Under construcion. Coming up
ठकुरीको हुन ? एकलाइमा ठकुरीको परिभाषा दिने कसरी होला ।
ठकुरीको भाषा के हो ?
ठकुरीहरू गण्डक क्षेत्र तिर धेरै जसो किन गुरूङ्ग वा मगर र सुदुर पश्चिम र अन्य क्षेत्रमा धेरैजसो वाहुन क्षेत्री जस्ता देखिन्छन ?
ठकुरीको जात के हो ?
नेपालमा को को हुन ठकुरी ?
राजपुत भनेको जात हो कि राजाको पुत्र भन्न खोजेको हो ?
नेपालका ठकुरीहरू नेपालका नै भुमिपुत्र वा आदिवासी जनताहुन की भारत देखि आएका भगाैडा वा ल्याइएका विदेशी धोति हरू हुन ?
कुसुण्डा ठकुरी हुन भने कसरी होइनन भने कसरी ?
राउटे ठकुरी हुन भने कसरी होइन भने कसरी ?
कुनै पनि जिवलाइ जनै लाइदिए पछि त्यो के हुन्छ ? वाहुन ? क्षेत्री वा ठकुरी ?
मगरलाइ र खसलाइ जनै लाइदिए पछि के हुदो रहेछ ?
नेपाल एकिकरण हुनु पुर्व करिव १८०० वि.स. पुर्वका २२ से र २४ राज्य लगायत साना तिना ५२ वटा जति विभिन्न राजाहरूको जातिय राज्य थियो । ति राज्यहरू भित्र विभिन्न कोट गढी, देवदवीका मन्दिरहरू र किल्लाहरू अहिले पनि छन । नेपाल र भारतमा मानवविकासको क्रम संगै ४ जात ३६ वर्णको जातिय विभाजनले धर्म, राष्ट्र र जनतालाइ समेटेर राखेको थियो । तर अहिले आएर नेपाली समाजमा ४ जात ३६ वर्णको व्याख्याले सबै नेपाली समुदायलाइ समेटन सकेको छैन । ठकुरी यहि ४ जात र ३६ वर्ण भित्र हराइरहेका छन । किनकी आःफ्नो छुट्टै ठकुरीको भाषा छैन ।
मुर्ख नं १
सबै जनजाति भन्दा ठकुरी उत्कृष्ट जातिभनेर लेख रचना र घमण्ड गरेर ठकुरी भनेको बिष्णु रे र अवतार रे भनेर व्याख्या गरेर नथाक्ने ठकुरीहरु १ नम्बर काे मूर्ख हुन । किनकी किरात , नेवार , मगर , गुरुङ राजा भएको सत्य इतिहास छ । उनीहरूले कहिले पनि बिष्णु भगवानको अभतार भनेको जस्तो लाग्दैन ।
मुर्ख न २
पूर्खाले जितेका र शासन गरेका थिए भनेर हामीले जितेका शाषकको कथासगं मात्र आफ्नो ईतिहास जोड्न खोज्छौ । गाँउमा वर्षभरी ढेडो र आँटो पिठो खाएर चामललाई दशैमा टिका र पाहुनालाई भनेर खान राखिन्थ्यो । पाहुना पाछोलाइ टक्राउने चामलको भातलाइ खस राणा सगं रगत मिसिएको दरवारले भात होइन भुजा भन्थ्यो र गरिवको घरमा चामलबाट भात पाक्थ्यो तर दरवारमा उहि चामलको भुजा पाक्थ्यो, भातको भुजा खाने दरवारको नजिक रहेका अम्लामा गन्न मिल्ने ठकुरीहरूलाइ पहिले पहिले पनि यस्तै आफु मगर जस्तो नाक लिएर राजपुत हुने रहरले गोत्र र डोरो लिन पणडित रोजे यहि कारणले गर्दा सधै समाजले मुर्ख ठकुरी भनिरह्यो तर ठकुरीहरूले मुर्खको अर्थ बलियो सम्झिए ।
मुर्ख नं ३
ठकुरीहरू बलिया पनि त थिए किनकी मगरहरूको आधारभुमिमा मगर राजाहरू विस्तारै ठकुरी बनेर जनै लाएर शाषकको चुरीफुरी देखाएका थिए, जनैको नाताले खसबाहुनको समर्थन पाइहाले भने भाइ मगरहरू आफ्नै दाइ ठकुरीको उन्नति प्रगतिमा जोडदार सँग दलबलसहित साथ र समर्थन गरिदिए यस पछि ,वाहुनलाइ सधै काठा र खसलाइ खसिया भनेर गाली गर्दै वाहुनकै खुट्टा ढोग्दै र वाहुनको गायत्री गोत्र घोक्दै ठकुरी बावुसाहेव र मैया साहेवहरू मुर्ख बनाइए ।
मुर्ख नं ४.
