ठकुरी समाजको चासो राउटे तिर समाचारको लागि यहाँ
ठकुरी र राउटे विच घनिष्ठ सम्बन्ध भएको पाइएको छ | राउटेहरुले संधै आफुलाई वनको ठकुरी वताउदै आएका यो जातीमा कल्याल ठकुरी , राजकोटीठकुरी र
छत्याल ठकुरी हुन्छन | यिनीहरुको सबै थरहरु अहिलेका ठकुरीहरुका थर सँग हु-बहु मिल्दछ, मुलत प्राकृत धर्म मान्ने यस जातिले सधैँ आफुलाई ठकुरी भएकोमा बडो
सत्यवादी घमण्ड गर्दै आएको पाइन्छ | शाही, चन्द, हमाल, सेन, सिहं आदि जस्ता थर राउटे र ठकुरी दुबैमा पाइन्छ | विवाह पश्चात नव दुलाहले आफ्नी दुलहीसंग ससुराली वा आफ्नी श्रीमतीको जन्म
घर वा उनीको माइती पहिलो पटक जादा खसीको पछाडी पट्टीको दाहिने साप्रो लिएर
जाने चल्ती पनि राउटे र ठकुरीमा मिल्ने एउटा बलियो
आधार हो |राउटे , कुसुण्डा
र ठकुरीको एउटै रक्त समुह भएको कुरालाई हामी नकार्न सक्दैनौ | अहिले विभिन्न स्रोतहरुले ठकुरीसंगको घनिष्ठतासंग राउटेलाई जोडेर हेरेको र
विविध श्रोतले यसको पुष्टि पनि गरेको पाइन्छ | राउटे , कुसुण्डा र ठकुरीको भिन्नता
धार्मिक कारणले भएको हो | अद्यापी यी
राउटेहरुले आफैले आफैलाई वनको ठकुरी र वनको राजाको रुपमा प्रस्तुत गर्दै आएको
पाइन्छ |
तत्कालिन समयमा ठकुरीहरु मध्य उपेक्षित भएको अर्को समुहले त्यसबेलाको अवस्था सहन सकेनन| यो अनमेल परिस्थितिमा केही विषेश जाति भित्र कै अल्प समुहले बिद्रोह गरे।
मुक्ति का लागि गाउँ छाडेर जंगल छिरे । लामो समय सम्म जंगलमा नै जीवन यापन गर्न
थाले | जीवन जिउनका लागि फेरी बनका गिठ्ठा, भ्याकुर, तरुल र वन्य जन्तु आदि खान थाले | शिकार खेलेर जीवन यापन गर्न थाले | लामो
समय वा कयौ वर्ष सम्म पनि उनीहरुको यहि क्रियाकलाप रहदै आयो | जहाँ-जहाँ आफुहरु जान्थे त्यहीं ठाउँमा गएर गीतगाउन र नाच्न थाले | मनोरन्जनका लागि नाच गान गर्न थाले जो उनीहरुले आपासमा दु:ख बिर्सन को
लागि सहयोग पुग्यो | जंगल नै आफ्नो राज्य (राजधानी , दरवार र घर ) सम्झने यो वर्ग अद्यापि आजको २१ सौ सताव्दी पछी पनि जंगललाई
नै आफ्नो सम्पूर्ण सृष्टि हो र जंगल आफ्नो प्यारो वासास्थान हो भन्ने सम्झेका छन् |अशिक्षा र गरिवीको कारणले सभ्यताको बिकासको प्रभाव जुन सुकै नेपालको
राजनीतिले वा राजनीतिका पार्टीहरु समेतले उनीहरुमा पार्न सकेन | उनीहरुमा सिलाएको लुगा लगाउनु हुन्न, घर बनाउनु
हुन्न , काम गर्न हुन्न भन्ने जस्ता कार्यकालाप
आफ्नो परम्परा र संसकृति सम्झिएका छन् । पुर्खाले जीवन
धान्न गरेका कामलाई शिकारी भएर जंगली जन्तु मार्नु र आहार गर्नु आफ्नो पौरख ठान्ने
गर्दछन | त्यसैको परिणामस्वरूप उनीहरु मानव
बिकासका आधारभूत सेवा देखि वञ्चित भएका पनि छन् र यो सर्व विदितै छ | जंगल पसेका त्यहि ठकुरी उही कुसुन्डा र राउटे हुन |जसले सधै आफुलाई ठकुरी भनि रहेका छन् र दोहोराइ रहेका छन् । आफुलाई वनको
राजा भन्छन | जो हिजोका ठकुरीका दाजुभाइ नै हुन |यी जातिका नाउमा आउने थर शाही , हमाल , चन्द आदि र अहिले का ठकुरीको थर हु-बहु मिल्नु र उनीहरु सबैले आ-आफ्नो
अन्तर्निहित आत्मा देखि आफुलाई नै ठकुरी हौ भन्नु यो जिउदो प्रमाण पनि हो |
|त्यति मात्र होइन उनिहरु हामी ठकुरी हौ भन्ने बलियो घमण्ड पनि
गर्छन | उनीहरुले आफुलाई जंगलका राजा भन्छन | कसैले राउटे हरुको भाषा र चेहेरा तिव्वत वर्मो परिवार मा पर्ने भएको ले यी
जाति ठकुरी सँग नजिक हुँदै हुन्न भनेर हास्यास्पद कुरा गरेका पनि छन् | राउटेहरुको चेहरा पनि गण्डकी र लुम्बिनी क्षेत्रको ठकुरीसँग हु वहु मिल्दछ |
उनीहरुले अझै आफुलाई बनका राजा र ठकुरीका सन्तान भन्ने
गर्छन सक्कली कुरा भएको भिडियो
राउटे समुदाय भित्र तिन जात छन् ती हुन , कल्याल ठकुरी , राजकोटीठकुरी र सो वंशी ठकुरी वा छत्याल ठकुरी
राउटे जाति
परिवर्तनतर्फ उन्मुख
बाख्रापालन गर्ने इच्छा
दीपक बुढा सुर्खेत,
लापोन्मुख, घुुमन्ते राउटे जातिको
दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै
गइरहेको छ । राउटे पहिलेको तुलनामा रुपियाँ, पैसा, आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको जानकारहरु बताउँछन् । विगतमा
पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिहरु
पछिल्लो समयमा बाख्रापालन गर्ने इच्छा व्यक्त गर्न थालेका छन् । वनजंगल विनास
हुँदै जानु र उनीहरुको मुख्य आहार गुना, बाँदर पाइन
छोडेपछि राउटेहरुले बाख्रा पाल्ने इच्छा ब्यक्त गरेका हुन् ।
राउटेका मुखिया ऐनबहादुर शाहीले हाम्रो अखवारसँग कुरा गर्दै
भने–‘हाम्रो मुख्य सिकार बाँदर र गुना जंगलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ कसैले सहयोग गरेमा हामी बाख्रापालन गर्ने थियौं ।’ सामुदायिक वन र राष्ट्रिय वनमा प्रवेश असहज भएको बताउँदै राउटेका मुखिया
ऐनबहादुरले सरकार, सामुदायिक वन, जिल्ला वन, प्रशासनलाई वनमा प्रवेश गर्ने
वातावरण मिलाइदिन आग्रह गरे । वन जंगल विनाससँगै राउटेको मुख्य आहारा जंगली जनावार
लोप भैरहेका छन् साथसाथै काठका सामग्री बनाएर बिक्री गरेर खाद्यान्न जुटाउने
उनीहरुको अर्को पेशा पनि संकटमा पर्दै गएको छ ।
‘दिनप्रतिदिन गास, बास र कपासको समस्या हुन
थाल्यो’ मुखिया ऐनबहादुरले भने–‘सरकारले
दिँदै आएको मासिक भत्ता बढाएर पाँच हजार पु¥याउनुप¥यो, समयमै पाउनुप¥यो ।’ राउटे जाति पहिले नयाँ व्यक्ति देख्दा डराउने बोल्न नचाहने, फोटो खिच्न नदिने, महिलाहरुलाई सँगै नहिंडाउने
मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर, पछिल्लो
समयमा उनीहरु धेरै परिवर्तन भएका छन् । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने
गर्छन, महिला प्रतिनिधिलाईसँगै हिडाउँछन्, मुखियाले भनेपनि चित्त नबुझेमा आन्तरिक संघर्ष गर्ने गरेको राउटेका विषयमा
अनुसन्धान गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर रायमाझी
बताउँछन् ।
राउटे जातिको कला
संस्कृति, भाषा, दैनिकी, रितिरिवाजका
बारेमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका दुई जना प्राध्यापक गुरुप्रसाद
गौतम र केशर रायमाझीले अध्ययन, अनुसन्धान गरिरहेका छन्
।
राउटेका विषयमा अध्ययन गरी रहेका प्राध्यापक रायमाझीले भने–‘युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित रहेको छ । उनीहरु विस्तारै आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृति अनुसार
परिवर्तन गरिरहेका छन्, जंगल विनास हुँदै जानु, जंगलमा बाँदर र गुना पाइन छोड्दा बाख्रापालन गर्ने इच्छा राखेका छन् ।’ राउटेको दैनिक जीवनशैली सकारात्मक र नकारात्मक दुई किसिमले परिवर्तन
भैरहेको र विस्तारै
राउटेहरु सामाजिकरणतर्फ
उन्मुख भैरहेको बताइएको छ ।
स्थायी रुपमा बस्न नचाहने, वन
जंगलमा घुमन्ते जिवन विताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा
आधुनिकतातर्फ मोडिएको बताउँछन् वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक
गुरुप्रसाद मैनाली । राउटे जातिको बास्तविक तथ्याङ्क कति रहेको छ भन्ने कुरा
उनीहरु बताउँन चाहँदैनन् ।
राउटेका विषयमा जानकारहरुका अनुसार राउटे जाति एक सय ६५ को
संख्यामा रहेको अनुमान गरिएको छ । राउटेको प्रमुख बास स्थान सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, बझाङ, बाजुरा, अछाम, रोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ । उनीहरु एक
स्थानमा बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन् । आफ्ना सदस्यको मृत्यु भएमा
लासलाई त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति सार्ने गर्छन । उनीहरु
बिरामी भएमा, चोटपटक लागेमा, शरीरमा घाउँ भएमा जडिबुटिको प्रयोग गर्ने गर्छन् । राउटे समुदायका
बालबालिका कुपोषणको सिकार भैरहेकाले उनीहरुलाई पौष्टिक युक्त आहारको व्यवस्था
गर्नुपर्ने, हात खुट्टामा घाउ खटिरा भएकाले स्वास्थ्य
शिविरमार्फत स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, उनीहरुलाई
सामाजिकिरण गर्न मनोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने राउटेका विषयमा जानकार
व्यक्तिहरुको भनाई रहेको छ ।
हिन्दु धर्म मान्ने
राउटे जाति विवाह गर्दा केटाले केटीलाई फकाउने, मागी
विवाह गर्ने, नभए मुखियाको सहयोगमा विवाह गर्ने गर्छन ।
त्यसैगरी मृत्यु संस्कारमा कुनै सदस्यको मृत्यु भएमा ७ दिनसम्म जुठो बार्ने, नुन नखाने तर मासु नियमित खाने गर्छन् । उनीहरुको मुख्य जाति कल्याल, रास्कोटी, राजवंशी हुन्छ । उनीहरुको कुलदेवता दारेमस्टो हो । राउटेका मुखिया ऐनबहादुर, विरबहादुर, डिलबहादुर र सुर्यबहादुर शाही गरी पाँच जनारहेका छन् । दशै, तिहार, माघे संक्रान्ति, चैते दशैं मनाउने राउटे समुदायको संस्कृति प्रदर्शन कार्यक्रम शुक्रवार
सुर्खेतको स्थानीय वीरेन्द्रनगर बहुमुखी क्याम्पसले आयोजना गरेको थियो ।
राउटे संस्कृतिको संरक्षण गर्दै उनीहरुको समस्याका बारेमा सरोकारवाला
निकायवीचमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा
राउटेका विषयमा अनुसन्धानकर्ता वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक केशर
रायमाझी र प्राध्यापक गुरुप्रसाद गौतमले आफ्नो अनुसन्धानलाई सफल पार्न राउटेसँग
मित लगाएका थिए ।
वीरेन्द्रनगर बहुमुखी
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भुषणकुमार मानन्धरको सभापतित्वमा सम्पन्न उक्त
कार्यक्रममा क्षेत्रीय प्रशासन डा. धनराज रताला, सुरक्षा
निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संघ
संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा राउटे
समुदायलाई वीरेन्द्रनगर बहुमुखी क्याम्पसले दुई वटा खसी र साढे तिन सय केजी चामल
दिएको छ ।
..................................................................................................................................
