रीले तागा लगाउछन र वैश्य भनेको जनै नलाउने जात्ती हुन  । ठकुरीहरु राज्यव्यवस्थामा राजाधिकरी भइसक्दा पनि क्षेत्री वा क्षेत्रिय भएका थिएनन् भन्ने लिखित बलियो प्रमाण हो । हिन्दु धर्ममा वैश्य भनेको जनै लाउन नपाउने शूद्र भन्दा माथिको जात हो । नेपाल भुमि सबैभन्दा पहिले विभिन्न किसिमका आदिवासी जनजातिहरूको भुमी थियो, त्यही जनजातिहरूलाइ जात व्यवस्थाको वकालत गर्ने हिन्दु धर्म र हिन्दु समाजले  वैश्य ठाहराएको हुन सक्छ ।  ती आदिवासीहरु मगर, कुसुन्डा, राउटे जस्ता जनजाति नै वैश्य ठकुरी कालका जाति हुन , त्यही वैश्य ठकुरीकालमा राजा वा मुखिया हुनेहरूले जनै धारण गरेर ब्राम्हनिजम  जात व्यवस्था अन्तरगत क्षेत्रीको अवधाराणा बोक्न नेपालका शक्तीशाली  मगर राजखलकहरु  तयार भए  । वाहुन बाट खसेको अर्को समुह पनि क्षेत्री हुने परम्परा बस्यो भने खसहरुले पनि क्षेत्री अवधारणा बिकास गरे  । नेपाली समाजमा अर्को ठुलो दिग्भ्रम फैलियो ठकुरी भनेको पुरानो र ठुलो क्षेत्री र अहिलेका खस क्षेत्री भनेको सानो क्षेत्री । नेपालका क्षेत्री भनेर अधिकास जातिहरुले  ठुलो जाति हुन वाहुनहरूको सक्कली वंशावलीको सिको गर्दै ठकुरी राजखलक र टाठाबाठाहरूले  हिन्दु मान्यता अनुसार नक्कली वंशावली खडा गरे  । त्यसैले जनक लाल शर्मा ले हाम्रो समाज पुस्तकमा निम्न कुरा लेखेका छन् ''साना राज्य भएका राजाका राज्यलाई ठकुराई भनिन्छ र त्यस्तो राज्यका राजालाई ठकुर वा ठकुरी भनिन्छ । नेपाल एकीकरणको अभियान प्रारम्भ हुनुभन्दा पहिले यस हिमाली भेकमा अनेक स–साना राज्य थिए । तिनमा राज्य गर्ने ठकुरी जुनसुकै जातका पनि हुन सक्तथे । त्यस समय हिन्दू वर्णव्यवस्थाको प्रभाव यस क्षेत्रमा निकै थियो । जुन समाजको प्रभाव बढी छ त्यसैलाई अपनाउनु मानवस्वभाव हो । यसै सन्दर्भमा अनेक ठकुरीहरु क्षत्रिय हुन पुगे । राज्यको हर्ताकर्ता भएपछि समाजमा यिनको स्थान उच्च हुनु कुनै नौलो कुरा होइन । दुई–चार पुस्ता बितेपछि यी स्वतः उच्चकोटिको क्षत्रियमा आए ।'' नेपालको पश्चिम तर्फका  २२ से र २४ से राज्य क्षेत्रमा भुरे टाकुरे स्थानिय जनजातिको मुखियाहरू  सेन, सिहँ, खान, मल्ल, पाल, वम थर भएका राजाहरू देखिन्छन ति सबै अहिले ठकुरीका थरहरू हुन । डा सुर्यमणि अधिकारीले खसजाति नामक पुस्तकमा मगारातका शक्तिशाली मुखियाहरूले एकपछि अर्को गर्दै सेन, खान, शाह र शाही आदि थर ग्रहण गर्दै  राजा भए भनेका छन ।  