इतिहासको अधुरो रूचि राख्ने कर्ताहरू दरवारबाट राजा हटेपछि घरघरमा अझै माहाराज र माहारानी खोजीरहेका छन । आजभोली पनि दरवारिया बोली स्यो, वक्स्योसलाइ ठकुरीको भाषा भनेर र ठकुरीको पुरूष जवानलाइ माहाराज र स्त्रीलिङ्गी महिला भए माहारानी भन्नुपर्छ भनेर प्रशिक्षण नै गरिएका थिए । यो भन्दा मजाकको २१ साै शताव्दीको दुनियाँमा कसको होला र ? ठकुरीले दरवारिया भाव राख्ने वोली भन्यो भने उपयुक्त हुन्थ्यो होला सम्म भनाै तर छुट्टैभाषा भनेर के भन्न खोजेको हो ? मुर्खकाम गर्नु हुदैन । अव मगर भाषामा पानीलाइ दी भन्छ, अङ्ग्रेजीमा वाटर खस भाषामा पानी नै भयो अव ठकुरीभाषामा पानीलाइ पानीस्यो ? आकासलाइ आकास्यो ?
मुर्ख नं ५.
दरवारको माहाराज र माहारानी र राजा रानी गणतन्त्रले फालिएर गए पनि ठकुरी समुदायमा माहाराज र माहारानी पहिचान र धर्म संस्कृतिको गलत अभ्यासको विकास भएको छ । यो प्रकृया वास्तवमा राजतन्त्र र हिन्दुधर्म विरोधी कार्यक्लाप हो । किनकी राजाको जात भनेर गलत अभ्यास गर्दा अन्य जातिय समुदायले स्विकार गर्दैनन । आजको युग भनेको माहाराज र माहारानी भनेर सम्वोधन गर्ने समाज होइन । फेसबुकमा सबै माहाराज र माहारानीहरूको वाणी आइरहदा मुर्ख ठकुरीहरूको यो हद देखेर यो अर्को मुर्ख लेखकलाइ भने सर्म लागि रहेको थियो ।
६ हिन्दु धर्ममा सबैभन्दा मूल कुल पूजा विधि हो र मूल कुल हिन्दु सब्याटाको मेरुदण्ड हो । मगर र ठकुरी सँगै कुल पुजेर अलग अलग जातको वर्णन गर्छन् । एउटै कुल पुज्ने की ठकुरी मगर हुन की ती मगर ठकुरी हुन । ठकुरी सँग भाषा र सँस्कार छैन गोत्र र नक्कली वंश भने छ । ठकुरीको संस्कार हरायो मगर तिर खोज्न जान डा जगमान गुरुङले सुझाउनु भाको छ ।
७ ठकुरीहरू अलमल परेर खस आर्य भनेर बुर्लुक्क उफ्रन पनि सकेका छैन , राजपूत वंशावलीका कुरा इतिहासविद् विद्वान र सामाजिक अभियन्ता ले पत्याउँदैनन् । हिन्दु अभियन्ता अभिषेक जोशीको ठकुरीको अध्ययन र विश्लेषण धेरै नजिक छ तर हिन्दु भनेर बालुवाको घर बनाउने महाराज राजपूत ले उनको कुरा बुझ्दैनन ।
८ ठकुरी खस हो र होइन भन्छन् तर पुष्टी गर्न सक्दैनन् । राजपूत हो भन्छन् अनि आदिवासी पनि रे । मगर सित गण्डक एरियाको ठकुरीको संस्कार शारीरिक बनावटले एकाकार छन् तर मगरलाई अछुत ठान्छन् ।
जित्ने शाषकको इतिहास विद्यालय र विश्वविद्यालयमा जितेका वीर योद्दाको पाठ कथाको रूपमा पढ्यौ र घोकाए त्यहि कुरा, पृथ्विनारायण शाहले गोर्खामा भएको जातिहरू गुरूङ, मगर, खस र ठकुरीलाइ एकिकृत गरेर सल्यानकोट देविको र मनकामनाको शरण परेर मगर पल्टनको निर्माण गरेर, मगारातको राजा भनेर गोर्खाको विस्तार वा नेपाल एकिकरण गरे तर कथा पृथ्विनारायण शाहको गोरखनाथको अनुकम्पाको कहानी जोडियो ।