राउटे भित्रको प्रेम
विवाह
दाङ, माघ १४ - बलबहादुर शाही गत वर्ष
बाघमारे गाउँभरि मह खोज्दै हिँडे । एक धार्नी मह
बोकेर बेलुकीपख जंगलतिर उकालो लागे । जंगलमा कन्दमूल र सिकार गरेर जीवन बिताइरहेका
शाहीलाई किन महको चटारो पर्यो ? गाउँले अचम्म
मान्दै थिए ।
उनलाई भोलिपल्ट सम्धी
मेलो गर्नुपर्ने रहेछ । छोराको बिहेका लागि केटीको घरमा 'पाहुर' लिएर जानुपर्ने चलन भएकाले उनी मह खोज्न
भांैतारिएका हुन् । त्यसका लागि उनी मुखियासँग पाँच सय रुपैयाँ सापटी लिएर विवाहको
सरसामान जुटाउने दौडधुपमा लागेका थिए ।
'मह दिएर खुसी
पारेपछि बुहारी पाउने सम्भावना बढी हुन्छ । छोराले मन पराएको केटीको घरमा केही पाहुर
लिएर जानुपर्ने चलन छ,' उनले भने, 'उपहार स्विकारेपछि छोरी दिनुपर्ने हुन्छ । विवाहको पक्कापक्कीजस्तो हुन्छ
।' बास सर्दै हिँड्ने राउटेहरू जंगलमा कसरी विवाह
गर्छन् होला ? सबैलाई जिज्ञासा हुन सक्छ तर
उनीहरूको विवाह संस्कारमा आम मानिसभन्दा त्यति भिन्नता छैन ।
केटाकेटी मन परेपछि
बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र
सानोतिनो भोज गरेर विवाह गर्ने चलन
छ । भोजका रूपमा उनीहरू
भात, मासु र जाँड बनाउँछन् । मासुका लागि जंगलमा सिकार खेल्छन् । सिकार नभेटिए
रक्सी र भातमै चित्त बुझाउँछन् । विवाहका दिन नाचगान र रमाइलो गर्ने गरेको मुखिया
मैनबहादुर शाहीले बताए ।
राउटे युवतीहरू फुपूका
छोरासँग विवाह गर्ने गर्छन् । राउटेहरू सबै ठकुरी जातिका छन् । कल्याल र राजकोटी
जातिका राउटेहरू धेरै छन् । कल्यालहरू राजकोटीका भान्जाभान्जीहरू रहेको राउटेबारे
लामो अध्ययन गरेकी राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् । 'मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ । केटाकेटी मन परेपछि बाआमालाई
भन्छन्,' उनले भनिन्, 'बाआमा
बुहारी माग्न जान्छन् र प्रक्रिया अघि बढाउँछन् । प्रेम भए पनि मागेरै बिहे गर्ने
चलन हुन्छ । आफैं भाग्ने हुँदैन ।'
'कुल सोधेर छोरी
विवाह गर्नु, मूल सोधेर पानी खानु' भन्ने उखानका आधारमा विवाह हुने गरेको उनले बताइन् । त्यसैले बुहारी
हेर्दा आमाबाबु भएकी, राम्रो बानीबेहोरा भएकी केटी
खोज्ने चलन छ । कतिपय युवाले ११/१२ वर्षमै केटी छान्ने गरेको अधिकारीले बताइन् । 'मन पर्यो भने यो मेरो हो भनेर रोजेर राख्ने गर्छन् । एउटाले रोजेकालाई
अरूले हेर्न पाइँदैन । उसैले मात्र विवाह गर्न पाउँछ,' उनले
भनिन्, 'रोजेकीमध्ये एक जनाको मृत्यु भएमा कतिपय त त्यसैका
नाममा जीवनभर विधवा/विदुर भएर बस्ने चलन पनि छ ।'
महिलाको संख्या थोरै
भएकाले पाका पुरुषले कलिलो उमेरका युवतीसँग बिहे गर्ने चलन रहेको राउटेका
पूर्वमुखिया ऐनबहादुर शाहीले बताए । 'बच्चा
पाउँदा धेरै महिलाको मृत्यु हुने हुँदा हाम्रो जातिमा महिलाहरू कम छन्,' उनले भने, 'बूढो उमेरसम्म पनि केटी नपाउनेहरू धेरै
छन् । त्यस्तो अवस्थामा पाकाहरू पनि सानै उमेरका केटी रोज्न तम्सिन्छन् ।'
राउटेहरूमा बहुविवाह
भने पूर्ण रूपमा प्रतिबन्धित छ । बहुविवाह गर्नेलाई मुखियाले कारबाही गर्ने भएकाले
कसैले गर्दैनन् । विधवा/विदुर विवाह भने प्रचलनमा रहेको सहायक मुखिया धनबहादुर
शाहीले बताए । 'एक्लो जीवन बिताउँदा दुःख भएकाले
विधवा/विदुरलाई विवाह गर्न दिइन्छ,' उनले भने ।
विवाहमा केटा पक्षले
केटीलाई गहनाहरू दिने चलन हुन्छ । सिल्पटका चुरा, कानमा
रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले
दुलहीलाई सिंगार्ने गरिन्छ । विवाहमा हाम्रो जस्तो सिन्दूर हाल्ने व्यवस्था हुँदैन
। 'सधैं सिन्दूर लगाउन पाइँदैन । त्यसैले मुखियाले
यिनीहरूको विवाह भयो भनेर जानकारी दिएपछि भोज गरेर विवाह भएको मानिन्छ,' सहायक मुखिया शाहीले भने, 'पानी पाइने ठाउँ भए
केटाकेटी नुहाउँछन्, नभए त्यत्तिकै हो ।'
विवाहपछि सुहागरात कहाँ, कसरी मनाउँछन् त ? 'छुट्टै छाप्रो बनाएर बस्छन्
। जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छन्,' रामबहादुर
शाहीले भने, 'केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन् ।
मुखियाले पनि केही काम लगाउँदैनन् ।' राउटेहरूले बाहिरी
समुदायका केटाकेटीसँग विवाह गर्छन् कि गर्दैनन् त ? 'गर्दैनन्, हाम्रा छोरीहरू गाउँमा गएर खेतीपाती गर्न सक्दैनन् । गाउँको केटी यहाँ आएर
जंगलमा घुम्न सक्दैनन्,' मुखिया शाहीले भने, 'त्यसैले हाम्रो जाति र संस्कार बचाउन पनि बाहिर विवाह हुँदैन ।'
राउटे भित्रको विवाह
..............................................................................................................................................................
विगतका वर्षहरुमा
पशुपालन गर्दा राम्रो नहुँने भन्दै पशुपालनलाइ तिरस्कार गर्ने राउटे
समुदायले पछिल्लो समयमा वनजंगल विस्तारै विनास भएकाले वनमा गुना, बाँदर नपार्इने भएपछि व्यवसायीक बाख्रापालन सुरु गरेका छन |
सरकारले दिएको भत्ताबाट प्रतिपरिवार ४ वटादेखि ८ वटा सम्म
बाख्रापालन गरेका छन, देउताको पुजा गर्दा होस वा अन्य
परिवारममै मासुको प्रयोग गर्दा बाख्राकोनै मासु खाने गरेका छन |सामुदायिक वन र राष्टि्रय वनमा प्रवेश गर्दा कुनै(कुनै
ठाउँमा जंगलपनि संरक्ष्ण् गने भन्दै अवरोध सृजना गनेगरिएको बताउँदै राउटेका मुखिया
एैनबहादुरले सरकार, सामुदायिक वन,जिल्ला
वन, प्रशासनलार्इ वनमा प्रवेश गने वातावराण् मिलाइदिन
पटक पटक आग्रह गर्दै आर्इरहेका छन |वन जंगल विनाससँगै
राउटेको मुख्य आहार जंगली जनावारको लोप भैरहेको छ भने काठका सामाग्री
निर्माण् गरी विक्रिवाट खाद्यन जुटाउने उनीहरुको
पेशा संकटनमा पने सम्भावना रहेको छ ।
राउटे जातिले पहिले नयाँ अर्को समुदायको मान्छे देख्दा डराउने बोल्न नचाहने, फोटो खिच्न नदिने, आफ्ना महिला प्रतिनिधिलार्इसंगै नहिडाउने, मुखियाले
भनेका सवै कुरा पालना गनर्े गथे तर पछिल्लो समयमा उनीहरु धेरै परिवर्तन भएका छन | महिलाहरुपनि सार्वजनिक कार्यत्रmमहरुमा देखिन थालेका
छन् । बाहय मानिसहरुसंग पनि कुरा गर्न थालेका छन् । कसैले बोल्ने इच्छा जागेर
प्रयास गरेमा पहिलो उनीहरुको माग रुपैयाँ वा जुरोट, विडि
मध्यका एक वस्तु हुने गरेका छन् ।खुलेरै आफ्ना समस्या राख्ने गर्छन, पत्रकारलार्इ धेरै सम्भmीने गर्छन, महिला प्रतिनिधिलाइसंगै हिडाउँछन, मुखियाले
भनेपनि चित्त नबुभmेमा आन्तरीक संघर्ष् गने गरेको राउटेका
विष्यमा अनुसन्धान गरिरहेका प्राध्यापकले बताए।
राउटे जातिको कला संस्कृति, भाष्, दैनिकि, रितिरीवाजका बारेमा अध्ययन गरी रहेका
प्राध्यापक भने(युवा पिढिपनि आधुनिक संस्कृतिबाट प्रभावित
रहेको छ । उनीहरु विस्तारै आफ्नो दैनिक जिवनलार्इ आधुनिक संस्कृति अनुसार
परिवर्तन गरिरहेका छन्, जंगल विनास हुँदै जानु, जंगलमा बाँदर र गुना पार्इन छोड्दा बाख्रापालन गर्न थालेका छन् ।”राउटेको दैनिक जिवनशैलि सकारात्मक र नकारात्मक दुर्इ किसिमले परिवर्तन
भैरहेको र विस्तारै राउटेहरु सामाजिकरण्तफ उन्मुख भैरहेको बताइएको छ । उनीहरु लागुऔषध प्रयोगकर्ता (अम्मली), पैसामूखि भएका छन विस्तारै पशुपालन गर्न
थालेका छन सरसफार्इलार्इ ख्याल गर्न थालेका छन कुरा गर्नमा सिपालु भएका छन | पत्रकार
र सिडियो राउटेको पहिलो सम्वोधन हुने गरेको छ, आफ्ना
समस्याहरु खुलेर राख्न थालेका छन । स्थायी रुपमा बस्न नचाहने, वन जंगलमा घुमन्ते जिवन विताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति
पछिल्लो समयमा आधुनिकतातफ मोडिएको बताउँछन् राउटेका विषयमा अनुसन्धान
गरिरहेका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक गुरुप्रसाद मैनालीले राउटे जातिको वास्तविक तथ्याङ्क कति रहेको छ भन्ने कुरा उनीहरु बताउन
चाहँदैनन राउटेका विषयमा जानकारहरुका अनुसार राउटे जाति एक सय पैसठीको
संख्यामा रहेको अनुमान गरिएको छ । राउटेको प्रमुख बास स्थान सुखर्ेत, दैलेख, जाजरकोट, कालिकोट, बभाङ, बाजुरा, अछाम, रोल्पा रुकुमको तल्लो भेरी नदी किनारको जंगलमा रहेको छ ।उनीहरु एक स्थानमा
बढीमा एक महिना सम्ममात्रै बस्ने गर्छन। आफ्ना सदस्यको मृत्यु भएमा लासलार्इ
त्यहि ठाउँमा गाडेर देवताको पुजा गरी अन्यत्र वस्ति साने गर्छन । उनीहरु विरामी
भएमा, चोटपटक लागेमा, शरिरमा
घाउँ भएमा जडिबुटिको प्रयोग गर्छन। राउटे समुदायका बालबालिका कुपोष्को सिकार
भैरहेकाले उनीहरुलार्इ पौष्टिक युक्त आहारको व्यवस्था
पर्नुपर्ने, हात खुट्टामा घाउ खटीरा भएकाले स्वास्थ्य
विविरमाफत स्वास्थ्य उपचारको व्यवस्था गनुपर्ने , उनीहरुलार्इ
सामाजिकिरण् गर्न मानोविमर्श अनुसार सहयोग गर्दै जानुपर्ने राउटेका विषयमा
अध्ययन गरेका विशेषज्ञको भनार्इ रहेको छ ।राउटे जाति लगायतका लोपउन्मुख
जातिको संरक्ष्ण्का लागि सरकारले भत्ता, आवासको
कार्यत्रम ल्याएको छ । राउटेलाइ सामाजिकरण् गने वा यसरीनै जंगली घुमन्ते रुपमै
रहने दिने भन्नेमा विवाद रहेको छ ।हिन्दु धर्म मान्ने राउटे जाति विवाह गर्दा
केटाले केटीलार्इ फकाउने, मागी विवाह गने, नभए मुखियाको सहयोगमा विवाह गने गर्छन । त्यसैगरी मृत्यु संस्कारमा कुनै
सदस्यको मृत्यु भएमा ७ दिन सम्म जुठो बाने, नुन नखाने
तर मासु नियमित खाने गर्छन । उनीहरुको मुख्य जाति कल्याल, रासकोटी, राजवंशी हुन्छ । उनीहरुको कुलदेवता
दारेमस्टो हो ।
राउटे जातिभित्र नेतृत्वका लागि पनि ठुलै विवाह हुने गरेको छ ।राउटे
जातिको उत्थानका लागि मासिक भत्तामा सरकारले बृद्धि गनुपर्ने रकम नगद दिँदा
दुरुयोग हुने गरेकाले सामागि्र सहयोग गने तफ ख्याल गनुपने, स्वास्थ्य उपचारका लागि महिना(महिनामा घुम्टी
शिविरको प्रवन्ध गनुपने, जातिको संरक्ष्ण् गर्ने वा
स्थायी रुपमा बसोबार गराउँने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपने, बालबालिकाका लागि बैकल्पिक शिक्ष्को प्रवन्ध गनुपने, महिलाहरुलार्इ व्यवसायीक सिपमूलक रुचि अनुसारका तालिमहरु सञ्चालन गनुपने