सामान्यतय मानिसको संस्कार र सांस्कृतिक क्रियाकलापले तथा शारिरिक वनावटले उसको जात, वंश र भुगोल वताउँने भएकोले समुदायमा भएको व्यक्तिको भेषभुषा,  सामाजिक रहनसहन र सामाजिक मुल्य पनि जाती निर्धारण गर्ने तत्व हुन । आजभोलीको वसाइसराइ, मिश्रित वसोवास र वसाई सराई, अन्तरजातिय विवाहले मानिसहरूको शारिरिक बनावट र सामाजिक रितिस्तथितिमा पनि परिवर्तन आइरहेको पाइन्छ । यसो भए पनि  नेपालको सुदुरपश्चिमको तल्लो भेल्टमा खस आर्य र गण्डक क्षेत्र वरपरको कर्णालीको पहाडी र उत्तर भेल्ट तिर किराँत जनजाती  वा मङ्गोल मुलका ठकुरीहरू छन l ठकुरी समुदायको पुर्व देखि पश्चिम सम्मका मानिसहरुमा आपसको सामाजिक रहनसहन र सामाजिक मुल्य पनि फरक फरक पाइन्छ जस्तै गण्डक क्षेत्रमा छेवर, मामाको छोरी विहे, विभिन्न लोक संस्कृति, नाचरी, चुढ्का, वालन, सालैजु आदि छन भने अन्य क्षेत्रका ठकुरीहरूमा यो प्रचलन पाइदैन । नेपालका सयाै इतिहासविद र समाजशास्त्रीहरुले गण्डक क्षेत्रका मगर जनजातिबाट ठकुरी बनेका विश्लेषण गर्छन, वहाँहरूको अध्ययन अनुसार ठकुरी भनेको छुटाटुटै वंश भएको एउटा समुदाय हो डोरवहादुर विष्टले खस र मगरबाट ठकुरीबनेको उल्लेख गरेका छन भने, फ्रेञ्च लेखक ह्यामिल्टन वुचाननले शाहवंश र शाहहरूको वरपर रहेका ठकुरी समुदायको आदिवासी श्रोत मगर भएको उल्लेख गरेका छन, ह्यामिल्टनको नेपाल वर्णनमा ठकुरी समुदाय र मगर समुदाय विचको प्रत्यक्ष अवलोकन गरेर उनले आफ्नो भ्रमणमा जातिय हिसावले ठकुरी र मगर एउटै भएको तर धार्मिक हिसावले मगरहरू हिन्दुधर्म प्रति उधार हुँदै गएकोले धार्मिक हिसावले यि दुइजात विस्तारै छुटिदै गएको निष्कर्ष निकालेका थिए ।  यसरी शाहवंश वा त्यसक्षेत्रका ठकुरीहरू मगर जनजाति अवस्थावाट विकसित भएको विश्लेषण गर्नुहुनेमा  ह्यामिल्टन वुचानन, कर्नेल एडेन भान्सिटार्ट, फ्रेन्च लेखिका मारिया,  डोरबहादुर विष्ट, प्रयागराज शर्मा, डिल्लीरमण रेग्मी, इमानसिङ चेमजोङ,  जोनवाल्टन, डा जगमान गुरूङ्ग, डा सुरेन्द्र केसी, सुजित मैनाली, यादव देवकोटा, हर्षवहादुर वुढामगर, विकेराना मगर, यमयस राना मगर आदि जस्ता दर्जनाै इतिहासविद, समाजशास्त्री र लेखकहरूले शाहवंशको नशो मगरतिर नै भएको विश्लेषण गर्नुभएको छ । इतिहास शिरोमणी वावुराम आचार्यले पनि गोर्खालीशाहहरूलाइ मगरराजा भन्थे र त्यहाँका गुरूङ्गहरू तर्कन्थे भन्ने विश्लेषण थप्नु भएको छ । विभिन्न किसिमका ठकुरीहरुमा आ-आफ्नो चलन, संस्कार, संस्कृति र सामाजिक मूल्य तथा मान्यता छन । मंगोल किराँत मुलका ठकुरी हुँदा हुँदै सबै ठकुरी एउटै खसआर्य मुलका मात्र थिए भनेर गलत व्याख्या गर्ने, अझ राजपुत हुन भनेर इतिहासका विषयहरू प्रति अनभिज्ञ रहने र विज्ञहरूको सुझावको उपेक्षा गर्नेहरू पहिचानको वाधक बनेका छन । अर्को समस्या भनेको एकताको नाममा विविधता खोजिएको छैन । असन्तुष्टि यसैको परिणाम हो किनकी ठकुरीहरूले आफ्नो जनजाति आदिवासी इतिहासलाइ खोज्नुपर्ने देखिन्छ ।