विगतमा जनजातिहरू सच्चिएर जान धेरै प्रयास गरे, मगारातको राजा पृथ्विनाराण शाह मगर जस्तै जात ठकुरी त बनेकै थिए तर देखि देखि यहि शाहखलक राजपुतक्षेत्री जस्तो ठुलो जात हुँदै भिन्न जात बनेर वाहुन पण्डित र खस क्षेत्रीको संगठनबाट राणाकालिन कोतपर्वबाट मगरहरू दरवारबाट बढारिए ( राजकुमार दिक्पाल, हिमाल खवर ) मगारातको विरासातबाट विभिन्न जनजाति मिलेर बनाएको शाह राजतन्त्र स्वफुर्त समाप्पत पार्न मगरहरूले नै महत्वपुर्ण भुमिका खेले । रूकुम रोल्पाको मगर गाउँमा उव्जेको आगोको झिल्को खसवाहुनहरू प्रचण्ड र वावुरामले जनजातिको समर्थनमा ज्वालमा परिणत गरिदिएपछि सबै राजनितिक दलहरू मिलेर राजतन्त्र समाप्त भएर गणतन्त्र आयो । गणतन्त्र प्राप्तिमा सबैभन्दा हाैसिएको जातिय समुहहरू मगर गुरूङ राइ लिम्वु नेवार जस्ता सबै जातिय समुह थिए ।
नेपाल र नेपालीहरूमा शिक्षा र वैदेशिक रोजगारको परिणाम स्वरूप चेतनाको विकास भयो । नेपालको हरेक परिवर्तन पछि जनजातिका अगुवाले आफ्ना पुराना रितिरिवाज के थियो हामी के थियौ भनेर जान्न चाहे र उनिहरूले पुरानो सस्कृतिको अनुसरण पनि गरे फलत संस्कृति, भाषा र भेषमा आमुल परिवर्तन ल्याए आज गण्डक क्षेत्रका ठकुरीहरूले वहाहरूवाट धेरैकुरा सिक्नै पर्छ । गण्डक क्षेत्रका ठकुरीहरूले जनै सहित कछाड लाउन शर्म लाए झै गर्छन र दाैराशुरूवाल लाउदा मन हासेको जस्तो गर्दैनन । हरेक ठकुरी समुदायमा जातिय पहिचान झल्कने पोषाक लगाउने भनेर धेरै छलफल भएको पाइयो उनिहरूमा तर एकरूपता पनि आएको छैन । स्कुल र वोर्डिङमा जस्तो भषभुषा खोजेका उतिहरूमा एतिहासकता भन्दा कसरी भिन्न बन्ने ध्याउन्न देखियो । केहि समय अघि सम्म अन्यभन्दा ठकुरी ठुलो जात भनियो तर अहिले अरू भन्दा भिन्न भनेर पहिचान खोज्ने रे । तर ठकुरीहरूले राजनिति र धर्मको गलत व्याख्याको कारणले कुनै कारण वस परम्परागत कुराहरू वाद्यताले छाडेका थिए तर सच्चिएर मगरातका ठकुरीले जनै सहित मगरकै पोषाक वा कुसुण्डा पोषाक लाउनु पर्नेमा झन झन गलत क्रियाकलाप गर्दै अघिबढिरहेका छन । राजपुत बन्ने र वनाउने घमण्डको परिणामले पुर्ख्याैली मगर हुदा सानो जात हुने घमण्डले गर्दा यस क्षेत्रका ठकुरीहरूको इतिहास माटोमा परिणत हुदै छ र शाहवंशिय इतिहास खस आर्यको पोल्टामा पारिदिएर ठकुरीहरूले अव आउने दिनहरूमा मगरहरू सगै शत्रुताको जातिय द्वन्द शुरू गर्दैछन । गण्डक क्षेत्रका ठकुरीहरू यदि मगर होइन भने डा जगमान गुरूङ, डा सुरेन्द्र केसी , केशर वहादुर विश्ट, वावुराम भट्टराइ देखि सबै किसिमका इतिहासविद र विद्वानलाइ सोधेर उत्तर खोज्न सम्वन्धित पक्षलाइ चुनाैति नै भयो । मन सफा राखेर अझै पनि सोधाै न इतिहासकार विद्वानहरूलाइ त्यस्तै गाँउघरतिरको जनश्रुतिलाइ ध्यान दिएर धाराणा बसालाै । फक्कैमा बल गरेर राजपुत भनिदिअोस भनेर जगमान गुरूङलाइ बोलाएर ठकुरी समाजले आयोजना गरेको कार्यक्रममा २२ से र २४ राज्यका शक्तिशालीहरू मगर र गुरूङ्ग मुखिया राजा नै पछि ठकुरीमा अपग्रेढ भएको यथार्थ खोलिदिनु भएको उक्त कार्यक्रमको भिडियो सार्वजनिक भएन तर जगमान गुरूङले यथार्थमा यस क्षेत्रको ठकुरीको इतिहास भनिदिनु भयो तर ठकुरीहरूले आजको इ. स. २०२१ सालमा पनि मुर्खता प्रश्तुत गरे र सानोजात भइने भयो भनेर लुकाए । गण्डक क्षेत्रका ठकुरीले पनि हाम्रो पुरानो आदिवासी अवस्था के थियो खोज्ने होईन सोध्ने प्रयत्न पनि गरेका छैनन सुदुरका ठकुरीहरू कसरी पृथ्विनारायण शाह आफ्नो जात र नश्लको भनेर इतिहास जोड्न र चर्चा गर्न कसरत छन ।
राजामाहाराजा कुन समाजबाट बनेका थिए राजा रजाैटा भन्दा एक स्टेप अघिको गाँउले बाजे बजैको अर्को पाटो कहिलै फर्केर हेर्न चाहनन्न । राजा ठकुरी हुन र ठकुरीले देश बनाए भनेर १२ हात उफ्रन खोज्छन । २२/२४ र त्यतिवेलाको विभिन्न भुरे देखि गोर्खा राज्यको राजालाई देवता नै मान्थे । डा़ दिनेशराज पन्तको गोर्खा राज्यको ईतिहास पुस्तक अनुसार शाहराजाहरूलाई भगवान जसरी नै वर्णन गरेर पुजिएको छ । यहि देवत्व्को लोभमा राजाहरूले आफ्नो मगर वा कुसुण्डा मातृभाषा र मगर भेष त्यागिदिए । हिन्दु धार्मिक संस्कार भएको समाजमा कुलपुजा भने अहिले सम्म मगर सगै गर्दै आउनेहरू छन झन गर्व गर्नु पर्नेमा सानो जातको सित किन कुल पुजा भयो भनेर संकोच माने झै मुर्ख व्यवहार गर्छन । इतिहासमा लोकपृय राजा राम शाहले पनि विष्णुभगवानको अवतारको लालचमा आफ्नो थर गोत्र भारत तिर जोड्ने असफल प्रयास गरे तर सकेनन र अर्को वाहुन पण्डित इन्द्र विलासले राजाको मन र तनलाइ खेर जान दिएनन उनले नक्कली वंशावली तयार पारेर राजालाई खुसि तुल्याई दिए त्यही नक्कली खेस्रा नेपालको अब्बल इतिहास भनेर ब्यापक प्रचार भयो, अहिलेका कथित विद्वान समेत त्यहि वंशावली हातम लिएर हिड्रछन । इतिहासविदहरू डा बावुराम आचार्य, कमल प्रकाश मल्ल, राजाराम सुवेदी, डिल्लीरमण रेग्मी, नयन राजा पन्त, दिनेशराज पन्त महेशराज पन्तहरूले शाह वंशको इतिहास जयन खान देखि माथि अन्धकार छ भनेर निचोढ निकाले र वहाँहरूले त्यहाँ भन्दा माथिको वंश अध्ययन गर्न आवश्यक स्रोत नभएर छाडिदिए तर वहाँहरूले पनि शाह वंशलाइ मगर गाउँबाट आएका मगर राजा भएको घुमाउरो छम्द भाषा प्रयोग गरेर अधिकास पाठकहरूलाइ हिन्दुपति राजा र खसबाहुनको मान्यता स्थापित हुने गरि इतिहास लेखिदिए । सबै भन्दा वेइमानी इतिहासविद हरूको शाह वंशलाइ हेर्ने दृष्टिकोण यथार्थ मगर जाति भएको तर निष्कर्ष खसवाहुन निस्कने गरि इतिहास बनाइदिए । डा वावुराम आचार्यले गोर्खा वारपाकका गुरूङ्गहरू शाहराजाहरूलाइ मगर राजा भन्थे भनेर लेख्छन भने त्यहि पुस्तकमा उनले विस्तारै खसवाहुन दलितको वस्ति विकास हुदै गएकाले क्षेत्री द्रव्य शाहलाइ लिगलिगकोट र गोर्खा आक्रमण गर्न सहज भयो पनि लेख्छन । ठकुरीहरूलाइ मुर्ख जाति वनाउन इतिहासविदहरूको गलत टिप्पणी पनि मुख्य भुमिका देखिन्छ । यहि सन्दर्भमा दिनेश राज पन्तले आफुले ५ र ६ पुस्ता भन्दा भन्न नसकिने तर राणाकालिन राजेन्द्र विक्रम शाहको पालमा बनेको शाहवंशावली र त्यहि शाहहरूको नक्कल गरेको सेन वंशावली कसरी दर्जनाै पुस्ताको श्रेणिकरण गरे भनेर प्रतिप्रश्न गर्नु भएको थियो ।