देखिन्छ ।
राउटेहरुको उत्पत्तकि सम्बन्धमा किंवदन्ती:
कल्याल ठकुरी र
रास्कोटी ठकुरी गरी राउटेमा दुर्इ जाति रहेका छन् । कल्याल ठकुरीको सख्या बढी
रहेको छ । राउटेबारे एक किंवदन्ती छ संसारमा
चार जातका मानिस छन ।ब्रहमाका सन्तान ब्राहमण् । विष्ण्का
सन्तान ठकुरी । महेशका सन्तान मगर (मंगोल) र विश्वकर्मका सन्तान लोहर । यीमध्ये विष्ण्का सन्तान ठकुरीहरु फकोटमा
बस्थे । उनीहरु सात भार्इ थिए । एक दिन ती सातभार्इ र बाबु समेत भर्इ भात खान
बसेका थिए । ८ वटा थालमा भात पस्किएको थियो । खानेबेलामा माइलो भार्इ अचानक
सन्कियो र बाबुको थालको भात समेत आफ्नो थालमा खन्याएर खान थाल्यो । आफु भोकै
बस्नुपने भएपछी बाबु रिसायो र मेरो भाग किन खाइस्। मलाइ किन भोकै पारिस भन्दै
भम्टीयो । अन्य ६ भाइले छुट्याए । त्यसपछी माइलो भाइ डरायो र भन्यो भैगो मलाइ
नमार । मलाइ छाडी देउ । म बरु अन्तै गएर बसुँला । त्यसपछी उ भागेर फुकोटको ओरालो भmर्दाभmर्दा धेरै पर जंगलमा गइ काठको काम गरेर
घुमन्ते जीबन बिताउन थाल्यो । त्यही माइलो ठकुरीका सन्तान राउटेहरु हुन्। त्यसरी
फुकोट लाइ राउटहरुको मुलथलो मानिएको हो ।नेपालको महत्वपूर्ण् घुमन्ते जाति मध्यको
राउटे आफुलाइ वनको राजा भएको दावि गर्छन् । भारतको मध्य प्रदेशमा रावत, हिमाञ्चल प्रदेशमा रंका नामका वन मानिस पाइए भै नेपालमा राउटे नामका वन
मानिस पाइन्छन । कुसुन्डाजस्तै यो जाति पनि जंगली र घुमन्ते जाति हो । यिनीहरु
कृषि र पशुपालन पेशा अपनाइ नसकेको जंगली जाति वा जनजाति पनि हो । यो जातिका बारेमा नेपालीलाइनै राउटेका बारेमा थाहा छैन र
यो जाति पनि नेपाली हो भन्ने ज्ञानसमेत छैन । राउटेलाइ मान्छे हो भनौं भने गाउँमा
बस्दैन, मान्छे होइन भनौं भने मान्छे हो। राउटेहरुले
आफ्नो उत्पत्तस्थल पश्चिम नेपालको फुकोट क्षेत्र हालको सेती अञ्चालको सेती
नदि र पूर्वमा प्यूठानको माडि नदीको बिचको क्षेत्र बताउँछन । पूर्वमा
प्यूठान र जाजरकोट, पश्चिममा अछाम र डोटी, उत्तरमा जुम्ला, डोल्पा र दक्षिणमा दाङ्ग , बाँके, सुखेत, कालिकोट, दैलेख जिल्लाका नदि किनार जंगली क्षेत्रमा तिनीहरुको प्रमुख बास
स्थान हुन। जातिपातिका दृष्टिले खेतीपाती गरी राजाको तिरो तिरी खाने र
स्वतन्त्रपूर्वक जंगलमा घुम्ने राउटे गरी जम्मा दुइ जातमात्र छन् भन्ने गरिन्छ ।
उनीहरु कहिलेदेखि उत्तm क्ष्ोत्रमा छन भन्ने कुराको
पुष्टि भर्इनसके तापनि हजारौं बर्ष्देखि बस्दै आएको अनुमा गरिन्छ । राउटे शब्दको
व्यत्पत्तकि राउटे शब्दबाट राजपुत्र राअउत(राउत(राउते हुँदै राउटे शब्द बनेको अनुमान गरेका छन
। र यिनीहरु आफुलाइ राजाका हेपिएका भार्इका सन्तान बताउँछन् भनेर लेखेका छन |
खानपान :
राउटेहरुले आफुलाइ
बनराजाका रुपमा प्रस्तुत गर्दछन् र बँादर, ढेडुवाको
सिकार गर्छन् । वनका कन्दमुल खान्छन् । गोरस खाँदैनन् । लोग्ने मान्छेहरु सिकार
गने, काठका भाँडा बनाउने गर्छन् भने आइमाइहरु दाउरा
बटुल्ने कन्दमुल खोज्ने र खाना बनाउने गर्दछन् । राउटेहरु चोट लागे खोटो टाँस्छन्
। टाउको दुखे भmारपात खान्छन् । घस्नुपर्दा खरानी घस्छन् ।
भmरफुक पनि त्यतीकै गर्छन् । विरामी परेमा स्वास्थ्य उपचार
भन्दापनि उनीहरु थामी भाँत्रि बसालेर ग्रह काटने, भुतको
भाग फाल्ने गर्छन । यिनीहरु स्याउलाका अस्थायी छाप्रामा बस्छन् तर गाँउमा कहिल्यै
बस्दैनन् । एक ठाउँमा १५(२० दिन या एक महिना भन्दा बढी पनि
बस्दैनन् र एक पटक बसेर छोडेको स्थानमा १२ देखी १४ बर्ष्को भन्दा अगाडी
फर्किदैनन् । यिनीहरु खोलाको बग्ने पानी खाँदैनन् र मूलको पानी मात्र खान्छन् ।
यिनीहरु रुपियाँ पैसाको संग्रह गर्दैनन् । बन्चरो बछुला भने जहिले पनी साथै लिएर
हिड्छन् । यिनीहरु अरुजस्तो गफ ठट्टा गरेर समय बिताउदैनन् बरु खाली समयमा टुनी, खिर्रो, सिमल आदिका काठका आरी, सन्दुस जस्ता भाँडा बनाइरहन्छन् । एक ठाउँबाट उठेर हिडे भने पछाडी फकेर
हेर्दा पनि हेर्दैनन् । कसैको सित्तैमा लिने, भmुठो बोल्ने र ठग्ने कहिल्यै गर्दैनन् कसैले ठग्न
खोजे रिसाउँछन् । चाडपर्वमा हिन्दु धर्म संस्कारका अन्य जातिका मानिसहरुले जस्तै
गरी सेल रोटी बनाउने, माशुको जोडजाम गने र रमार्इलोसंग
खानपिन गने गरेका छन् ।
भेषभुषा:-
जुत्ता, चप्पल समेत लगाउँन हिचकिचाउँने राउटे जाति अहिले परिवर्तन तफ उन्मुख भएको
छ । उनीहरु खुट्टाको सुरक्ष्ाका लागि भन्दै जुत्ता, चप्पल
लगाउन थालेका छन् । आफैले स्थानीय स्तरमा उत्पादन हुने कपडाको मात्रै प्रयोग गने
उनीहरुले आजभोली बजारमा पाइने आधुनिक कपडाको प्रयोग तफ विस्तारै आत्रशित हुन थालेका
छन् । राउटेका लोग्ने मानिसहरुले लगाउने पोसाक पिठ्युँमा गादो, शिरमा टोपी या फेटा र लँगौटी मात्र हो भने महिलाहरु बुट्टा भएको खस्रो
कपडाको घुँडाघुँडाको फरिया र छोटो चोलो लगाउँछन् । जोडोको सयममा ठेटुवाका रुमाल
ओडने गर्छन् ।
गहना गहना :
अन्य जातिका महिलाहरुमा
सुनको मोह धेरै हुने भएपनि राउटे जातिमा भने सुनलाइ महत्वदिर्इदैन् । धेरै मूल्य
पने भएर होइन पहिले देखिने सुनको प्रयोगलाइ राम्रो नमान्ने संस्कारका कारण्ा सुनको
प्रयोग नभएको हो । गरगहनामा राउटेहरुमा फलाम, पित्तल, आल्मुनियम बाट बनेका गहना कान, घाँटी र नारीमा
लगाउँछन् ।
शारीरिक बनोट :-
सरसफार्इमा
खासै ख्याल नराख्ने राउटे जाति अहिले परिवर्तन हुँदै गएको छ । यिनीहरुको शरीरको
बनोट होचो कद, चोडाछाती छोटा हात खुट्टा बाटीएका
पिडौला । पातला दाह्री जुगां, खस्रा केश, शरीरमा कम रौं राउटेको शारिरीक पहीचान हो । राउटेहरुको शारीरिक बनोटमा
बारेमा योगी नरहरिनाथ कोमत अनुसार अग्लो कद, रातो बर्ण्, सुगठित मांसपेशी, सुदृढ हाड भएका हुन्छन् ।
शारिरीक बनोटका बिष्यमा यात्री र योगी र अन्य कुरामा मिल्दो जुल्दो नै बताए पनि
कदका बिष्यमा भने बिरोधाभाष् छ । एउटाले छोटो कद र अर्काले अग्लो कद बताइनु सायद आ(आफ्नै कदका राउटे भेटाएछन् । शारिरीक सरसफार्इमा खासै ख्याल नराख्ने
उनीहरु पछिल्लो समयमा सावुनको प्रयोग गरेर नुहाउन्, दारी, जुँगा काटने र सरसफार्इलार्इ महत्वका साथ गने गरेका छन् ।
भाषाशैली :-
आफ्नो
मातृ भाष्ा के हो भन्ने बारेमा अहिलेका राउटेहरुलार्इ जानकारीनै छैन् । इतिहास
विद्धका अनुसार राउटेहरुले बोलने भाष्ा खाम्ची भाष्ा हो । यिनीहरु पनि
कुसुन्डाहरुले भै दुध खाँदैनन् । हरेक पूण्िमामा अक्ष्ता र फलपातीले मष्टाको पुजा
गर्छन । मष्टा बाहेक भुयाँर र सुर्यको पनि पुजा गर्छन । यो जातिको अनुवांशीक नाता
अस्टेलोइट परिवारसंग निकटष्थ रहेको अनुमान समेत गरिएको छ ।
जनसंख्या :-
सुखर्ेत, दैलेख, दाङ, कालिकोट, जाजरकोट जिल्लाका भेरी नदि किनारमा बसोबास गने राउटे जातिको एकिन तथ्याङक
भने कसैसंग रहेको छैन् । आफ्नो नाम र जनसंख्या लुकाउने उनीहरुले सरकारले दिएको
मासिक भत्ता बुभmदा समेत बास्तविक तथ्याङक दिने गरेका छैनन्
। जनसंख्या बताउँनु धार्मीक रुपमानै बन्देज रहेको राउटेका मुखियाले बताउँछन् । यस
क्ष्ोत्रका जंगली क्ष्ोत्रमा पार्इने राउटेको संख्या हाल डेढ सयदेखि दुर्इ सयको
संख्यामा हुन सक्ने अनुमान गरिएको छ । बालबालिका पनि ४० जनाको संख्यामा हुन सक्ने
राउटेका क्ष्ोत्रमा काम गने संस्थाको तथ्याङकले देखाएको छ ।यिनिहरुको संख्या
अधिराज्यभर जम्मा जम्मी २ सयको संख्यामा रहेको मानव शास्त्रिहरुको एक मत रहेको छ ।
रार्इनहार्डले चाहि १०५ देखि १४० जना सम्म हुन सक्ने अनुमान गरेका छन् । मेचीदेखि
महाकालिको राउटेसम्वन्धी विवरण्मा पनि राउटेको संख्या १०४ देखि १४० सम्ममात्र
भनिएको छ । २०४८ सालको जनगण्ानामा भने राउटेको संख्या ९५५ पुरुष्ा र २१२३ महिला
गरी २८७८ उल्लेख भएको छ । जसलार्इ सवै मानव शास्त्रिहरुले गम्भीर त्रुटि भनेका छन्
। २०५८ सालको जनगण्नाअनुसार यस जातिको जनसंख्या ६५८ जना रहेको छ ।
विवाह प्रथा :-
हिन्दु धर्म मान्ने यो
जातिको विवाह प्रथा अन्य जातिको जस्तै रहेको छ । केटाको तफबाट केटी माग्न केटाको
बुबा र मुखियालार्इ लिएर जाने गरिन्छ । तर पहिलेको जस्तो मागेर विवाह गने संस्कार
हटदै गएको राउटेका बताए । उनका अनुसार हाल केटा र केटीको मायापि्रति बसेमा भागेर
विवाह गने गरेका छन् । भाजुसंग यिनिहरुको हेलमेल हुने गर्दछ । रास्कोटी र कल्याला
ठकुरी गरी दुर्इ जाति भएकाले एक जातिमा नभएरे अन्तरजातिय विवाह गने गरेका छन् ।
राउटेहरुले विवाह गर्दा बंशान्तर विवाह गने गर्दछन् । एउटै बंशभित्र विवाह गनुलाइ
पाप कर्म ठान्दछन् । विवाह परम्परामा
उनीहरुले ब्राहमण् तोकेर त्यहि व्यत्तmि माफत कर्मकाण्ड गने
गर्दछन् । १५(१६ बर्ष्कै उमेरमा यो जातिमा बालविवाह
हुनेगरेको छ । बाल विवाहका कारण्ा बालबालिकाहरु अस्वस्थकर जन्मने, कुपोष्ित हुने, आमा कम्जोर हुने, आमा र बच्चाको ज्यान समेत जोखिममा पने गरेको छ ।
धर्म संस्कृति :-
साउने संत्रान्ति, दशै, पुष्ो, माघे
संत्रान्ति, चैत दशै जस्ता चाडपर्व मान्ने गर्दछन् ।
दशैमा मान्यजन संग हिन्दु परम्परा जस्तै गरी टीका लगाउँछन् । खसी, कुखुरा, भेडाको बली चडाउँछन् । जाँड रक्सी, मासु खान्छन् । नाच गान गरेर रमार्इसंग पर्वहरु मनाउने गर्दछन् । खानामा
भात, पुवा खान मन पराउँछन् । अरुले मारेको वा अरुले
मारेको जनावर वा आफै मरेको जनावारको माशु खाँदैनन् । बाँदर र गुनाको मासु काचै
पनि खान्छन पोलेर पनि खान्छन् । आफैले देखेको जिचमा मात्रै विश्वास गर्दछन् ।
आफुले बनाएका काठका भाँडा गाउँ गाउँमा पुगि अन्न संग साटेर अन्न लिएर जंगल फर्किन
गर्दछन् । आफुले जानेका उखान टुक्कालार्इ सुनाउने सिकाउने गर्दछन् । जमिनमा अनय
परम्परा जस्तै गरी खेती गर्न मन पराउँदैनन् । लोग्ने मानिस नाचछन् तर महिलालार्इ
नाचन दिँदैनन् । आफ्नो घर राउटे भन्दा बाहिर वस्न मन पराउँदैनन र अरुलार्इ पनि
वस्ती, घरमा पस्न र वस्न दिँदैनन् । लोग्न मानिस र