नेपालको संविधान २०७२ ले खस आर्य र जनजातिको व्याख्या गरेको छ, सरकारका प्रशासनिक संगठनहरू यसैमा केन्द्रित छन । नेपालको एकता अभियानमा सबै भन्दा धेरै भुमिका निर्वाह गरेका ठकुरीहरूका पुर्खा थिए भनेर वयान गरेर नथाक्ने ठकुरीहरू खस आर्य र जनजातिको वर्गिकरणमा यता न उताका भएका छन, यसलाई समर्थन पनि गर्दैनन् भने बिरोध गर्न पनि सर्माएका छन l ठकुरीहरू आफै अलमल गरेका छन् र  अन्य जातमा परेका छन । जसरी राउटेहरूले आफ्नो समस्या बताउन सक्दैनन केहि ठकुरीहरूमा पनि यहि उदाहरण लागुहुन्छ । ठकुरीहरुमा विभिन्न शारिरिक वनावट पाइन्छन तर मङ्गोल अनुहार भएका ठकुरीहरूलाइ मिसिएको भनेर केहि बाठा भनेर भन्ने ठकुरीहरूबाटै अपव्याख्या, इतिहास प्रति द्वेष र धर्मको जप लाएर कुव्याख्या गर्दिन्छन । यस्तो हुनु भनेको ठकुरीहरूको संकिर्ण सोचको परिणामले हो । उच्च जातको कक्षामा वकालत गर्ने ठकुरीहरूले अल्पमतमा पर्ने सिमित ठकुरीहरूको पहिचान समाप्तपार्न खोजेको देखिन्छ । ठकुरीहरूलाइ आदिवासी जनजाती हो / होइन, खस हो /होइन, मगर हो /होइन, राजपुत हो /होइन, आर्य हो / होइन भनेर सामाजिक सन्जालमा यसको चासो, ब्याख्या, छलफल, वाद विवाद भएको पाइन्छ । त्यसैले
ठकुरीहरूको इतिहास हरायो भन्दै इतिहास खोज्न ठकुरीहरू कै कार्यक्रममा संस्कृतिविद डा जगमान गुरूङले सुझाउनु भएको थियो ।
कर्णालीका चल्लहरुले पहिले बौद्ध धर्म मान्थे, दैलेख दुल्लुको उँ मणि पद्मे हुँ भन्ने पृथ्वी मल्लको कृतिस्तम्भ र पुण्यमल्लको कनक पत्रमा लेखिएको ४ खामको लामा अभिलेखले पुष्टी गर्दछ डा जगमान गुरूङ्ग । प्राचिनकालमा तिब्बत देखि झरेका चल्लहरु, पछि राजा रजोटा हुँदै मल्ल, पाल, चन्द, वम, सिङ, शाही, मेदासी, शाह आदिमा बिभक्त भएका थिए । गण्डक क्षेत्रमा उचै, सेन, वंशी खान,चन्द, सिङ र पर्वतमा मल्ल ठकुरीहरु थिए । खानहरु पछि शाह, शाही, समाल हुँदै गए, खानहरुलाई खाँण वा खाँड पनि भनिन्छ । परम्परागत रूपमा राजाको मृत्युपछि जेठा छोरा राज गद्दीको उत्तराधिकारी हुन्थे, बाउलाई मारेर नै राजकुमारहरूले बाबुको थर फेर्दै राजगद्दि सिन भएको टाकुरे र भुरे राजाका इतिहास देखिन्छन । चल्ल पछि मल्ल शाही सिह र खान पछि शाह शाहि मेदासी समाल भएर ठकुरीहरूको थर बदलिनु यसैको उदाहरण हो ।
के बुझ्नु पर्छ भने ।
नेपाल र भारतमा भने मानिसको उत्पति वा जन्म ऋषिबाट भएको गलत व्याख्या गरिन्छ, गोत्र प्रणाली कुनै एक ऋिषिको जन्मबाट मात्र नभइ कुनै पनि ऋिषिबाट दिक्षित भएका विभिन्न जातिका समुहहरू पछि तिनै ऋषिबाट दिक्षित भएको इतिहास राख्न तिनै ऋषिको नामलाइ गोत्र वनाएर विभिन्न जनजातिहरूले ग्रहण गरेका थिए  । विश्वमा मानिसहरूको शारिरिक बनावट ३ किसिमका मात्र छन । यसलाइ मङ्गोल, ककेसियन र निग्रो भनिन्छ । नेपालका खस आर्य वा ककेसियन र किराँत वा मङ्गोल समुदायका मानिसहरू मात्र छन ठकुरीहरू पनि सुदुर पश्चिम तिर आर्यखस ककेसियन र  गण्डक क्षेत्र वरीपरीका ठकुरीहरू मङ्गोल वा किरात मगर मुलका देखिन्छन । यिदुवै किसिमका शारिरिक वनावट भएका ठकुरीहरूको मिलन विन्दु  धर्मको कारणले हिन्दु भनेर गलत व्याख्या गर्दै  ठकुरी जातीको निर्माण भएको हो । नेपालमा वास्तवमा ठकुरीहरूले आर्य र मङ्गोलहरू विचमा स्वफुर्त वैवाहिक चलन चलाएर जातिय भेदको निरूपण गरेको देखिन्छ तर यसमा भारत र नेपालमा भएको उचनिच जात व्यवस्थाले ठकुरीलाइ मात्र होइन सम्पुर्ण जातिहरूलाइ प्रभाव पारेको छ । खस आर्य हिन्दु मुलका ठकुरीहरू वाहेक मुस्ताङ्गमा बुद्दिष्ट समुदायका ठकुरीहरू पनि छन । गण्डक क्षेत्रमा हिन्दु समुदायका भुमी पुजक किरात मुलका मङ्गोल जनजाति ठकुरीहरू पनि छन । हिन्दु भित्र कै कुसुण्डा र राउटेहरूले ठकुरी भएकोमा गर्व गर्छन । केहि ठकुरीहरूलाई अझै पनि कुसुण्डा भनेर पहिचान दिने गरिन्छ । जोहान र रेनहार्डले कुसुण्डाहरुको अध्ययन गरेका थिए उनले ठकुरी, कुसुण्डा र मगर एकै रगतका दाजुभाई ( ब्लड ब्रदर ) भएको निष्कर्ष निकालेका थिए । राउटे र कुसुण्डा ठकुरीहरु अन्य समुदाय संगको सम्पर्कले गर्दा अहिलेका मूल ठकुरीहरुसंग छुटिएको बिभिन्न तथ्यहरुले देखाउछ । ठकुरीहरूले सानो ठुलो जातको अवधाराणा त्यागेर कुसुण्डा, राउटे ठकुरी र अहिलेका भनिएका ठकुरीहरूलाइ समेटेर आपसको संस्कार संस्कृतिलाइ अपनत्व गरेर सयुक्त आदिवासी जनजाती ठकुरी संगठन निर्माण गर्नु पर्दछ । ठकुरी – जनजाति नाम हो । जनैधारण पछि ठकुरीहरू क्षेत्री भएका थिए । ठकुरी पहिचानलाइ कायम राख्ने हो भने कुसुण्डा, राउटे संग मिलेर सगै जानु पर्छ, एक्लै जान खोज्न हुन्न । नत्रभने यथास्थितिमा इतिहासको ठकुरी वंश हराए झै अहिलेका ठकुरीहरू पनि हराउलान भन्ने अन्य जाति भै सकेको वर्तमान पृष्ठभुमिले संकेत गरिसक्यो । अन्य भनेको पहिचान नभएको अवश्था हो यहि अवश्था रहेमा वा सक्कली क्षेत्रीको अवधाराणा बोकिरहेमा अहिलेका राउटे र कुसुण्डा बाहेकका ठकुरीहरू पनि भविश्यमा विलिन हुन पुग्छन । संस्कार, संस्कृति, कुल र मुल हराए पछि जात हराउछ । यो अन्यजातको अन्यायलाइ जव सम्म ठकुरीहरूले हटाउने कोशिस गर्दैनन तव सम्म कुनै पनि ठकुरीहरूको इतिहास र पहिचानलाइ न्याय हुँदैन । ठकुरीहरूले अन्य जात किन भयाै भनेर आँफैलाइ हजार पटक सोधेर उत्तर खोज्नु पर्छ । इतिहासलाइ विश्लेषणात्मक अध्ययन गर्न सक्नु पर्छ । विज्ञको सुझाव मान्नै पर्छ । इतिहासलाइ साक्षी राख्नै पर्छ ।  संस्कृतिटाइजेसनले गर्दा ठकुरीहरूको संस्कार, संस्कृति छिन्नभिन्न भएको छ ।अहिलेका ठकुरीहरू राउटे, कुसुण्डासंग विभाजन हुनुको मुल कारण मुर्खता सहितको घमण्ड र कथित उच्च जातको क्षेत्री बन्ने गलत अभ्यासले भएको हो । केहि वाँकीरहेको ठकुरीहरूको संस्कारहरू मातृसतात्मक प्रणाली मामाको छोरी विहे, केहि देविदेवतालाइ अझै पनि सुँगुर वा वनेल, रागो र जाँड चढाउने गर्छन भने मगरहरू संगै कुल पुजा गर्ने र विभिन्न लोक संस्कृतिको धनि पनि छन । मामाको छोरी बिहे गरेर आफ्नो जातीय पहिचान पस्केका बडामाहाराज पृथ्विनारायण शाहलाइ उनको मामाले दिनुभएको महत्वपुर्ण निर्देशन