जात धर्म गोत्र खोज्न भारत तिर जानु दक्षिण एशियामा जातीय प्रथाले प्रभाव पारिसकेको त्यतिबेलाको संकेत हो त्यसैले पृथ्वी नारायण शाहले गोत्र फेर्न र बर्तवंध बनारस गएर गर्नुको रहस्य पनि आफु बढी असली र धार्मिक हिन्दु बन्न गएको कुरा सजिलै व्यक्त गर्न सकिन्छ ।त्यसैले पछिल्लो समयमा शाह र सेन राजाको केहि न्युन उत्तराधिकारीहरु हाै भनेर दावी गर्नेहरूले पनि नजानिँदो तरिकाले आफ्नो वंशलाई भारत तिर तेर्साउनु र भारत तिर लगेर आफ्नो वंश जोडिदा गौरवान्वित भएर चुपलागेर बस्ने गर्नु एउटा संयोगमात्र होइन नेपालको राजतन्त्र जातिजातिको संवन्धले होइन र हिन्दु धर्मले मात्र बचाउछ भन्ने गलत मान्यता स्थापित भएको उदाहरण पनि हो । नेपालमा धर्म सहितको जातजातिको संवन्ध राजदरवारले अभ्यास गरेन जसको फलस्वरूप दरवार हत्याकाण्ड देखि गणतन्त्र पनि यसको मुख्य कारक बन्यो ।धर्मको मात्र आधार लिएर शाहराजाहरूले भारतीय राजपुतसंग जात मिलाएर झन् ठुलो बन्ने रहरले खस कुवर सग पहिले जवरजस्ती र पछि राजीखुसी तथा भारतिया राजपुत सग शुरक्षा र उच्च जात हुन वैवाहिक सम्बन्ध गास्नुको मूलकारण पनि यहीं हो ।
समयक्रम संगै पुर्खाले कमाइदिएको पदवी राजा ठकुरी र 'वाबुसाहेव' सुनेको कानले उहि समुदायका राज्य शक्तिमा नआएका कुसुण्डा र राउटे सुन्न / देख्न/ वुझ्न नचाहने भएको २/४ वर्ष होईन ३ /४ पुस्ता नै भयो । हो ईतिहास जितेकाले लेख्छ तर विभिन्न काल खण्डमा विविध कारणले राष्ट्रको मुलधारमा आउन नसकेका वा गाउमा नै छोडिएका सिमान्तकृत राउटे कुसुण्डाहरूलाई न शाह वशं शक्तिमा हुदाँ राष्ट्रले खोज्यो न हामीले हिजो खोज्यौ ? न आज चासो राखेको छौ। गिटठा भ्याकुर कन्दमुल र जगली जनावर मारेर खाएर लामो समय जगलमा विताएका उनीहरुले वनलाई आफ्नो संस्कृति सम्झिन बाद्य भए । जात प्रथाले टुक्रिएको मगरातका मगरहरू पनि भाषा र संस्कृति बोकेर मगर जातिमा मात्र सिमित भए । मगरबाट उछिटिएर गएका ठकुरीहरू भने राजा ठकुरी, कुसुण्डा र राउटेमा विभक्त भए । २२/ २४ से राज्यकाल क्रममा त्यस भन्दा अगाडी र पछाडी पनि त्यहि क्षेत्रमा हारेर वसेका कुसुण्डा र राउटे ठकुरीहरु जस्ता अन्य ठकुरीहरू पनि को कहा पुगे यसको लिखित ईतिहास छैन । राष्ट्र एकिकरणको अभियानमा धेरै ठकुरी लागे होलान तर सबै उतै लागे भन्नु मुर्ख सिवाय केहि होइन । यथार्थ ईतिहास हरायो कि विलायो हामीले नै भन्न र उल्लेखगर्न जानेको पनि