विदुवा आर्इमार्इ बाहेर अरुलार्इ गाउँ प्रवेश गर्दैनन् ।
अन्तीम संस्कार :-
राउटेहरु
मान्छे मर्दा गाडने गर्छन । गाडदा मृतकका भाँडा, कुँडा
कपडा उसले सिकारमा लैजाने जाल, बन्चराको विड, सवै लाससंगै राखेर माटाले पुरिन्छ र माटाले ढुँगाले थिच्ने काम गरिन्छ ।
मान्छे मरेको १३ दिनमा चोखिने काम हुन्छ । साना बालबालिका मरेमा ९ दिनमै चोखिन्छन्
। किरिया वस्दा नुन खाँदैनन् । अरुको घरमा जाँदैनन् । टोपी फेटा लगाउँदैनन् ।
भात मात्रै खान्छन् । आफ्नै जातिमा एक जनालाइ ब्राहमण् तोकेर त्यही व्यत्तmिमाफत कर्मकाण्ड गने गर्दछन |
Raute
प्रकाशित: माघ २५, २०७१
http://kantipur.ekantipur.com/news/2015-02-08/403453.html
खेतीमा रमाउँदै राउटे - डीआर पन्त, डडेलधुरा माघ
२५, २०७१-
छोराछोरी बोकेर जंगल डुल्नु, गिठ्ठा, तरुल र कन्दमूल खोज्नु। पुरुषले सिकार गरी ल्याएको जंगली पशुपक्षी पोलेर सबैलाई खुवाउनु। आधा जीवन यसरी नै काटेकी कुणी राउटेको गाउँमा पुनस्र्थापना भए पनि दिनचर्यामा खासै परिवर्तन भएको थिएन। तर आजभोलि उनी तरकारी खेती गर्छिन्। आफैं स्थानीय बजारमा लगेर तरकारीको मूल्य तय गरेर बिक्री गर्छिन्। घर फर्किंदा दैनिक उपभोग्य सामानसहित नातिनातिनीका लागि चाहिने स्कुलका सामान किनेर ल्याउँछिन्। जीवन यस्तो पनि हुन्छ भन्ने उनले कहिले कल्पना नै गरेकी थिइनन्। 'न सपनाजस्तो न विपनाजस्तो,' उमेरले ५५ टेकेकी कुणी भन्छिन्, 'अरूको मरेर पुनर्जन्म हुन्छ, हामी राउटेको जिउँदै पुनर्जन्म भएको छ। जंगलबाट गाउँ पुनस्र्थापना भएपछिका २५ वर्ष त्यत्तिकै बिते।' ३० वर्षकी युवती हुँदा गाउँ छिरेकी कुणीले भनिन्, 'अरू ५५ वर्ष लाग्दा बूढा हुन्छन्, मैले भर्खर जीवन सुरु गरेकी छु।' उनले आफूसँग भएको ३ रोपनी जग्गामा तरकारी खेती गरेको बताइन्। 'एक दर्जन कुखुरा छन्, ४ वटा बाख्रा छन्, दुहुनो गाई पनि छ। अब त पूरै कृषक भइसकें,' उनले भनिन्। जिल्लाको दुर्गममा रहेको रज्यौडा गाउँकी कुणीको मात्र जीवन सुरु भएको छैन, जंगली जीवन र संस्कृति छाडेर गाउँका सबै ६१ परिवार राउटे आधुनिक तरकारी खेतीमा लागेपछि उनीहरूको जीवनशैली पूरै परिवर्तन भएको छ। मान्छे देखेर भाग्ने राउटे बालबालिका सफा र चिटिक्क पोसाकमा विद्यालय जान्छन्। खोलामा मारेका माछा र जंगलबाट ल्याएको कन्दमूल पोलेर खाने सबैका घरमा चुलो बलेको छ। अरूले जस्तै बिहान-साँझ उनीहरूको भान्सामा पनि खाना पाक्छ। सबैले करेसाबारी बनाएका छन्। 'सरकारले निर्माण गरिदिएका पक्की घर छन्, घरघरमा शौचालय, गाउँमा सरसफाइ पनि त्यस्तै छ। ५ वर्षकै अवधिमा यति ठूलो परिवर्तन भएको देख्दा धेरै छक्क पर्छन् र भन्छन्, 'राउटे अब आएर बल्ल रजवार भएका छन्।' भारतको कत्युरी वंशका ठकुरी बताउने उनीहरू आफूलाई रजवार भनाउन मन पराउँछन्। 'जे भने पनि हामी जंगलबाट आएका राउटे नै हौं,' स्थानीय युवा हरिसिंह राउटे भन्छन्, 'अब बिस्तारै हामी समाजको मूल प्रवाहमा मिसिन थालेका छौं।' परशुराम नगरपालिकाको रज्यौडा र आमपानीका ६१ परिवार राउटेलाई सामाजिक मूल प्रवाहमा ल्याउन धेरैले प्रयास गरे तर सकेनन्। दर्जन बढी गैरसरकारी संस्था, स्थानीय निकायदेखि धेरैले गरेको प्रयास सार्थक भएन। तर गाउँकै राउटे महिला शान्तिदेवीले कम्मर कसेपछि ५ वर्षमै राउटे समाज पूरै परिवर्तन भएको छ। तरकारी बीउ उत्पादन केन्द्र डडेलधुराका प्रमुख दिलबहादुर बिष्ट भन्छन्, 'छोटो अवधिमा भएको यो ठूलो परिवर्तन हो।' सामाजिक परिवर्तन कि प्रेरणादायी महिला शान्तिको अथक प्रयास र तरकारी बीउ उत्पादन केन्द्रको सहयोगमा सुरु भएको आधुनिक तरकारी खेतीले राउटे परिवारलाई बिस्तारै असल कृषकका रूपमा परिवर्तन गरिरहेको छ। 'हामीले ३ वर्षअघि मात्र राउटे परिवारलाई तरकारी खेतीतर्फ उन्मुख गर्ने योजना बनाएका हौं,' बीउ उत्पादन केन्द्रका प्रमुख बिष्टले भने, 'यसअघि पनि थुप्रै प्रयास भएका हुन् तर सार्थक हुन सकेनन्।' तरकारी बीउ उत्पादन केन्द्रले राउटेलाई व्यावहारिक रूपमै दिएको तरकारी खेतीसम्बन्धी तालिमसँगै अन्य सचेतना दिन थालेपछि उनीहरू परिवर्तन हुन थालेको बिष्टले बताए। 'सुरुका वर्षमा ७ परिवारलाई प्रत्यक्ष निगरानीमा तरकारी खेती गर्न लगाएपछि उनीहरूले लिएको मुनाफा देखेर सबै आकषिर्त भएका हुन्,' उनले भने, 'अहिले भने ६१ परिवार नै तरकारी खेतीसँगै कुखुरा, बाख्रा पाल्न थालेका छन्।' केही वर्षअघि धेरै संघसंस्थाले उनीहरूको आयआर्जनका लागि दिएका बाख्रा, कुखुरा मारेर खाइदिने राउटेले अहिले रहर लाग्दा खसीबोका र कुखुरा पालेका छन्। मात बन्धकीमा राखेर सरकारले दिएको जग्गा सकेका उनीहरू अहिले पश्चाताप गर्छन् र भन्छन्, 'सरकारले १ पटक अरू मौका दिने हो अब राउटे उदाहरण भएर देखाउन सक्छन्।' स्थानीय राउटे अगुवा शान्तिदेवी भन्छिन्, 'सामाजिक असुरक्षा र अपहेलनाले राउटेलाई सरकारले दिएको जग्गा सकियो। फेरि एकपटक मौका दिने हो भने बल्ल राउटे सामाजिक मूल प्रवाहमा जोडिने थिए।' उनले भनिन्, 'राउटेबाट मान्छे भइसक्दासम्म धेरै गुमाइसके अब नयाँ जीवन सुरु भएको छ ।' 'जंगलको गिठ्ठाभन्दा गाउँको तरकारी नै मीठो', ७३ टेकेका धनवीर राउटे आफ्नो करेसाबारी देखाउँदै भन्छन्, 'छोराबुहारी दिनभरि यिनै दुई गरामा केके गर्छन् केके। वृद्ध धनवीर राउटेले आफूले लगाएको धोती देखाउँदै भने, 'लुगा लत्ता पनि छोराहरूले यस्तो पो ल्याउन थालेका छन्। केही वर्ष अरू बाँच्न पाइयो भने केके देखिने हो कुन्नि।' आधाभन्दा बढी जीवन दार्चुला देथलाका गुफामा बिताएका उनले भने, 'हामी त मान्छे हुन सकेनौं अबको पुस्ता भने साँच्चै मान्छे भएर बाँच्न थालेका छन्।' प्रकाशित: माघ २५, २०७१ कान्तिपुर ›फिचर ›डीआर पन्त
http://kantipur.ekantipur.com/news/2015-02-08/403453.html
एक मात्र कुसुण्डा भाषा
बक्ता ज्ञानीमाया कुसुण्डा
धनबहादुर कुसुण्डा
कुसुण्डा समुदाय बनमा
राज्य गर्ने भएको हुँदा हामीलाई बनको राजा भनेर चिनिन्छ । बन जंगलमा बस्ने, गिट्ठा भ्याकुर खाने जाति हो यो । कुसुण्डाको वास्तविक पेशा भनेको जंगलमा
सिकार गर्ने हो । बनका कालिजदेखि पाहा लगायत मार्ने, खाने
चलन हो । हामी कुसुण्डाहरु कालिज जिउँदै पासोमा पारेर गाउँघरमा लैजाने र पैसा,
अन्न संग साट्ने गर्छौ ।
किम्वदन्ती अनुसार
आफ्नै राज्य भएको बेला अरु समुदायका मान्छेले हाम्रो राजा मारी दिए । यसले गर्दा
हामी बन जंगलबाट बिस्तारै बिस्थापित हुन पुग्यौ । राउटे जनजाति हाम्रा रैती हुन् ।
उनीहरुलाई रैती भन्दा भन्दै पछि राउटे भन्न थालिएको हो । हामी रैतीहरुलाई पनि साथै
लिएर बिस्थापित भएका हौं । हामीलाई अरुले भेट्छ कि भनेर लुकेर बस्ने भएको हुँदा
हामीलाई पछि कुसुण्डा भनिएको हो ।
हामी कुसुण्डाहरु बन
जंगलबाट बिस्थापित भएपछि हाम्रो आफ्नो संस्कार, संस्कृति
परिवर्तन भएको छ । हाम्रा समुदायका मानिसहरु गाउँ, सहर
बजारतिर छरिन थाले । जंगलमा पर्याप्त खानेकुरा नपाइनाले बिस्तारै यस्तो गरेर हुँदो
रहेनछ भनेर उनीहरु कमाई खानको लागी जङ्गल छाडेका हुन् ।
किम्वदन्ती अनुसार
आफ्नै राज्य भएको बेला अरु समुदायका मान्छेले हाम्रो राजा मारी दिए । यसले गर्दा
हामी बन जंगलबाट बिस्तारै बिस्थापित हुन पुग्यौ । राउटे जनजाति हाम्रा रैती हुन् ।
उनीहरुलाई रैती भन्दा भन्दै पछि राउटे भन्न थालिएको हो ।
हाम्रो चाडपर्व अरुसंग
पनि मिल्छ । बिशेषत मंसीर पुर्ने, बनस्पति पुजा, देवी पुजा, बनसंग रमाउने भएको हँुदा हामीले धेरै
जस्तो बन पुजा गर्ने गर्छौ । केटी मान्छेले पोथी र केटा मान्छेले भाले पुजा गर्ने
गर्छौं । हामीले गोबर छुँदैनौ, दही, दुध
खाँदैनौ । सुन पानी र सालको परालको धुप हाल्ने परम्परा छ । यसरी नै रमाउने,
बनमा बस्ने, आफन्त बोलाएर हामीले चाडपर्व
मनाउने गरेका छौं ।
समय क्रम अनुसार आफ्नो
संस्कार नै हरायो, पुर्खाहरु हराउँदै गए । यसरी
हामी अन्य समाजमा बस्न बाध्य भएकाले पनि दशैं तिहार मनाउन बाध्य भएका हौ ।
सरकारबाट दशैंको लामो विदा गरेर हिन्दुकरण गरिएकोले पनि दशैं तिहार मनाउन बाध्यता आइ परेको हो । हाम्रा बाल बच्चाहरु पनि अव मौलिक
भन्दा आयातित संस्कृतिमा रमाइ रहेको देख्दा दुःख लाग्छ । हाम्रो भाषा हराएको
देख्दा दुःख लाग्छ । ज्ञानीमाया कुसुण्डा एक मात्र
कुसुण्डा भाषा बक्ता हुन् ।
नेपाल कुसुण्डा समाजका
अध्यक्ष धनबहादुर कुसुण्डासंग वार्तामा आधारित
हराउदै कुसुण्डा
हराउदै वन राजा उदय आले
लोपोन्मुख
अवस्थामा रहेको कुसुण्डा जाति अहिले रक्तमिश्रित जाति बन्दैछ । यिनीहरुको जीवनशैली फेरिएको छ । जीवनपद्धतिमा
आएको परिवर्तनसँगै भाषा लोप हुँदै गइरहेको छ । जंगलको
स्वतन्त्र जीवनयापन छाडी घरेलु र सामाजिक जीवन अपनाउन थालेका छन् उनीहरु । घरेलु र सामाजिक जीवन अपनाउन थालेपश्चात् यिनीहरुको सांस्कृतिक
क्रियाकलाप र धार्मिक गतिविधिमा परिवर्तन आइसकेको छ ।
समग्रमा भन्ने हो कुसुण्डा जातिको जीवनदर्शनमा ठूलो परिवर्तन आइसकेको छ र
यिनीहरुको संस्कृति अस्तित्वहीन अवस्थामा पुगिसकेको छ ।
पूर्व–पश्चिम ८ सय ८५
किमि लम्बाई, उत्तर–दक्षिण १ सय ९३ किमि औसत चौडाई र १
लाख ४७ हजार १ सय ८१ वर्ग किमिमा फैलिएको नेपालको सुन्दरता जातीय, सांस्कृतिक, धार्मिक, भाषिक र
भौगोलिक विविधता हो । यही विविधताको माला अथवा अनेकतामा
एकता नै नेपालको चिनारी हो । नेपालको जनगणना २०६८
अनुसार नेपालमा १ सय २६ जातजाति र १ सय २३ भाषाहरु रहेको उल्लेख गरिएको छ । उक्त जनगणनाअनुसार नेपालमा कुसुण्डा जातिको कूल जनसंख्या २ सय ७३ जना
रहेको छ ।
कुसुण्डा
जाति नेपालमा बसोबास गर्ने पुराना बासिन्दामध्ये एक आदिवासी जनजाति हो । कुसुण्डा आफूहरु पूर्वतिरबाट बसाइसराई गर्दै दाङसम्म आइपुगेको बताउने
गरे पनि मूलथलोको सन्दर्भमा एकिनसाथ भन्न सक्ने आधार पाइएको छैन । यिनीहरु नेपालको पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको गोर्खा,
तनहुँ, गुल्मी, अर्घाखाँची,
प्यूठान, रोल्पा, दाङदेउखुरी