दिव्यउपदेश नामक पुस्तकहरूमा पढ्न पाइन्छ, राजा पृथ्विको बुवाले पनि मामाको छोरी बिहे गरेका थिए, संयोग पनि कस्तो भने वाल हेरचाह देखि नेपाल एकिकरणमा पृथ्विका मुमाहरू मगर चन्द्रप्रभा र मगर भनिएकी कोशल्यावतिको भुमिका र वहादुर शाहकी भाउजु राजेन्द्र लक्ष्मी शाहको योगदानले ५२ वटा साना तिना राज्य गाभिएर विशाल नेपाल बनेको थियो । राम शाहकी मुमा सल्यानकोट देवि भएकी र उनको रानी मनकामना देवि भएको विश्वास गरिन्छ यसैले शाह राजाहरूले मातृसत्तालाइ प्राथमिकता दिनाले नै एक पछी अर्को गर्दै  सफल हुँदै नेपाल एकिकरण पनि सम्भव भयो । जो मगर संस्कार र संस्कृतिको कम्युनिटी एकताको फल नै हो ।
प्रकृति भुमि पुजक गण्डक क्षेत्रका ठकुरीहरुलाई डोर बहादुर बिष्ट, शिखरनाथ सुवेदी, ह्यामिल्टन बुकानन, इमान सिहँ चेम्जोङ्ग, प्रयागराज शर्मा, डिल्लीरमण रेग्मी, सुर्य मणि अधिकारी, नरवहादुर थापामगर, यम यस थापा मगर र पछिल्लो पटक संस्कृति तथा इतिहासविद डा जगमान गुरूङग र सुजित मैनाली जस्ता इतिहासविद र समाज शास्त्रीहरुले मगर मुलको भएको विश्लेषण गरेका छन् । बाबुराम आचार्य अनुसार गोर्खलीशाहलाई बार्पाकी गुरूङहरुले मगर राजा भन्थे भन्नुभएको छ । शाह र सेनहरूको सन्दर्व नभएको पुरानो वंशावलीहरूलाइ इतिहास विद बाबुराम आचार्य र डा राजाराम सुवेदीले भ्रामात्मक भ्रष्ट वंशावलीहरूमा सत्यता नभएको भनेर गहिरो र यथार्थ विश्लेषण गर्नु भएको छ । समाज शास्त्री वि के राना मगरका अनुसार भुपु शाहवंशको नक्कल गरेर केहि सेन र खान राजाहरू सग कुल र मुल जोडिएका चिताैरे मगरहरू पनि भारतिय राजपुत भएको दावी गर्छन जो गलत हो ( युटुव ) । नेपालमा समाज विकास क्रम सगै वंशावलीको काल्पनिक मिथ्याहरू पनि हुर्कदै जानु रहस्यमय देखिन्छ । यहि रहस्यको गाठीकुरा पहिल्याउन उतिवेलाको गण्डक क्षेत्रमा पर्ने पाल्पा रिडि क्षेत्र, तनहुँ र गोर्खा समेतका जनजातिहरूको अध्ययन गर्न नेपालमा १४ महिना सम्म बसेर एउटा फ्रेन्च समाजशास्त्री ह्यमिल्टन बुकाननले जनजातिहरूको मिहिन अध्ययन गरेका थिए । उनले गोर्खाली राज खलक ( ठकुरी ) को जनसंख्या किन थोरै भयो भनेर यसको खोज शुरू गरेका थिए  । इण्डिया भारतको जातिय प्रथामा पहिले नै जानकार भएका हामिल्टनले रोयल लाइन भनेर राजाको खलकलाइ भारतिय दोभाषेको सल्लाहले राजपुत शव्द प्रयोग गरेका थिए । थोरै जनसंख्या भएको ठकुरीहरूको समुहले धेरै जनसंख्या भएको खस र मगरहरूको नेतित्व कसरी लिन पुगे भनेर त्यस क्षेत्रका जनजातिको सुक्षम अध्ययन गरेका उनले त्यो भ्रमण मुख्य रूपमा नेपालको शासन सत्ताको मेरूदेण्ड जनशक्तिहरू को र के थिए भनेर राज्य भित्रको धर्म, संस्कृति, समाज र जातिय बनावटको अध्ययन गर्दै साना भुरे राज्य लगायत गोर्खाली शाह राजसंस्था कुन जातका वा वर्गका मानिस हुन, राजसस्थाको स्थापना कसरी भयो र जनताको साथ र सहयोग