छैनौ । जगलमा पृथक जीवन शैली अपनाएर वसेका राउटे कुसुण्डाहरू आज सम्म पनि छाती ठोकेर घमण्डकासाथ ठकुरी भन्छन । वनकाराजा पनि भएको दावी गर्ने सुद्द पहिचान बोकेका जातिलाई हामीले कहिल्यै पनि खोजेका छैनौ, र सोधेका पनि छैनौ । समाजको परिवर्तनसगँँ उतिबेला विमति राखेका र विभिन्न परिश्थितिले समाजको मुलधारमा फर्कन नसकेका यी आदिवासीको को हुन ? हामीले खोज्ने आटँ गरेका छैनौ । यन जी ओ र आई यन जी ओ को मागिखाने र देखाउने स्रोत वनेका उनिहरूको आर्थिक अवस्था र कमजोरी पन आफैले व्याख्खा गर्न पनि सक्दैनन । जो सुुकैले सोध्दा र अन्तर्वार्तामा पनि ठकुरी हौ भन्न नछुटाउने उनिहरू मामाको छोरी विहे गर्ने, भैसीको मासु नखाने विहे पछि वरले पहिलो ससुराली जादा खसीको दाहिने साप्रा वोकेर नव दुलहा दुलही जाने राउटे र कुसुंण्डा, ठकुरी र हामी सहरिया ठकुरीको एउटै चलन रहेको छ । शाही सेन सिङ हमाल चन्द थर वताउने रासकोटी र कल्याल २ किसिमको ठकुरी भनेेर पहिचान दिने उनिहरू र हामी ठकुरीमा धेरै समानता रहेछ । अनि मुर्ख ठकुरी बनेर वावुसाहेव भइरहेका ठकुरीहरू कुसुण्डा र राउटे जस्तै बन्दै छन भनेर गाँउमा गएर सर्वेक्षण गरिदिए उत्तर सजिलै आइहाल्छ । नहुने कुरा लेख्यो यसले भनेर दार्हा किटेर आफ्नै दाँत नखिया कै वेश ।
ठकुरीलाई कुसुण्डा जस्ता उपमा थपेर बोलाईने वास्तविकता जति छ यसको यथार्थता झन् गहिरो र महत्वपूर्ण छ । हामी झर्रा ठकुरी भनेर अधुरो र मुर्ख ठकुरी भनेर कस्तो किसिमको ब्याख्या गर्छौ, वास्तवमा ठकुरीहरुलाई नै थाह छैन ।
नेपाली समाजको वनावटको मुख्य विशेषता मिश्रित किसिमको जातीय संरचना हो । त्यही समाजमा ठकुरीले कुसुण्डाको परिचय पाईरहेको हामी सवै ठकुरीहरूलाई राम्रै हेक्का हुनुपर्छ तर कसैले वावुसाप र मैयाँसापको नातालगाएर स्वार्थ लुटेको थाह नपाउने ठकुरीको सामाजिक र आर्थिक अवस्था निकै कमजोर छ । यसो हुनु ठकुरीहरूको सगठन वलियो वनाउने आधारभुत विषय नै कमजोर वनाईएकोले हो । कतै हामी फेरी सहरिया राउटे कुसुण्डा हुन त गैरहेको छैनौ ? यो प्रश्न ठकुरीगाउँमा गएर सोधे हुन्छ नभए उनीहरुको सामाजिक, पारिवारिक र व्यक्तिगत अवस्थाले संकेत गरिराखेको हुन्छ । गण्डक क्षेत्रका ठकुरीहरूको
मामाको छोरी विवाह, छेवंर जस्ता सामाजिक मूल्य मान्यता र संस्कृतिको साझा पृष्ठभुमी रहेको, कुलपुजा मगर सगै गर्ने मुलत: प्राकृत र हिन्दु धर्ममा विस्वास गर्ने मगोल र मतवाली मगर कुल वंशकाधनि, स्थानिय देवीदेवता पुज्ने, मारूनी, वालन, र झ्याउरे लोक सस्कृतिसगं नजिक रहने ठकुरीहरूको संस्कार संस्कृति लोप भएको यस क्षेत्रका ठकुरीहरूले कहन सक्दैनन तर महसुस भने हामीले अझै गर्न सक्छाै । सधैँ आफु र आफ्नो जात धर्म भन्दा राष्ट्रको सेवामा ईमानदार सिपाही, कृषक र नोकर तथा भरिया भएर राष्ट्र हितमा समर्पित भएका नेपालको मुख्य जात वा जाती ठकुरी बनाएको यो जातिको संस्कार संस्कृति को हो किन मगर र खस तिर ठकुरी जोडियो भनेर चिन्ता गर्ने अवस्था कित सृजना भयो ।