र सुर्खेत जिल्लामा छरिएर बसोबास गरेका छन् ।
कुसुण्डाहरुलाई वनराजा वा वनको राजा ‘म्याहक’ पनि भन्ने गरिन्छ । जंगलमा घुमन्ते जीवन बिताएका कुसुण्डाहरुले राउटेलाई आफ्नो जनता भएको
बताउँछन् ।
कुसुण्डा अल्पसंख्यक, सीमान्तकृत एवं पिछडिएको जाति हो । समाजको हरेक
क्षेत्रमा पछाडि परेको यस जातिले खासै प्रगति गरेको पाइदैन । यिनीहरु जुन–जुन ठाउँमा बसोबास गरे पनि प्रायः आर्थिक अवस्था सामान्य र
कमजोर पाइन्छ । हाल कुसुण्डा जातिको खोज, अध्ययन तथा अनुसन्धान गर्न केही विद्वानहरुले चासो देखाएका छन् भने स्वयम्
कुसुण्डाहरु पनि कुसुण्डा जातिको उत्थान र विकासमा अग्रसर हुन थालेका छन् । केही वर्ष अघिसम्म कुसुण्डाहरु आफूलाई ‘कुसुण्डा’ भन्दा रिसाउने गर्दथे । गाउँघरमा गाली गर्दा कसै कसैले ‘कुसुण्डा’ शब्दलाई तल्लो स्तरमा वा
अपशब्दको रुपमा प्रयोग गरेको पाइन्छ । कुसुण्डाहरुले
थरको रुपमा सेन, सिंह, शाह, मल्ल आदि लेख्ने गरेको पाइन्छ । समाजमा
कुसुण्डालाई हेयका दृष्टिले हेरिन्थ्यो । फलस्वरुप केही
कुसुण्डाहरु ठकुरी बने भने केही कुसुण्डाहरु अन्य जातिमा प्रवेश गरी त्यहीं जातिको
थर आफ्नो थरको रुपमा अपनाएको पाइन्छ ।
नेपाल सरकारले
लोपोन्मुख जातिलाई राहत र संरक्षण दिन थालेपछि परिवर्तित भएका कुसुण्डाहरुले आफ्नो
जातिको खोजी गर्न थालेका छन् । कुसुण्डा जाति
अध्ययनको क्रममा मलाई चैलाही– १, अनर्वाका केही कुमालहरुले
आफूलाई कुसुण्डाको सन्तान बताएका छन् । एक जना
कुसुण्डाको सन्तान अहिले ५७ जना कुमालको रुपमा फैलिएको छ ।
कुसुण्डा
जातिको जीवनशैली, परम्परा र संस्कृतिमा निकै ठूलो
परिवर्तन आइसकेको छ । झण्डै तीन दशक अघिसम्म वनजंगलमा
घुमन्ते जीवन बिताएका कुसुण्डाहरु अहिले सामाजिक वातावरणमा बसोबास गर्न थालेका छन् । वनमा बस्दा यिनीहरु कुनै एक निश्चित स्थानमा नबसी बस्ने ठाउँहरु
परिवर्तन गरिरहन्थे । मौसमअनुसार स्याउलाको छाप्रा,
ओढार वा गुफामा बस्ने गर्दथे । पुरुषहरु
वनमा खानेकुरा खोज्न र महिलाहरु गाउँमा आटो–पिठो माग्न जाने गर्दथे । वनमा पाइने तरुल, गिठा, कन्दमूल,
भार्से, लोखरक, कालिज र
गोहरा यिनीहरु खाने गर्दथे भने जरायो, थार र मृगजस्ता जनावर
शिकार गरी गाउँमा अन्नबाली (मकै, चामल, पिठो)सँग साट्ने गर्दथे । वनमा कुसुण्डाहरु
आ–आफ्ना समूहमा बस्ने उनीहरु एक ठाउँमा एक सातादेखि १५–२० दिनसम्म बस्ने गर्दथे । एउटा समूहमा बढीमा छ जनासम्म हुने र बसेको ठाउँमा खानेकुरा सिद्धिएपछि
अर्काे वनमा बसाइ गर्ने उनीहरुको परम्पराजस्तै थियो ।
धनु, बाण, उछिटा, साङ्ले जाबी, पासो आदि शिकार खेल्न प्रयोग गर्दथे । यिनीहरु कालिजलाई पासोमा बल्झाउन र गोहरालाई समात्न सिपालु हुन्छन् । सोझा र सरल स्वभाव भएका कुसुण्डाहरु तन्त्रमन्त्र र झारफुकमा विश्वास
गर्दछन् । सर्प, बिच्छीले टोकेमा
वा बिरामी परेमा झारफुक र जडिबुटीको प्रयोग गर्दछन् ।
कोही बिरामी परेमा धामी÷झाँक्रीले झारफुक गर्दछ । झारफुकले निको नभएमा झाँक्री बस्दछन् ।
झाँक्री रात परेपछि बस्ने गर्दछन् । धामीले रोगको
प्रकृतिअनुसार उपचार गर्दछ । आवश्यकता अनुसार बिरामीलाई
धामीले मन्त्र गरेको जन्तर घाँटी, कम्मर वा पाखुरामा
बाँध्दछन् ।
यतिबेला कुसुण्डाहरु
जंगली घुमन्ते जीवन छाडी गाउँघरमा बस्न थालिसकेका छन् । हिजोका दिनमा लगाउने कपडा र गरगहनाहरु आजभोलि प्रचलनमा रहेको देखिदैन । जातीय चिनारी झल्कने पोशाकहरु लगाउन छाडिसकेका छन् । आधुनिक बजारिया सामग्रीहरु प्रयोग गर्न थालिसकेका छन् । कुसुण्डा महिलाले कालो गुन्यु, सेतो पटुका,
रातो घलेक, कालो चोलो, टाउकोमा
रातो रुमाल र पुरुषले कछनी, सेतो कमीज, सेतो टोपी र तुना बाँध्ने भोटी लगाउने गर्दथे ।
त्यसैगरी कम्पनी रुपैयाँको हमेल, सुक्की, ठुमरा, चाँदीको कर्नफुली, चाँदीको
चेप्टा र मुगाको माला गहनाको रुपमा महिलाले लगाउने गर्दथे ।
नेपालमा बसोबास गर्ने
अन्य जातजाति जस्तै कुसुण्डा जातिको आफ्नो छुट्टै संस्कार, परम्परा र सांस्कृतिक जीवन रहेको पाइन्छ ।
यिनीहरुले समूह र ठाउँअनुसार संस्कार र परम्परामा केही भिन्नता देखिए पनि मूलभूत
कुरामा एकरुपता पाइन्छ ।
जन्म : महिलाहरु वनमा नै सुत्केरी हुने गर्दथे ।
कुसुण्डाहरु बच्चा जन्मिएको ११ दिनमा न्वारन गरी नाम राख्ने गर्दछन् । नाम राख्न मावली बाजेलाई बोलाउने गर्दछन् ।
कुसुण्डा जातिमा बढ्दा (जन्म हुँदा) ११ र घट्दा (मृत्यु हुँदा) १३ दिन भन्ने
प्रचलन रहेको छ ।
विवाह : कुसुण्डा जातिमा उमेर पुगेका केटा वा केटीका लागि विवाह अभिभावकले तय गर्दछन् । विवाह सामान्यरुपमा सम्पन्न गरिन्छ । यस
जातिमा मागी र भागी विवाह गर्ने प्रचलन रहेको पाइन्छ ।
केटी माग्न जाँदा गोहरा वा कालिजको मासु र रक्सी लगेर केटीको घरमा जाने गर्दछन् । मासु र रक्सी केटी पक्षलाई दिइसकेपछि विवाहका लागि छलफल गर्ने र मिति तय
गरिन्छ । तोकिएको मितिमा दुलही ल्याउन जाँदा मासु,
रक्सी, दुलहीका लागि नयाँ कपडा र गहना
लैजानुपर्दछ भने दुलहीको बाबुलाई केही पैसा दिनुपर्दछ, जसलाई
साइ दिने (साई यङ्गु यगु) भनिन्छ । त्यही कपडा र गहना
दुलहीलाई लगाउन लगाएर दुलहीको घरमा ल्याउने गरिन्छ ।
विवाह विशेष गरी मामाको छोरी र फुपूको छोरा बीच गर्ने चलन रहेको छ । मामाको छोरी नभए मात्र अन्य परिवारको केटीसँग विवाह गरिन्छ । विवाहमा दुलहा पक्षका आफन्त र साथीभाइहरु जन्तीका रुपमा दुलही ल्याउन
जाने गर्दछन् । विवाहका लागि गोहराको मासु अनिवार्य
चाहिन्छ । कुसुण्डा जातिमा अन्तरजातीय विवाह बढ्दो
क्रममा रहेको देखिन्छ । अन्तरजातीय विवाहका कारण उनीहरु
घुमन्ते जीवन छाडी गाउँमा बस्न थालेका छन् ।
मृत्यु : कुसुण्डाहरु मृत्युपछि शवलाई नदी वा जंगलको छेउमा खाड्ल खनी गाड्ने
गर्दछन् । कसैले मृतकले प्रयोग गरेका भाँडा र चामल
मृतकको नाममा छाड्ने गर्दछन् । मृतकको नाममा १३ दिनसम्म
क्रिया बस्ने चलन छ । सबै छोराहरु क्रियामा बस्ने
गर्दछन् । कुना क्रियामा बस्दा कसैसँग छोइनु हुँदैन । क्रियामा बस्नेले कपाल खौरने र सेतो कोरा कपडा लगाउने गर्दछन् भने
नजिकको खोलामा गई नुहाउने गर्दछन् । क्रिया बस्नेले केरा,
तेगुना र तरुल एकछकी (एक छाक) खाने गर्दछन् भने भात खादैनन् र नून
बार्ने गर्दछन् । १३औं दिनमा चोख्खिने गर्दछन् । चोख्खिने दिन नून मात्र पानीमा पकाएर सबैले बाँडेर खाने गर्दछन् ।
नेपालमा बसोबास गर्ने
हरेक जाति तथा जनजातिको आ–आफ्नै भाषा, संस्कृति,
कला, भेषभुषा र रहनसहन रहेको पाइन्छ । रसिक स्वभावका कुसुण्डाहरुले दसैं, तिहार, माघेसंक्रान्ति मनाउने गर्दछन् । वर्षमा एकपटक
पितृ पूजा गर्दा ढुङ्गामाथि माटोको भाले (बुबाको रुपमा) र पाथी (आमाको रुपमा)
गोलीजस्तो राखी पूजा गर्दछन् । यिनीहरुले दसैंमा दुर्गा
पूजा पनि गर्दछन् । वनमा जीवनयापन गर्ने कुसुण्डाहरुले
वनदेवीको पूजा गर्दछन् । त्यसैगरी कुसुण्डाहरुले रमाइलो
गर्दै धुमधामका साथ पैंसरी, सोरठी, टप्पा
नाच्ने गर्दछन् । नाच्दा, गाउँदा
यिनीहरुले वाद्यवादनको रुपमा मादल, बाँसुरी, मुर्चुंगा, पैंजन र झ्याली प्रयोग गर्दछन् ।
प्रकृतिपूजक
कुसुण्डाहरुले गाईको दूध खाँदैनन्, गोबर छुदैनन्
र कुनै पनि कार्यका लागि प्रयोग गर्दैनन् । खुर भएको
कुनै पनि जनावरको मासु खाँदैनन् । जंगली जनावरको शिकार
गरे पनि ती जनावरको मासु गाउँलेहरुसँग अन्नबालीसँग साट्ने गर्दछन् । हिन्दू धर्ममा जस्तो कुसुण्डाको धेरै देवीदेउता रहेको पाइदैन । आफूलाई कुशको सन्तान मान्ने भएकाले खरले छाएको घरमा बस्दैनन् । कुचोलाई खुट्टाले कुल्चेमा ढोग्ने गर्दछन् ।
भाषा : भाषा विचार र भावना व्यक्त गर्ने माध्यम मात्र नभएर संस्कृति र जीवनदर्शन
बुझ्ने स्रोत पनि हो । कुसुण्डा भाषा ‘मृत अवस्था’मा
पुग्न थालिसकेको छ । आम नेपालीले जस्तै कुसुण्डाले पनि
नेपाली भाषा दैनिक जीवनमा प्रयोग गर्न थालिसकेका छन् ।
यतिबेला नगण्य संख्यामा मात्र कुसुण्डा भाषा बोल्न सक्ने वक्ताहरु रहेका छन् । केही भाषाशास्त्रीहरुले कुसुण्डा भाषालाई विश्वको अरु कुनै भाषा वा भाषा
परिवारसँग सम्बन्धित नरहेको बताएका छन् । कुसुण्डा भाषा
अहिलेसम्म पारिवारिक सम्बन्ध गरिनसकेको एकल भाषा मानिन्छ । एकल भाषा ९ीबलनगबनभ ष्कयबितभ० को रुपमा चिनिने कुसुण्डा भाषा २०५८ को
जनगणनामा कूल वक्ता संख्या ८७ रहेकोमा २०६८ को जनगणनामा कूल वक्ता संख्या २८ देखाइएको
छ । यसरी कुसुण्डा भाषा लोप हुँदै जानुका कारणहरुमा
अन्य जातिसँग विवाह र घुलमिल हुन, बसाइसराई गर्नु र
जीवनपद्धतिमा आएको परिवर्तनलाई लिन सकिन्छ । यही
गतिविधिले निरन्तरता पायो भने अबको केही वर्षमा कुसुण्डा भाषा मृत अवस्थामा पुग्न
सक्छ ।
कुसुण्डा भाषा प्राचीन
भाषा हो । नेपालमा भाषालाई जातीय चिनारीको आधारमध्ये एक प्रमुख आधार मानिएको छ । भाषा जातीय चिनारीको आधार मात्र नभएर राष्ट्रिय सम्पत्ति पनि हो । जातीय अस्तित्व र चिनारी जोगाउन मातृभाषाको महत्वपूर्ण भूमिका रहेको
हुन्छ । यस्तो गम्भीर विषयलाई हलुका ढंगले हेरिनु
हुँदैन । प्रजातन्त्रको पुनःस्र्थापना पश्चात्
आदिवासीलगायत अल्पसंख्यक समुदायमा आफ्नो मातृभाषाप्रतिको जागरण निरन्तर वृद्धि
भएको पाइन्छ । नेपालका केही भाषाहरुको मात्र लेख्य
परम्परा भएको पाइए पनि धेरै भाषाहरुको लेख्य परम्परा छैन । अत्यन्तै न्यून अध्ययन तथा अनुसन्धान भएकाले कुसुण्डा भाषा ओझेलमा परेको
हो । कुसुण्डाहरु छरिएर विभिन्न ठाउँमा बसोबास गरेकाले
यिनीहरुको भाषा लोप हुँदै गइरहेको छ । धेरैजसो
कुसुण्डाहरुले आफ्नो मातृभाषा बोल्न र बुझ्न सक्दैनन्् ।
त्यसैले छरिएर रहेका कुसुण्डाहरुलाई सामूहिक बसोबासको व्यवस्था गर्ने हो भने
मातृभाषाको प्रयोग बढ्ने र भाषा संरक्षणमा टेवा पुग्ने देखिन्छ ।
.....................................................................................................................................................