के थियो र छ भनेर वुझ्न कुटनितिज्ञको रूपमा आएका उनले गोर्खाली राजसंस्था र गण्डक क्षेत्रका ठकुरीहरू मगर थिए भनेर निष्कर्ष निकालेका थिए । यसको प्रमाणको रूपमा उनले विभिन्न जातजातिहरूको अवलोकन, सोधपुछ, शारिरिक वनावट, संस्कार संस्कृतिक, चालचलन र व्यवहारहरूको गहिरो अध्ययनलाइ आधार र साधान मानेर जस्ताको तस्तै उतारेका छन, उनको समयमा अडियो र भिडियो रेकर्डको जमाना थिएन  । उनले केहि राजखलक हुँ भन्ने मगरको ब्रान्चले पुर्णरूपमा हिन्दु व्यवस्था अपनाएको र उनै जातिय लिन्क वा वंशका मगरहरूले हिन्दुधर्मको खिलाफमा सुँगुरको बली दिएर र रक्सी पिएको प्रत्यक्ष अवलोकन गरेको अनुभव प्रस्तुत गरेका छन । यस आधारमा उनको विश्लेषण र खोज अव्वल मानिन्छ l नेपालका इतिहासविदले उनको लेखलाई संदर्व सामाग्री बनाएर लेख्ने गर्छन l उनले नेपाल आउँदा इण्टरपेटर को लागि उनैले ल्याएका भारतिय वाहुन र पाल्पा राज्यबाट निर्वासित राजाका पण्डित सादुरामको सहारा लिएर मगारातका जनजातिहरूको अध्ययन गरेका थिए । नेपालका इतिहासकारहरूले ह्यामिल्टनको पुस्तक नपढेको खण्डमा उनिहरूको विद्यावारिधी अपुर्ण हुन्छ । उनैको पुस्तक पढ्दै उनैलाइ गाली गर्दै अहिले पनि इतिहासविदले विद्यावारिधी गरे पनि गोर्खाली शाहलाइ मगर थिए भनेको विषयलाइ क्षम्यभाषामा इतिहासको कुना तिर यसो टिप्पणी उठाएर अरू सबै पृथ्विनारायण शाहको विवाह, व्रतवन्ध, परिवार, रानी, गोरखनाथको छादको काहानी, मामा घर तिर जाँदा मामाले दिएको अर्ति खस, वाहुन, मगर, ठकुरी र गुरूङ्ग काठमाडाै पुगे पछि नेवार, तमाङ र किरातको कुराहरू लेखेर पुस्तक भर्छन । जस्तै  सुर्य बिक्रम ज्ञावालीले पृथ्विनारायण शाहको संक्षिप्त जीवनीमा उनलाई क्षेत्री बनाउन उद्दत छन । बाबुराम आचार्यले पनि  गोरखामा, वाहुन, क्षेत्री, दलितको सङ्ख्या वढ्दै गएकाले क्षेत्री राजा द्रव्यशाहलाइ मगरको घले राज्य जित्न सजिलो भयो यसको मतलव गुरूङ्ग मगर वहुल क्षेत्रमा क्षेत्री राजा वाहुन, खस क्षेत्री र दलितको संख्या बढ्दै गएकोले सहज भयो तर उनै फेरी उहि पुस्तकमा ग गुरूङ्गहरू उहि शाह राजा मगर भनेर तर्कन्थे भनेर टिप्पणी उठाएका छन ।    पृथ्विनारायणले उनको समयमा   धेरै रानी बनाएर उनैका  काखमा पालै पालो सुत्ने तथा उठ्ने  र खसीको झोल  सित गोर्खामा फलेको कोदोको ढेडो र  फाँटमा फलेको मसिनो पोखरेली चामालको भात सधै खान पुग्थ्यो होला, नरभुपाल शाहले त्यति त राजकुमारलाइ बनाइदिए कै थिए । तर २० वर्षमा राजा भएर नेपालको जग बसाल्ने हिडेका उनको  ५२ वर्षको उमेरमा  देहवासन भयो तर पनि वहाँको नेत्रित्वपुर्ण भुमिकाबाट नेपाल देशको खाता खोलियो  । मगर वाहुल्य क्षेत्रबाट मगर ददाङ्गी ( दाजी )हरू लिएर वा एकै कुलका दाइभाइ मगरहरूको साथ र सहयोग लिएका  आर्यवाहुन धर्म तिर विस्तारै लहसिएर वाहुन र खस क्षेत्रीको समेत मन जितेकाले