ठकुरी जात जस्तो बनिसके पछि पनि आपसमा भेट हुदा दर्शन र मुमा वुवा आजी दाजी क्षेमा, मामाजी माइजु भनिच, जिजुवुवा, जिजुमुमा जस्ता आदरार्थी साइनोहरू हाम्रो पृथक निधी हो र हामीले यसरी नै आफ्नो पहिचान खोज्नु पर्छ तर हाम्रो सम्पदाहरू दैनिक प्रयोगको अभावले र अझ ठकुरीहरू खस क्षेत्री बन्दै गएकोले ठकुरी पहिचान पनि मासिदै गएको संकेत मै यस्ता शव्दहरु दूर्लव भैसकेकोले संकेत गर्छ । हाम्रा कर्णधारलाई इतिहास के थियो भनेर यी कुरा हामीले सिकाउनु पर्छ । (नोट :- कर्णाली पर्देश र सुदुर पश्चिमको ठकुरी खस हुन होईनन यहा यसको उत्तर छैन र मैले पनि भर्परदो प्रमाण पाएको छैन । यस छेत्रको ठकुरीलाई मतावली खसको विकसितरूप पनि भन्छन) तर त्यस भन्दा पुर्वका ठकुरी मगोल वर्णका थिए र छन । त्यसैले तत्कालिन नुवाकोटे ( हाल स्याङ्जामा पर्ने ) शाह वशं ठकुरीलाई वैश्य भनेको हो । ठकुरीहरूको शारिरीक संरचना, ईमान्दारिता वोली लगाई र खुवाई गुरुङ र मगर जस्ता छन भन्ने एडेन भान्सिटार्टले आफुले देखेको र त्यही अनुभव लेखेको उनको पुस्तकमा वर्णन गरेका छन । डोरवहादुर विष्टले पनि ठकुरी मङ्गोल हुन, देखेर पनि नदेखे झै गर्ने नेपाली समाजलाई उनले वाहुनवादको सिकार भएको जिकिर गरेका छन ।
पृथ्वी नारायण शाहको जिजुमुमा, मुमा र वहाको श्री मतिको ईतिहास हेर्दा र वहाँले मगारातको राजा मै हुँ भनेर भनेका र अरू अनेकौ ईतिहासमा अकाट्य प्रमाण दिएर मगरहरूले र ईतिहासकारहरूले पनि शाहवश मगर हुन भनेको धरै प्रमाणहरू छन । यो यथार्थ भित्र हामी ठकुरी भन्छौ तर हामीले उहाले दिएको यो शव्द र यथार्थको परिभाषावारे कतै प्रतिक्रिया दिन सकेका छैनौ विशाल नेपालको एकीकरण गरिसके पछी उनले जातीय पहिचान नहुने भए र पृथक जाति भएको भए फेरी सानो राज्य मगारातको वा मगर राजा मै हुँ भनेर किन भनेका होलान भनेर प्रश्न मनमा उव्जीरहन्छ । त्यतिवेला जनै धारी ठुलो जातको ठकुरी र शुद्र भनिएका मगरबिच कसरी वैवाहिक समवन्ध चल्दथ्यो एकपटक नसोच्ने ? ठुलोजातको राजाले सानो जातको लाइ किन विहे गरे ? अहिलेका केहि हुने खाने ठकुरी कोहि कमिजको टाँक राम्रोसंग लाउन जान्ने ठकुरी भए राणा जी खोज्छन भने मगरका छोराछोरी विहे गर्न अभिभावहरू राजी हुन्छन कि नै ? यो परिवर्तन स्वभाविक पनि हो तर मगर तिर प्रतिवन्ध गरेर खस तिर लगेर सोलीडोलीले गण्डकको ठकुरीको सालैज्यु र मारूनी मनकामना कुल र मुलहरू सकियो चेतना भया ।