लोपोन्मुख अवस्थामा कुसुण्डा
पृष्ठभूमि
कुसुण्डा नेपालको महाभारत र चुरे पहाडको जङ्गली भू–भागमा फिरन्ते
(भ्रमणशील) जीवनयापन गर्ने एक आदिवासी जनजाति हो । लोपोन्मुख कुसुण्डा जाति
नेपालको सीमित जिल्लाहरुमा मात्र छरिएर बसोबास गरिरहेका छन् । यतिबेला कसुण्डा
जातिमा कुसुण्डा मातृभाषा बोल्न सक्ने दुई जना पूर्ण र दुई जना आंशिकरुपमा बोल्न
सक्ने वक्ता रहेका छन् । दाङ जिल्लाको देउखुरीमा बस्ने ज्ञानीमैयाँ सेन कुसुण्डा
पूर्ण वक्ता हुन भने दाङमा बस्ने प्रेमबहादुर शाही आंशिक वक्ता हुन । रोल्पा सखीकी
कमला सेन खत्री पूर्ण वक्ता हुन भने तनहुँका राजा मामा आंशिक वक्ता हुन । त्यसो त
कुसुण्डा जातिको भाषा र संस्कृति नेपाली तथा विदेशी विद्वान्हरूले अध्ययन एवम्
अनुसन्धान गरिरहेका छन् । यो पङ्तिकारले पनि विगत पाँच वर्षदेखि कुसुण्डा जातिको
अध्ययन तथा अनुसन्धान गरिरहेको छ । उक्त अध्ययनपश्चात् ‘कुसुण्डा जाति र शब्दकोश’
नामक पुस्तक तयार गरिसकेको जानकारी गराउन चाहन्छु । गाउँले जीवन र परिवेशमा घुलमिल
र रमाउन थालेका कुसुण्डाहरुको आदि सभ्यता तथा मौलिक संस्कृति हराइसकेको छ ।
यतिबेला कुसुण्डाको चिनारी झल्काउने सम्पत्ति ‘भाषा’ मात्र बचेको छ र अन्तर्जातीय
विवाहका कारण कुसुण्डा जाति रक्तमिश्रित भइसकेको छ ।
परिचय
नेपालमा बसोबास गर्ने विभिन्न जातिहरुमध्ये कुसुण्डा जाति लोपोन्मुख,
अल्पसङ्ख्यक एवम् पिछडिएको एक फिरन्ते (घुमन्ते) आदिवासी जनजाति हो
। सामान्यतया सरदर नेपालीभन्दा अलिक होचा कदका कुसुण्डाहरू आफूलाई ‘वनराजा’
भन्दछन् । कुसुण्डा भाषामा कुसुण्डालाई ‘गिलाङडै म्याहक (वनराजा वा वनमा बस्ने
मान्छे)’ भन्दछन् । किनकि यिनीहरू वनमा बस्ने गर्दथे । कुसुण्डाहरु आफूलाई म्याहक
र गाउँलेलाई ‘नु (निउ)’ भन्दछन् । यिनीहरुले पुरुषलाई ‘वन राजा’, महिलालाई ‘वनरानी’ र छोरीलाई ‘वनमैयाँ’ भन्ने गर्दछन् । कुसुण्डा पुरुषलाई
‘गिम्याहक’ र महिलालाई ‘गिम्याहक्नी’ भन्दछन् ।
कुसुण्डा भाषामा
कुसुण्डा पुरुषलाई ‘बेगै’ र महिलालाई ‘बेगैनी’ पनि भन्दछन् । आफूलाई वनको राजा
ठान्ने कुसुण्डाले राउटेलाई आफ्नो प्रजा ठान्दथे । वनको रुख काट्ने भएकाले राउटेले
कुसुण्डालाई कर बुझाउने गर्दथे । कुनै समय राउटेले कुसुण्डालाई कर नबुझाएकाले
कुसुण्डाले धनु–काँडले हान्छ भनी राउटेहरू कुसुण्डालाई टाढै देखे पनि उक्त ठाउँबाट
अन्त्यै जाने वा भाग्ने गर्दथे । करको रूपमा कालिज, कन्दमूल,
तरुल आदि वर्षमा एक पटक कुसुण्डा कहाँ पु¥याउने
गर्दथे । राउटेहरू अझै पनि जङ्गलमा भ्रमणशील जीवन बिताइरहेका छन् । कुसुण्डा भन्नु
नै खेती नगर्ने र पशु नपाल्ने भन्ने बुझिन्छ । कुसुण्डालाई नेपालको एक अनौठो
आदिवासी जनजातिको रूपमा हेर्ने गरिन्छ । यिनीहरु सोझा र सरल प्रवृत्तिका हुन्छन् ।
नम्र स्वभावका यो जाति परम्परामा विश्वास गर्ने, अरू कसैको
व्यक्तिगत र सामाजिक जीवनमा प्रभाव नपार्ने, स्वतन्त्र जीवन
चाहने र आफूमा बढी केन्द्रित हुने गर्दछन् । यिनीहरूको भाषा, परम्परागत बसोबास, खानपान, पहिरनलगायत
जीवनपद्धति अन्य जातिभन्दा फरक छ । कुनै पनि सीप नभएका र रोजगारीका अवसर नपाएका
कारण कुसुण्डा जाति गरिवीमै बाँच्न वाध्य छन् ।
आर्थिक सङ्कटकै कारण
यिनीहरूको अवस्था दयनीय र साक्षरता न्यून रहेको छ । धेरैजसो कुसुण्डाहरू ऐलानी
जग्गामा बसेका छन् र उनीहरूको आर्थिक स्थिति कमजोर छ । आफ्नो जग्गा नभएका कारण
अर्काको जग्गा कमाएर तथा ज्याला, मजदुरी गरेर जीविका चलाउने
गर्दछन् । कुसुण्डाहरूले आफूहरु पूर्वतिरबाट बसाइँसराई गर्दै दाङसम्म आइपुगेको
बताउने गरे पनि यिनीहरूको आदि थलो एकिनसाथ भन्न सक्ने आधार छैन । कुसुण्डाहरु
कहिले, कहाँबाट आए भन्ने कुरा बताउन सक्दैनन् । यदि कुसुण्डा
उत्पत्तिको मिथकलाई आधार मान्ने हो भने यिनीहरुको आदि थलो वाल्मीकि आश्रम रहेको
क्षेत्रलाई सङ्केत गर्दछ जुन भूभाग नेपालमा रहेको छ । कुसुण्डाहरूको सेन, शाही र खान गरी तिन थर हुन्छन् । Johan Reinhard ले
खान, शाही, सिंह र सेन गरी चार थर
उल्लेख गरेका छन् । केही अनुसन्धानकर्ता एवम् विद्वान्हरूले कुसुण्डाको थर सेन,
सिंह, शाही, शाह,
मल्ल आदि उल्लेख गरेको पाइन्छ । कुसुण्डाहरू आफूलाई वनराजा वा झर्रा
वन ठकुरी भन्ने गर्दछन् । केही वर्ष अघिसम्म कुसुण्डाहरू आफूलाई कुसुण्डाभन्दा
रिसाउने गर्दथे । गाउँघरमा गाली गर्दा ‘कुसुण्डा’ शब्दलाई असभ्य वा जङ्गली भन्ने
अर्थमा प्रयोग गरेको पाइन्छ । समाजमा कुसुण्डालाई हेयको दृष्टिले हेरिन्थ्यो ।
जसकाकारण केही कुसुण्डाहरू ठकुरी बने भने केही अन्य जातिमा प्रवेश गरी त्यही
जातिको रूपमा आफूलाई चिनाउने गरेका छन् । नेपाल सरकारले लोपोन्मुख जातिलाई राहत
तथा सामाजिक सुरक्षा भत्ता दिन थाले पछि परिवर्तित (ठकुरी र अन्य जाति) भएका
कुसुण्डाहरूले आफ्नो जातिको खोजी गर्न थालेका छन् ।
उत्पत्ति कथा
कुसुण्डा जाति उत्पत्ति सन्दर्भमा केही लोककथनहरू उल्लेख गरेको
पाइन्छ । तीमध्ये एक यस प्रकार रहेको छ– रामायणकालमा सीताजी वनवास जाँदा वाल्मीकि
(कुटुनबुढी)को आश्रममा बसेकी थिइन् । उनको लोहोरी नाम गरेको एउटा छोरा थियो । एक
दिन छोरा लोहोरीलाई झोलुङ्गामा सुताएर सीता खोलामा लुगा धुन र नुहाउन गएकी थिइन् ।
त्यहीबेला बाँदरहरू उनको अगाडि आफ्ना बच्चासँग खेल्न थालेको देखेर सीतालाई डाहा
लाग्यो र कुटीमा गई छोरा ल्याएर बाँदरलाई इख्याउँदै खेल्न थालिन । त्यहीबेला ऋषि
वाल्मीकिले झोलुङ्गामा बालक देखेनन् । सीता खोलाबाट फर्केर आउँदा छोरा हराएकोमा
दुःख मान्नेछिन् भनेर ऋषिले केही कुश लिई आफ्नो तपोवलले त्यसैबाट बालक बनाई
सुताइदिए । सीता खोलाबाट छोरा लिएर फर्किन् । एक पटक बनाइसकेको बालक फ्याँक्न
नमिल्ने भएकाले ऋषिको आज्ञामुताविक सीताले दुवै बालक स्याहार्न थालिन् । कुशबाट
बनेको हुनाले उसको नाम कुशरी राखियो । लोहोरीका सन्तान चेपाङ हुन् भने कुशरीका
सन्तान कुसुण्डा हुन् । अर्को किम्वदन्तीअुनसार सीताका दुई छोरा भए लव र कुश ।
ठूला भएपछि लवले सहरमा राज्य गरे भने कुशले गाउँको राज्य गरे । कुशको सन्तान
कुसुण्डा भए ।
जनसङ्ख्या
Brian H. Hodgson ले सन् १८४८ मा घना जङ्गलमा घुमन्ते जीवन बिताउने
कुसुण्डा जातिको जनसङ्ख्या न्यून रहेको उल्लेख गरेका छन् । २०६८ को जनगणनाअनुसार
नेपालमा १२६ जातजाति र १२३ भाषाहरू उल्लेख गरिएको छ । उक्त जनगणनामा कुसुण्डा
जातिको कुल जनसङ्ख्या २७३ छ । गाउँमा स्थायी बसोवास गर्न थाले पनि कुसुण्डा जातिको
जनसङ्ख्या लोपोन्मुख रहेको छ । नेपालमा बसोवास गर्ने विभिन्न जातजातिको सूचीमा
आदिवासी जनजाति समूहभित्र ५९ जातजाति समावेश गरिएको छ । ती आदिवासी जनजातिलाई ५ समूहमा
वर्गीकरण गरिएको छ । यस वर्गीकरणअनुसार कुसुण्डा जाति लोपोन्मुख समूहमा पर्दछ ।
हाल कुसुण्डाहरू गाोर्खा, तनहुँ, कपिलवस्तु,
अर्घाखाँची, प्यूठान, रोल्पा,
दाङ देउखुरी, सुर्खेत जिल्लामा बसोबास
गरिरहेका छन् । सङ्ख्यात्मक रूपमा हेर्ने हो दाङ देउखुरीमा बसोबास गर्ने
कुसुण्डाहरू सबैभन्दा बढी छन् । रोजगारीका लागि भारत गएका केही कुसुण्डाहरू भारतमै
बसोबास गरिरहेको कुसुण्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डाले बताए ।
पारिवारिक संरचना
कुसुण्डाहरूको २५–३० देखि ४०–५० जनासम्मको बगाल हुन्थ्यो । बगालमा
आ–आफ्नो परिवार मिलेर बस्ने गर्दथे । कुसुण्डाहरूले छोरा–छोरीलाई समान व्यवहार
गर्दथे । सबै जना वनमा बस्ने भएकाले छोरालाई ठूलो मान्ने चलन थिएन । एउटा परिवारमा
आमा, बावु र छोराछोरीसँगै बस्ने गर्दथे । आदिवासी कुसुण्डा
जातिको नातासम्बन्धको शब्दावलीमा नेपाली भाषाको प्रभाव पर्न थालेको छ । हरेक
समाजमा सम्बन्ध व्यक्त गर्न विभिन्न नाताहरू हुन्छन् । नाताले पारिवारिक र सामाजिक
सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
बसोबास ढाँचा र क्षेत्र
कुसुण्डाहरू नेपालको पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको
पहाडी भाग र तराईमा छरिएर बसोवास गरिरहेका छन् । अहिलेसम्मको अध्ययनको आधारमा
कुसुण्डाहरू गोर्खा, तनहुँ, पाल्पा,
अर्घाखाँची, कपिलवस्तु, प्यूठान,
रोल्पा, दाङ देउखुरी, सल्यान
र सुर्खेत जिल्लामा बसोबास गरेको पाइएको छ । वनवासी कुसुण्डाको स्थायी घर
हुँदैनथ्यो । वनमा बस्दा कुनै एक निश्चित स्थानमा नबसी बस्ने ठाउँहरू परिवर्तन
गरिरहन्थे । मौसमअनुसार स्याउलाको छाप्रा, ओढार वा गुफामा
बस्ने गर्दथे । एक ठाउँमा यिनीहरू एक सातादेखि १५–२० दिनसम्म बस्ने गर्दथे ।
यिनीहरूको बसाइँ खानेकुरा र सिकारमा निर्भर गर्दथ्यो । बसेको ठाउँमा खानेकुरा पाउन
छाडेपछि अर्को वनमा बसाइँ सर्दथे । बस्नको लागि स्याउलाको छाना भएको एक पाखे,
गोलाकार वा चारपाटे घर बनाउँथे । ढोका बिनाको छाप्रोभित्र पस्नको
लागि केही भाग प्वालजस्तो खाली राखिएको हुन्थ्यो । स्याउलालाई ढुङ्गा वा काठले
चेप्ने गर्दथे । छाप्रोलाई डोरीले बाँधिएको हुँदैनथ्यो । घरको आकार परिवारको
सङ्ख्याअनुसार बनाउने गरिन्थ्यो । स–साना झुप्रोमा बस्ने कुसुण्डाहरूको एकल परिवार
सानो हुन्थ्यो । त्यसमा एउटा परिवारको लोग्ने–स्वास्नी र केटाकेटी सुत्ने र खाना
पकाउने गर्दथे । सुकेका ठूला पात गाँसेर (लाफो) बिछ्याउने र ओढ्ने गर्दथे ।
बेग्ला–बेग्लै परिवारका लागि अलग–अलग छाप्रो बनाइएको हुन्थ्यो । वनमा बस्दा ठूला
ठूला काठका मुढा जोडेर आगो बाल्ने गर्दथे । आगोमा धेरै बस्दा कुहिना, घुँडा, खुट्टा आदि भागमा टाटो पर्दथ्यो । एक ठाउँबाट
अर्को ठाउँमा बसाइँ सर्दा बस्न जाने ठाउँको मट्टी (माटो) पातमा राखेर जोखना हेर्ने
गर्दथे । उक्त ठाउँ उपयुक्त र राम्रो भए मात्र बस्थे । सकभर बस्ने ठाउँ मूलको
पानीलाई पायक पारिएको हुन्थ्यो । बस्ने छाप्रो बनाइसकेपछि वन्यजन्तु र भूतप्रेतले
दुःख नदिउन भनेर सुरक्षित रहनका लागि मन्त्र गरेर सीमा बाँध्ने गर्दथे । हाल कुसुण्डाहरू
आधुनिक शैलीका घरमा बस्न थालेका छन् । लोपोन्मुख समूहका कुसुण्डा जातिलाई नेपाल
सरकारले आवास कार्यक्रमअन्तर्गत हरेक परिवारलाई आवासको व्यवस्था गरिदिएको छ र
प्रत्येक व्यक्तिलाई मासिक रुपमा रु. १०००।– भत्तास्वरुप उपलब्ध गराइरहेको छ ।
भाषा
कुसुण्डाहरूले
बोल्ने भाषालाई कुसुण्डा भाषा (गिपन÷गेपन) भनिन्छ ।