गोरखा जिल्लाका गुरूङ मगर वाहुन क्षेत्री खस देखि सबै जातिको मन भावाना जित्न सफल भएका थिए । यसरी  बनेको राज्यसत्तामा  राणाहरूले  षडयन्त्र पुर्ण ढङ्गले दरवारमा श्री ३ बनेर पसे पछि शाहराजाको दुर्गति शुरू भएको थियो । खस राणा संग लम्पासार परेको एकीकरण सकिए पछिका पिजड़े शाहराजाको गतिविधिहरु गाँउका टाकुरीमा बसोवास गरेका ठकुरीहरूले राणालाइ गाली गर्दै उनै दरवारको नक्कल गर्दै गए । भारतिय संस्कृतिको गहिरो प्रभाव पर्दै गएको दरवारको चरित्र संस्कारले खस आर्य संस्कृति पुर्ण रूपमा अवलम्वन गर्यो l 

अहिलेको गण्डक क्षेत्रका ठकुरीहरू आदिवासी जनजाति पनि भन्न नसक्ने तर अरू के पहिचान दिने भनेर अन्याैलमा छन ।
दक्षिण एशियामा जात प्रथाले मानिसहरूलाइ बाँधेर राखेको छ, कयाै जातजातिको संस्कृतिहरू मासिने क्रममा छन,
मामाको छोरी विहे, भान्जाको पहिलो पटक कपाल काट्ने प्रचलन छेवर र विहेमा शाहीपाटाको सामानको चलनलाइ ठकुरीहरूले महत्वपुर्ण ठान्छन । केहि ठकुरीहरूले भयरको पुजा गर्दा सुँगुर, गोर्खा दरवारमा र स्याङ्जाको लसर्गामा कुल देविलाइ पहिले सुँगुरले र पछि वनेलले पुजा गर्ने प्रचलन रहेको देखिन्छ । गोर्खाकालिकालाइ सतार राँगो लमजुङ देखि लगेर वलि दिएको दिनेशराज पन्त लिखित गोर्खा राज्यको इतिहासमा परेको छ । अझै पनि विभिन्न ठाँउका ठकुरीहरूको कुलपुजामा राँगोको पन्चवली दिने र दशैको अष्टमीको दिन जाँड रक्सी चढाउने प्रचलन देखिन्छ । लेखक तथा इतिहासविद यादव देवकोटाका अनुसार भीरकोटमा सारुमगर, गह्रौंकोटमा बरालमगर, खिलुङमा सारु, नुवाकोटमा सारु, सतहुँकोटमा पुलामी, सराङकोटमा चुमी थापा, ढोरमा दर्लामी, लमजुङमा दूधराना, गोर्खा कालिकामा भुसाल/मास्की, सल्यानकोट धादिङमा सारु/रानामगरहरू पुजारी रहेको देखिन्छ कुनै पनि वंशको कुलपूजा हुने मन्दिरमा आफ्नै वंशको मात्रै पुजारी रहने हरेक परिवार, गोत्र, वंशहरूको सर्वमान्य प्रचलन हेर्ने हो भने खान/शाहहरूको कुलपूजाको मन्दिरमा मात्रै किन मगर पुजारी रहे भन्ने सवालहरूले शाहहरूको वंशीय नश्लको यथार्थ पर्गेल्न मद्दत गर्छ भन्नुभएको छ । विभिन्न कोट र देविहरूको पुजा विधि र यसको इतिहासले यस क्षेत्रका ठकुरीहरू आदिवासी जनजाति मगर नै भएको प्रमाण देखिन्छ ।
देब्रेहातले दाहिने कुहिनो छोएर दाहिने हात निधारमा पारेर निहुरेर गरिने सम्वोधन दर्शन ठकुरीहरूको प्रतिष्ठा हो । पहिले पहिले सलाम भन्थे । ठकुरीहरूको सेनामा उच्चतहमा काम गर्नेहरूका विचमा सलामी दिने परम्परा पछि राजकिय खानदान हुदै ठकुरीजातिमा सलामको प्रयोग भएको देखिन्छ । पछि सलाम फेरी मुसलमान सित मिल्ने जस्तो देखेर सलाम विस्तापित गरी दर्शन प्रयोग भएको हो ।
ठकुरीहरुको पुरानो पारिवारीक नाता ठाँउ अनुसार फरक फरक भए पनि मुलत जिवा, जिमा, वुवा, मुवा, दाजी, आजी र आफुभन्दा सानाहरूलाइ बावु र मुइया आदिले ठकुरीको पहिचानलाइ संकेत गर्दछ ।
दरवारमा राजा र राणाहरूले सिमित रूपमा वोल्ने भाषा वक्स्योस वा स्योलाइ केहि समय देखि ठकुरीहरूले आफ्नो भाषा भनेर गलत परिभाषा गरेको पाइन्छ । खस नेपाली भाषालाई आदार्थी र नम्र भएर स्यो, वक्स्योस लाएर बोल्न पाउनु सबै नेपाली भाषीको नैसर्गिक अथिकार हो, कसैले पनि दरवारिया वोलीलाइ हाम्रो भाषा हो भनेर गलत व्याख्या गर्न हुँदैन पहिचान भनेको गाँउदेखि शहर र दरवार पसेको हुनु पर्छ । ठकुरीले आफ्नो भाषा र संस्कृतिलाइ जोगाउने भए कुसुण्डा ठकुरी भाषालाइ नै अघि वढाउनु पर्छ । त्यहि भाषा ठकुरीहरूको हो ।
इतिहासको विभिन्नकालमा राज्य वा देशको सम्पति र धन दौलत भनेको दरवार, फाँट, नदि नाला, सुनचाँदी, घर, घोडा, मन्दिर र गुम्वा आदि भौतिक बस्तु थिए तर अहिले जाति र जनजातिहरूको सम्पति पहिचान भनेको भाैतिक सुख सुविधाको अलवा माया, प्रेम, सद्भभाव, भाषा, संस्कार र संस्कृति हो ।

गण्डक क्षेत्र वरीपरी २२ र २४ राज्यका अधिकास क्षेत्रका ठकुरीहरूको आदिवासी तथा जनजाति पृष्ठभूमि यस प्रकारको छ ।
१. गण्डक क्षेत्र र यस वरिपरिका ठकुरीहरूले मातृसतात्मक प्रणाली अनुसार मामाको छोरी विहे गर्नाले ।
२. गणडक क्षेत्र वरिपरिका ठकुरीहरूको छेवर परम्परा हुनाले,
३. केहि ठकुरीहरूको कुल पुजामा जाँड रक्सी चढाउने प्रचलन भएकोले ।
४. केहि ठकुरीहरूको कुल देवी तथा लमजुङकाली, गोर्खाकालीमा राँगो र आलम देवी र भयरलाइ सुँगुरले पुज्ने गर्नाले ।
५. आलमदेवी, मनकामना, पयुकोट र सल्यानकोट देविहरू जस्ता देविका स्थानहरूमा मगर र ठकुरी पुजारीहरू र आपसको कुल देवता हुनाले ।
६. अधिकास ठकुरी कुमार र कुमारीहरू विवाह वन्धनमा अनुवन्धित हुँदा सशुरा र जेठानले ज्वाइलाइ ढोग्छन तर नाताकुटुम्व विवाह स्थापित भै सके पछि सबै ज्वाइहरूले सासु र सशुरालइ वा जेष्ठ सदस्यहरूलाइ जीवनकालभरी भेट्नासाथ दर्शन गरेर पहिलै निहुरिनु पर्ने चलन भएकाले ।
७. विवाहमा दुलाहा तर्फबाट शाहिपाटाको सामान लगे पछि दुलहीको माइति पक्षले शाहीपाटाको सामानको जरिवाना वा मुल्य फिर्ता गर्नु नपर्ने भएकोले,
८. ठकुरीहरूले पितालाइ 'वुवा' मातालाइ 'मुमा' दाजुलाइ 'दाजी' दिदीलाइ 'आजी' र सानीमा लाइ 'छेमा' 'छ्यामा' भनेर सम्वोधन गर्ने भएकोले ।
९. गण्डक क्षेत्र र यस वरिपरीका ठकुरीहरूको शारिरिक संरचना वाहुन क्षेत्री राजपुत जस्तो आर्य वर्णको नहुनाले ।
१०. केहि ठकुरीहरूलाइ आजभोली पनि कुसुण्डा भनेर पहिचान दिइने भएकोले, वा कुसुण्डाका सेन शाही थर मात्र होइन इतिहास पनि  हुबहु ठकुरी संग  मिल्ने भएकोले 
१. राउटेहरू ठकुरी हुँ भनेर निरन्तर दावी गरिरहने भएकोले र उनिहरूको थरहरू पनि खान, सेन, शाही राजकोठी र कल्याल, हमाल आदिहुने भएकोले ।
जोहान र रेनहार्डको अध्ययनले ठकुरी, कुसुण्डा, राउटे र मगर एउटै जाति हुन भन्ने निश्कर्ष निकालेका हुनाले ।