भाषा विचार आदान–प्रदान गर्ने एक सशक्त र प्रभावकारी माध्यम हो । भाषा विचार र
भावना व्यक्त गर्ने माध्यम मात्र नभएर संस्कृति र जीवनदर्शन बुझ्ने स्रोत पनि हो ।
नेपालमा भाषालाई जातीय चिनारीको आधारमध्ये एक प्रमुख आधार मानिएको छ । भाषा जातीय
चिनारीको आधार मात्र नभएर राष्ट्रिय सम्पत्ति पनि हो । जातीय चिनारी र अस्तित्व
जोगाउन मातृभाषाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कुनै व्यक्तिको बोली फुटेदेखि
नै आमा–बाबुले बोल्न सिकाई आफ्नो परिवारमा बोल्दै आएको पहिलो भाषालाई मातृभाषा
भनिन्छ । कुसुण्डाको आफ्नै मातृभाषा छ । कुसुण्डा भाषा प्राचीन भाषा हो । बाक्लो
वस्ती नभएको र विभिन्न ठाउँमा छरिएर बसेका कुसुण्डाहरूले आफ्नो भाषा बोल्न र लेख्न
जान्दैनन् । यतिबेला कुसुण्डा भाषा ‘मृतअवस्था’मा पुग्न थालिसकेको छ । दुई जना मात्र
कुसुण्डा भाषा बोल्न र बुझ्न सक्ने प्रयोक्ताहरू रहेका छन् । लेख्य परम्परा नभएको
अत्यन्त न्यून वक्तामा सीमित रहेकाले कुसुण्डा भाषा लोप हुने बढी सम्भावना देखिएको
छ । २०६८को जनगणनामा कुल सङ्ख्या २७३ मध्ये मातृभाषी वक्ता २८ देखाएको छ । तर हाल
कुसुण्डा भाषा बोल्न र बुझ्न सक्ने २ जनाभन्दा बढी छैनन् । ज्ञानीमैंयाँ सेन
कुसुण्डा (देउखुरी) र कमला सेन खत्री (रोल्पा, हाल धेरैजसो
भारतमा बसोबास गर्ने) कुसुण्डा भाषाका पूर्ण वक्ता हुन भने प्रेमबहादुर शाही (दाङ)
पूर्ण वक्ता होइनन् । ज्ञानीमैयाँ सेन कुसुण्डा र कमला सेन खत्रीले अन्तर्जातीय
विवाह गरेका कारण उनीहरुको परिवारमा कुसुण्डा मातृभाषाको रुपमा प्रयोग हुँदैन ।
तनहुँ– व्यास ५, डिहिगाउँ निवासी ७० वर्षीय राजा मामाले केही
भाषिक शब्दावली प्रयोग गर्न सक्ने भए पनि उनी पूर्ण वक्ता नभएको अध्ययनकर्ताले
उल्लेख गरेका छन् । कुसुण्डाहरूले दैनिक जीवनमा नेपाली भाषा नै प्रयोग गर्दछन् ।
यतिबेला कुसुण्डाहरू आफ्नो भाषाप्रति जिज्ञासु, सिक्ने,
सिकाउने र बोल्ने अभ्यासमा सक्रिय हुन थालेका छन् ।
Paul Whitehouse ले कुसुण्डा भाषालाई Indo-Pacific भाषा
परिवारको एक सदस्य उल्लेख गरेका छन् । Whitehouse काअनुसार–
।।।… the Kusunda language is in fact a member of the Indo-Pacific family
of languages. The Indo-Pacific historically occupied a vast area from the
Andaman Islands in the Indian Ocean to the Soloman Islands in the Pacific. केही भाषाशास्त्रीहरूले कुसुण्डा भाषालाई विश्वको अरु कुनै भाषा वा भाषा
परिवारको सदस्य नभएको एक्लो भाषा बताएका छन् । कुसुण्डा भाषा अहिलेसम्म पारिवारिक
सम्बन्ध गरिनसकेको एकल भाषा (Language isolate) मानिन्छ
। कुसुण्डा भाषा एउटा अलग्गै भाषा परिवारको प्रतिनिधि भाषा हो । कुसुण्डा भाषामा ६
स्वर र ३१ व्यञ्जन रहेको David E. Watters ले उल्लेख
गरेका छन् । कुसुण्डा भाषामा दाङ–रोल्पा र तनहुँ–गोर्खा भाषिका गरी दुई भाषिका
रहेका छन् । यस भाषामा सार्वनामिकता (भाषाको क्रियामा सर्वनाम जोडिएको) पाइन्छ ।
यहाँ कुसुण्डा भाषाका केही शब्दावली र भाषिक उदाहरण प्रस्तुत गर्न चाहन्छु ।
एक वचन बहुवचन
प्रथम पुरुष चि (म) टोक (हामी)
द्वितीय पुरुष नु (तिमीे) नोक (तिमीहरु)
तृतीय पुरुष गिना (ऊ, त्यो, तिनीहरु) एक वचन बहुवचन
प्रथम पुरुष टमन (मैले खाएँ) टमडान (हामीहरुले खायांै)
द्वितीय पुरुष नमन (तिमीले खायौ) नमडान (तिमीहरुले खायौ)
तृतीय पुरुष गमन (उसले खान्छ) गमडान (उनीहरुले खान्छन्) एक वचन
बहुवचन
प्रथम पुरुष टम्डु (मैले खानेछु) टम्डाक (हामीहरुले खानेछौं)
द्वितीय पुरुष नम्डु (तिमीले खानेछौ) नम्डाक (तिमीहरुले खानेछौ)
तृतीय पुरुष गम्डु (उसले खानेछ) गम्डाक (उनीहरुले खानेछन्)
पेसा र दैनिकी
कृषि र पशुपालन नगर्ने कुसुण्डाहरूको दिन कन्दमूल, सागपात, च्याउ र सिकारको खोजीमा बित्ने गर्दथ्यो ।
कुसुण्डाहरू धनुष–काँड चलाउन निपूर्ण हुन्थे । गोहोरा, कालिज
र भार्सेको सिकार गर्थे । वनमा स्याउलाको छाप्रा बनाउँथे र वनमा सिकार गर्नु र कन्दमूल
खोज्नु नै यिनीहरुको मुख्य पेसा थियो । महिला र पुरुष दुबै खानेकुरा खोज्न गए पनि
महिलाहरू चाँडो बासस्थान फर्कन्थे भने पुरुषहरु आवश्यकताअनुसार रातीसम्म सिकार
गर्दथे । वर्षा याममा कुसुण्डा सिकारीले पासो थापी मुखमा ढड्डी च्यापेर कालिजको
चल्लाको जस्तो आवाज निकाल्ने गर्दथे र कालिजलाई पासोमा पार्ने गर्दथे । रुखमा
बसेको भार्सेलाई लठ्ठीले कुटेर वा काँडले हानेर मार्ने गर्दथे । महिलाहरू खुर्पा र
कोदाली बोक्थे र तरुल खन्न जाँदा जाबी लैजान्थे, त्यही
जाबीमा तरुल ल्याउँथे र साथै दाउरा खोज्ने र खाना पकाउने गर्दथे । पुरुषहरूले
मात्र आगो बाल्ने चलन थियो र आगो बाल्न छट्केको प्रयोग गरिन्थ्यो । महिलाहरू
गाउँमा आटो–पिठो माग्न जाने चलन थियो । आँगनमा उभिएर ‘वनराजा वनरानी आए, आटो–पिठो खान देऊ’ भन्थे । यिनीहरू कालिज, जरायो,
राते, थार र मृगजस्ता जनावर सिकार गरी गाउँमा
अन्नबाली (मकै, चामल, पिठो)सँग साट्ने
गर्दथे । गाउँलेसँग मागेर वा साटेर ल्याएको आटो–पिठो खाने र जाँड पनि बनाउने
गर्दथे । वनमा चरा र पशुका बच्चा छोपेर गाउँलेलाई ल्याइदिने गर्दथे, तर उनीहरू आफै भने पाल्दैनथे । नयाँ ठाउँमा बसाइँ सरेपछि पनि यिनीहरूको
दैनिकी उस्तै हुन्थ्यो– कन्दमूलको खोजी, सागपात जम्मा गर्ने
र सिकार खेल्ने ।
भोजन र स्रोत
कुसुण्डाहरू वनमा पाइने तरुल, गिठा, तेगुना, कन्दमूल, भार्से,
लोखरक, गोहोरा आदि खाने गर्दथे । यिनीहरूको
मुख्य सिकार कालिज र गोहोरा थिए । गोहोराको मासु खाने गर्थे र छालालाई डम्फु वा
खैंजडी मोर्न प्रयोग गरिन्थ्यो । गोहोराको फुल उसिनेर वा पकाएर खाने गर्दथे ।
विभिन्न जातका तरुल (वन तरुल, गिठा, भ्यागुर)हरू
यिनीहरूको प्रिय खान्की थियो । वनमा पाइने कन्दमूल, फलफुल,
सागपात र सिकार खेलेर प्राप्त हुने मासु नै यिनीहरूको जीवननिर्वाहको
स्रोत थिए । साथै गाउँमा आटो–पिठो, नुन र तेल माग्ने गर्दथे
। गोहोराको छाला काढेर मासु खाने गर्दथे भने छालालाई मादल वा खैंजडी मोर्न प्रयोग
गरिन्थ्यो, रुखमा बस्ने भार्सेलाई वाणले हानेर वा लठ्ठीले
कुटेर मार्ने गर्दथे ।
जन्म : कुसुण्डा महिला वनमा
सुत्केरी हुने गर्दथे । सुत्केरीलाई वन तरुल र अन्न खान दिने चलन थियो । मासुमा
कालिज, कुखुरा, भार्से, गोहोरो खान दिइन्थ्यो भने सागपात खान दिइदैनथ्यो । बच्चा जन्मिएको ११
दिनमा सुत्केरी आमा र बच्चा नुहाएर र कपडा धोएर चोख्खिने गर्दथे र त्यस दिन
न्वारान गरिन्थ्यो । बच्चाको नाडी, घाँटी र खुट्टामा धागो
बाँध्ने र निधारमा टीका लगाउने चलन थियो । नाम राख्न मावली बाजेलाई बोलाउने गर्दथे
। बच्चा ६ वर्ष पुगेपछि मामाले भान्जाको केश काटिदिन्थे । बच्चाको भात खुवाइमा
मावली बाजे, झाँक्रीलगायत अन्यलाई बोलाउने चलन थियो ।
कुसुण्डा जातिमा बढ्दा (जन्म हुँदा) ११ र घट्दा (मृत्यु हुँदा) १३ दिन भन्ने
प्रचलन छ ।
विवाह : कुसुण्डा जातिमा उमेर पुगेका
केटा वा केटीका लागि विवाहको तय अभिभावकले गर्दथे । कुसुण्डाहरूले भेटेसम्म आफ्नै
जाति कुसुण्डा (वनराजा वा वन ठकुरी) नभेटे (घरराजा वा घर ठकुरी)सँग विवाह गर्दथे ।
विवाह सामन्यरूपमा सम्पन्न गरिन्थ्यो । यो जातिमा मागी र भागी विवाह गर्ने प्रचलन
रहेको पाइन्छ । विवाह मामाकी छोरी र फुपूको छोरासँग हुने चलन छ । मामाकी छोरी नभए
मात्र अन्य परिवारको केटीसँग विवाह गरिन्थ्यो । एक थरको कुसुण्डाले अर्को थरको
कुसुण्डाको छोरीलाई विवाह गर्दछन् । कुल घर छुट्याएपछि केटा र केटीको स्वीकृतिले
विवाह गर्दथे । केटी माग्न जाँदा गोहोरा वा कालिजको मासु र रक्सी लगेर केटीको घरमा
जाने गर्दथे । मासु र रक्सी केटी पक्षलाई दिइसकेपछि विवाहका लागि छलफल गरी मिति तय
गरिन्थ्यो । तोकिएको समयमा दुलही ल्याउन जाँदा गोहोराको मासु, रक्सी, दुलहीका लागि नयाँ कपडा र गहना लैजानुका साथै
दुलहीका बाबुलाई केही पैसा दिनु पर्दथ्यो । जसलाई साइ दिने (साइ येङगु एगु) भनिन्छ
। लगेको कपडा र गहना दुलहीलाई लगाउन लगाएर दुलहाको घरमा ल्याउने गरिन्थ्यो ।
विवाहमा दुलहा पक्षका आफन्त र साथीभाइहरू जन्ती जाने गर्दथे । विवाहमा गोहोराको
मासु अनिवार्य हुनुपथ्र्यो । यतिबेला कुसुण्डा जातिमा केटा–केटीको अभावमा धेरैजसो
अन्तर्जातीय विवाह हुन थालेको छ । अन्तर्जातीय विवाहका कारण पनि कुसुण्डाहरू
घुमन्ते जीवन छाडी गाउँमा बस्न थालेका हुन् । दाङ देउखुरी, प्यूठान,
रोल्पा, अर्घाखाँची, तनहुँ
र सुर्खेतका कुसुण्डाहरूले क्षेत्री, मगर, कुमाल र विश्वकर्मासँग अन्तर्जातीय विवाह गरेको पाइन्छ ।
मृत्यु : कुसुण्डाले मृत्युपछि शव
(मरेका)लाई नदी वा वनको छेउँमा खाडल खनी गाड्ने चलन छ । मृतकले प्रयोग गरेका धनु,
काँड, जाबी, पासो,
कोदालो आदि सामग्री कसैले चिहानमाथि राखिदिन्छन् भने कसैले
भान्जालाई दिने गर्दछन् । १३ दिनसम्म क्रिया बस्ने चलन छ । सबै छोराहरू क्रिया
बस्दछन् । यदि छोरा नभएमा नजिकको आफन्त क्रिया बसिदिने गर्दछन् । (कुना) क्रिया
बस्दा कसैसँग छोइनु हुँदैन । क्रिया बस्नेले केश मुण्डन गर्ने र सेतो कोरा कपडा
लगाउने गर्दछन् । क्रियापुत्री खोलामा नुहाउन जाने गर्दछन् । क्रिया बस्नेले केरा,
तेगुना, कन्दमूल, तरुल
आदि एकछकी (एक छाक) खाने गर्दछन् । भात खाँदैनन् र नुन बार्ने गर्दछन् । १३ दिन
पुगेपछि क्रिया बसेको छोरा(हरू) चोखिन्छ(न्) । चोखिने दिन नुन मात्र पानीमा पकाएर
सबैलाई बाँडेर खाने गर्दछन् । उक्त दिन जाँड, रक्सी, मासु खाने चलन रहेको छ । तर वर्खी बार्दैनन् । बसेको ठाउँमा कोही मरेमा
बसाइँसराई गर्थे ।
भौतिक तथा अभौतिक
संस्कृति
हरेक जातिको आफ्नै संस्कृति हुन्छ । संस्कृति जातीय चिनारी हो ।
संस्कृति जाति र व्यक्ति विशेषको आत्मा हो । संस्कृति शुद्ध अथवा परिस्कृत
जीवनशैलीको स्थिति र कार्य हो । समयसापेक्ष संस्कारित हुँदै जाने चलन नै संस्कृति
हो । संस्कृतिलाई दुई भागमा विभाजन गरिएको छ– भौतिक र अभौतिक संस्कृति । छुन सकिने
वस्तुहरु भौतिक संस्कृति (कला, सम्पदा, खानपान, भेषभुषा, शिल्प,
आधारभूत जीवनशैली आदि)अन्तर्गत पर्दछ भने स्पर्श गर्न नसकिने अभौतिक
वस्तु परापूर्वकालमा प्रारम्भ भएर सामाजिक रीतिरिवाज, आस्था,
अनुष्ठान, मूल्य, मान्यता
र परम्पराको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुने व्यवहारलाई अभौतिक
संस्कृति भनिन्छ ।
पोशाक
यतिबेला कुसुण्डाहरू जंङ्गली घुमन्ते जीवन छाडी गाउँघरमा बस्न
थालिसकेका छन् । हिजोका दिनमा लगाउने कपडा र गहनाहरू आजभोलि प्रचलनमा रहेको
देखिदैनन् । जातीय चिनारी झल्किने पोशाकहरू लगाउन छाडिसकेका छन् । परम्परागतरूपमा
कुसुण्डाहरूले अल्लो र भाङ्ग्राको गादो र घलेक लगाउने गर्दथे । यिनीहरूले कपडा
बाँसको ढुङ्ग्रोमा राख्ने गर्दथे । कुसुण्डा महिला र पुरुषले निम्नानुसारको पोशाक
लगाउने गर्दथे ः महिलाको पोशाक– कालो गुन्यु, सेतो पटुका,
कालो चोली, रातो घलेक, रातो
कपाले रुमाल (टाउकामा बाँध्ने) र पुरुषको पोशाक– कछनी, सेतो
कमिज, सेतो टोपी, तुना बाँध्ने भोटी,
अस्कोट आदि हुन ।
गहना
आधुनिक बजारीया गहना प्रयोग गर्न थालिसकेका कुसुण्डा महिलाले पुराना
गहना लगाउने चलन हराइसकेको छ । कुसुण्डा महिलाले लगाउने गहना यस प्रकार रहेको छ–
कम्पनी सिक्काको हमेल, सुक्की, ठुमरा,
चाँदीको कर्नफुली, चाँदीको चेप्टा, मुगाको माला आदि ।
घरेलु सामग्री
कुसुण्डाको चिनारी नै धनु–काँड हो । धनु १ मीटर ४० सेन्टीमीटर जति
लामो बाँसलाई काटेर बनाइएको हुन्छ भने काँड १ मीटर ६० सेन्टीमीटर जति पातलो लामो
हुन्छ र टुप्पोमा तिखो फलामको चुच्चो राखिएको हुन्छ । जुन जनावरको शरीरमा गड्दछ ।
धनु–काँड भिरेको, कछाड र भोटी लगाएको र शिरमा फेटा बाँधेको
आकृति नै कुसुण्डाको परिचय हो । कुसुण्डाको छोरा १४ वर्ष पुग्यो भने बाजेले
कुखुराको वलि चढाएर निधारमा टीका लगाइदिने र धनु–काँड, कोदालो,
खुर्पा, जाबी आदि दिने गर्दथे । कुसुण्डाहरू
कालिजलाई पासोमा बल्झाउन र गोहोरालाई समात्न सिपालु हुन्थे । उनीहरू उड्दै गरेको
चरालाई काँडले खसाल्थे र वन्यजन्तु सिकार गर्थे । कालिजको सिकार गर्दा
कालिजकोजस्तो आवाज निकाल्दछन् र पासोमा बल्झाउँछन् । एउटा धनु र २÷३ वटा काँड बोक्थे । पुरुषले सिकार खेल्न धनु–काँड, उछिटा,
साङ्ले जाबी, पासो लैजान्थे भने महिलाले
खुर्पा, कोदाली, जाबी बोक्थे ।
कुसुण्डाहरूले प्रयोग गर्ने सामग्रीहरू धनु–काँड, पासो,
साङ्ले जाबी, खुर्पा÷हँसिया,
कोदाली÷कुटो, छुरी आदि
हुन भने खाना पकाउन कराही, भड्डु, डाडु,
पन्यु, थाल, बटुका,
हाँडी, घैला (माटाको गाग्री) प्रयोग गर्दथे ।
नाचगान र मनोरञ्जनका
साधन
धेरै सिकार प्राप्त भएको दिन कुसुण्डाहरूको खुशीको दिन हुन्थ्यो ।
सोझा, सरल र रसिक स्वभावका कुसुण्डाहरू गाउँघरमा पूजा–पाठ र
नाचगान हुँदा सम्मिलित हुने गर्दथे । जसलाई गाउँको नाच भन्दथे भने वनमा आफ्नै
समूहको नाचगानलाई घरको नाच भन्दथे । नाचगान गाउँले टोली र कुसुण्डाको टोलीबिच पनि
चल्थ्यो । दशै, तिहारमा पिङ खेल्ने गर्दथे । यिनीहरू नाचगान
र वाद्यवादनमा सिपालु हुन्थे । लोग्नेमान्छे र स्वास्नीमान्छे नाच्थे र रमाइलो
गर्थे । कुसुण्डाले प्रयोग गर्ने वाद्यवादनहरू ः मादल, बाँसुरी,
मुर्चुङ्गा, पैंजन, झ्याली,
खैंजडी, डम्फु आदि हुन । कुसुण्डाहरू गाउँघरमा
पूजा–पाठ र चाडपर्वमा मेला लाग्ने ठाउँमा सहभागी हुने गर्दथे ।
झाँक्रीवाद
कुसुण्डाहरू झाँक्रीलार्इृ डाङ्बै भन्दछन् । धामीले नै वन बाँध्ने र
फुकाउने गर्दथे । कुनै ठाउँमा बस्नु पर्दा जोखना हेरेर बस्न उचित हुने भए मात्र
बस्ने गर्दथे । कोही विरामी भयो भने रोगअनुसार बिरामीलाई वनकै जडिबुटी खुवाउने
गरिन्थ्यो । सर्प, विच्छीले टोकेमा र विरामी परेमा धामी÷झाँक्रीले झारफुक र जडिबुटीको प्रयोग गर्दथे । झारफुकले निको नभएमा रात
परेपछि झाँक्री बस्ने गर्दछन् । झाँक्री बस्दा झाँक्री बस्ने ठाउँ सफा र लिपपोत
गर्दछन् । झाँक्री बस्दा स्याउला हल्लाउँदै र मन्त्र गुनगुनाउँदै काप्ने गर्दछन् ।
आवश्यकताअनुसार झाँक्रीले मन्त्र गरेर दिएको जन्टर घाँटी, कम्मर
वा पाखुरामा विरामीले बाँध्ने गर्दछन् । विरामी पर्दा औषधी उपचार गर्न अस्पताल
जानुभन्दा झारफुक र धामीझाँक्रीमा नै बढी आस्था राख्ने कुसुण्डा जातिमा चेतनाको
कमी र मनोवैज्ञानिक असर अझै रहेको देखिन्छ ।
धार्मिक विश्वास र पूजा
आफूलाई कुशको सन्तान मान्ने कुसुण्डाहरू खरले छाएको घरमा बस्दैनथे,
कुचोलाई कुल्चेमा ढोग्ने गर्दथे, गाउँमा रात
बस्दैनथे, गाईले कुश खाने हुनाले गाईको दुध, दही, घिउ खाँदैनथे र गोबरलाई कुनै पनि काममा प्रयोग
गर्दैनथे । यिनीहरू खुर भएका जन्तुको मासु खाँदैनथे र खानेकुरा खोलामा धुँदा
माथिबाट दुध, दही, गोबर पानीमा बगेको
देखेमा खानेकुरा त्यसै छाडेर जाने गर्दथे । प्रकृतिपूजक कुसुण्डाहरूले वनदेवीको
पूजा गर्दछन् । पूजा गर्दा रुखका हाँगा र छेस्का काटेर देवीको पूजा गर्दथे ।
कुखुरा काटेर चढाउने गर्दथे । वर्षमा एक पटक पितृपूजा गर्दछन् । पितृपूजा गर्दा
ढुङ्गामाथि माटोको भाले (बाबुको प्रतीक) र पोथी (आमाको प्रतीक) गोलीजस्तो बनाई
पूजा गर्दछन् । पूजा गर्नुभन्दा पहिला ढुङ्गालाई सफा गरी लिप्ने गर्दछन् । पूजा
गर्दा गोहोराको अण्डा, माछा, गोहोराको
मासु, पुक्सेको मासु, जाँड, रक्सी आदि पूजा सामग्रीको रूपमा प्रयोग गर्दछन् । कुसुण्डाहरुले दशैंमा
दुर्गा पूजा पनि गर्दछन् । वन्यजन्तुको सिकार गरे पनि खुर भएका जनावरको मासु
खाँदैनथे । पूजाआजा गर्दा धामी बस्दथे । धामीले देउता बोलाउँथे । धामीले आकाशबाट
पर्ने चट्याङ, असिना, पानी रोक्न
सक्दथ्यो भन्ने विश्वास गर्दछन् ।
परम्परागत नेतृत्व
जङ्गलमा बस्ने भए पनि कुसुण्डाहरूको समाज व्यवस्थित र संगठित हुने
गर्दथ्यो । यिनीहरूको समाजमा सबैलाई अनुशासन र नियन्त्रणमा राख्ने काम मुखिया वा
अगुवा (मुङ)को हुन्थ्यो । समूहमा एक जना मुङ हुन्थे । मुङले टाउकोमा सेतो फेटा
गुथेका हुन्थे । एक आपसमा हुने कलझगडा मुङले मिलाउने गर्दथे । कसैले गल्ती ग¥यो भने यस्तो किन गरेको ? गलत काम गर्न हुँदैन भनेर
सम्झाउँने र झगडा मिलाउने गर्दथे । उनले नै न्याय निसाफ गर्दथे ।
परिवर्तन
नेपालका आदिवासी कुसुण्डाहरूको घुमन्ते एवम् प्राकृतिक जीवनपद्धतिमा
निकै ठूलो परिवर्तन आइसकेको छ । यिनीहरू एउटै गाउँमा सँगै नभई विभिन्न ठाउँमा
फाट्टफुट्ट छरिएर बसेका छन् । वनमा यिनीहरूको दैनिकी पेट पालनसँग मात्र सम्बन्धित
थियो । जीविकाको लागि कन्दमूलको सङ्कलन र सिकारको खोजी गर्थे । आवादी बढेर वनजङ्गल
नास हुँदै गएपछि कुसुण्डाहरूको जीवन कठिन हुँदै गयो र वासस्थानको समस्या पर्दै गयो
। वनमा कन्दमूल र सिकार पाइन छाड्यो । गाउँलेहरूले वनमा सिकार खेल्न थालेपछि
कुसुण्डाहरूलाई सिकारको अभाव हुन थाल्यो र नयाँ पालुवाको लागि वनमा आगो लगाउँदा
जङ्गली कन्दमूलहरू मासिएर भोजनको समस्या पर्न थाल्यो । कुसुण्डा समूह तितरबितर
भएकाले जीवनसाथी पाउन कठिन हुन थाल्यो । आफ्नै समूहमा विवाह योग्य युवती पाउन
छाडेपछि विस्तारै गाउँलेहरुसँग मिसिन थाले । बिहेवारी चल्न थाल्यो र सामाजिक
सम्बन्धमा बाँधिन थाले । अन्तर्जातीय विवाहका कारण ‘वनमैयाँ’हरू र ‘वनराजा’हरू
गाउँमा बस्न थाले र झर्रा वनराजा (स्वजातीय विवाहबाट जन्मिएका) रत्तमिश्रित हुँदै
गए र यिनीहरूको भाषा, ज्ञान र सीप हराउँदै गयो । गाउँमा बस्न
थालेपछि र गाउँलेहरूसँग घनिष्ठता बढ्दै गएपछि गाउँलेको काम गर्न थाले ।
अन्तर्जातीय विवाह गर्नेले गाउँमा खेती गर्न थाले । हिजोसम्म गौरस नछुने र खरले
छाएको घरमा नबस्ने कुसुण्डाहरू आज जीवनयापनका लागि पशुपालन र खेती गर्न थालेका छन्
। छाप्रो, ओढार र गुफामा बस्ने कुसुण्डाहरूको जीवनशैली,
संस्कृति र परम्परा अस्तित्वहीन बन्न पुगेको छ । वनमा बस्ने
कुसुण्डाहरू यतिबेला आधुनिक जीवनशैलीतर्फ उन्मुख भएका छन् । नयाँ पुस्ताका
कुसुण्डाहरूमा आफ्नो जातिका बारेमा त्यति ज्ञान नभएकाले यिनीहरूको परम्परागत मूल्य,
मान्यता र संस्कार धराशयी बन्दै गएको छ र समयानुकूल औपचारिक शिक्षा
हासिल गर्न थालेका छन् । आत्मनिर्भर बन्न सीपमूलक तालिममा अग्रसर हुँदै गएका छन् ।
एक दुई जना गर्दै विद्यालय र उच्च शिक्षा हासिल गर्न थालेका छन् ।
निष्कर्ष
नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति भएको देश हो । सबै जातजातिको आ–आफ्नै सांस्कृतिक, धार्मिक र सामाजिक मूल्य, मान्यता र परम्परा छ ।
कुसुण्डा जातिको पनि आफ्नै भाषा, संस्कृति र परम्परा छ ।
बन्धनरहीत जीवन बिताएका कुसुण्डाहरूको वंशज र तिनको भाषा, संस्कृति
र परम्परा लोपोन्मुख अवस्थामा छ । जङ्गली जीवन छाडी गाउँमा बस्न सुरु गरेपछि
कुसुण्डाहरूले आफ्नो मौलिक परम्पराहरू बिर्सदै गएका छन् । बढ्दो सहरीकरण, आधुनिकीकरण र परसंस्कृतिकरणको प्रभावले यिनीहरूको संस्कृति लोप हुँदै
गैरहेको छ । नेपालमा वर्षौंदेखि बसोवास गर्दै आएका लोपोन्मुख जातिको पहिचान गरी
यिनीहरूको भाषा, धर्म, संस्कृतिको
अध्ययन गर्नसके यथावत संरक्षण गर्न नसके पनि लोप हुनु अघि प्रामाणिक अभिलेखीकरण
गरेर भावी पुस्ताका लागि सुरक्षित राख्ने खाँचो देखिएको छ । जस्तोसुकै भौगोलिक र
दयनीय आर्थिक अवस्थामा भए पनि कुसुण्डाहरू नेपाली हुन् । नेपालको कुनै पनि
क्षेत्रमा एउटा मात्र भाषा बोलिदैन । विभिन्न भाषाभाषीसँगै बस्नु नेपाली समाजको
विशेषता हो । राष्ट्रिय जनगणनाका आफ्नै सीमा र कमजोरीका कारण नेपालमा बोलिने
भाषाहरूको सही पहिचान र सही तथ्याङ्क आँकलन हुन सकेको छैन । भाषा विकासका लागि ठोस
प्रयासहरू हुन नसक्दा भाषाहरूको जीवन्ततामा चुनौती थपिएको छ । लेख्य परम्परा अभाव
एवम् न्यून वक्ताहरुमा सीमित रहेका केही मातृभाषाहरू निकट भविष्यमा नै लोप हुने
सम्भावना देखिएका छन् । भाषा लोप हुनु भनेको त्यस भाषामा अन्तर्निहीत चिन्तन गर्ने
तरिका र ज्ञानको भण्डारमा ह्रास आउनु हो । भाषा राष्ट्रिय सम्पत्ति एवम् जीवित
सम्पदा हो । दुई जना मात्र वक्ता भएको कुसुण्डा भाषा अबको केही वर्षमा लोप हुनेमा
कुनै शङ्का छैन । सबै मातृभाषाहरूलाई समान प्राथमिकतामा राखी लेखन तथा प्रकाशनको
अवसर प्रदान गरिनु पर्छ । कुसुण्डा भाषा विगतको गर्तमा हराउनु पूर्व छरिएर बसोबास
गरेका कुसुण्डाहरूलाई एकीकृत वासस्थानको व्यवस्थापन गर्ने हो भने मातृभाषाको
प्रयोग हुने र भाषा संरक्षणमा टेवा पुग्ने देखिन्छ । यस कार्यमा समयमा राज्यले
ध्यान पु¥याउन आवश्यक छ ।