गाउँले भनाइअनुसार ठकुरी र मगर दाजुभाई हुन दाजुहरु ठालुभए राज्यका राजा ठकुरी भए भाइहरु देवी देवताका पुजारी मगर भए । शाह वशंको आदि पुर्खा खान्चा खान र मिन्चा खानको सत्य खोज्न ईतिहासको पाना पल्टाउन पर्ला तर ज्ञातव्य रहोस खान्चा मिचा मगर भाषावाट सवोधन भएका नाम हुन । मनकामना, छाव्दीबरा र आलम देबी आदिको पूजारीहरु मगर हुन । मनकामना माइ राम शाहकी रानी र सल्यानकोट देवी रामशाहकी आमा हुन । रामशाहकी रानी र आमालाइ मगर छुट्टैजात भए किन पुजा गर्न परेको ? ।
अहिलेका नयाँ नेताले फेरी पृथ्वीनारायण शाहलाई समेत खस भित्र राखेर संविधानमा नै खस - आर्यको अर्को छलांग मारिसके यो वास्तविकता भित्र हामीले कान टालेर बसेका छौं । यो कँहा कसरी फरक भयो हामीले सोच्न पर्छ, भन्नु पर्छ र लेख्नु पर्छ, इतिहास बुझ्नु पर्छ तर यहाँ कुनै विषय दोहोरो अर्थ लाग्न जान हुन्न । नेपालको सविधानले ठकुरीलाई खसमा लगेर मिलाएको छ । यदि ठकुरीहरू सवै खसमा अटाउने भए पृथ्वीनारायण शाहले खस, गुरुङ, मगर र ठकुरी भनेर जात किटेर नै उपदेश दिएको विषयमा आँखा चिम्लिन हुन्न । तर गण्डक प्रदेशका ठकुरी र मगर एउटै जाति थिए वा समान नश्ल - मोहोडा र वशं पृष्ठभूमि रहेको भनेर झन्डै २४० वर्ष अघि काली गण्डकीको रिडी क्षेत्रमा तत्कालिन स्थलगत अध्ययन गरेका र अन एकाउण्ट किङडम अफ नेपाल भन्ने पुस्तक लेखेका फ्रान्सिस बुकानन ह्यामिल्टनले खुलेर वर्णन गरेका छन । त्यस्तै एडेन भान्सीटार्टले नोट्स अफ नेपाल भन्ने पुस्तकमा पनि ठकुरीहरुको जात र थरहरु समेतको स्पष्ट ब्याख्या गरेका छन् । यस विषयमा उनिहरु लगायत धेरै इतिहासकारहरु देश तथा विदेशका डोरवहादुर विष्ट, डा़ सुर्यमणी अधिकारी, वी॰के॰ राना र यम॰ यस॰ थापामगर लगाएत दर्जनौ समाजसास्त्री र ईतिहासकारको समान राय छ । ऋषिकेश शाहले पनि ठकुरी र मगर के हुन परिभाषा दिएनन तर आफ्नो थेप्चो नाँक हेर भनेर जातिवादीलाइ चुनौति दिन्थे र जैन खान नै शाह वंशको आदि पुरुष हो भनेर प्रमाण पेश गरेका छन ।
नेपालको नयाँ सविधानमा खस आर्य भित्र सवै ठकुरीलाई पारिएको छ जुन माथि पनि भनि सकियो यो कुरा धेरै ठकुरीलाई मन परेको छैन तर हामीले सिरक भित्र मुड्की ताक्नुको कुनै अर्थ छैन जव सामुहिक रुपले संगठित भएर आफ्नो आवाज बुलन्द पारिदैन । आज ठकुरी समाजले वा प्रत्येक ठकुरीले आफ्नो जातिय धरातलको विषयलाई गम्भीर रूपमा ध्यान दिनुपर्ने बेला आएको छ । हामीले कोठामा वसेर तर्क दिएर होईन संगठन गरेर आफ्नो कुरा राखौ भन्ने अनुरोध मात्र हो ।
नेपालको नयाँ सविधानमा खस आर्य भित्र सवै ठकुरीलाई पारिएको छ जुन माथि पनि भनि सकियो यो कुरा धेरै ठकुरीलाई मन परेको छैन तर हामीले सिरक भित्र मुड्की ताक्नुको कुनै अर्थ छैन जव सामुहिक रुपले संगठित भएर आफ्नो आवाज बुलन्द पारिदैन । आज ठकुरी समाजले वा प्रत्येक ठकुरीले आफ्नो जातिय धरातलको विषयलाई गम्भीर रूपमा ध्यान दिनुपर्ने बेला आएको छ । हामीले कोठामा वसेर तर्क दिएर होईन संगठन गरेर आफ्नो कुरा राखौ भन्ने अनुरोध मात्र हो ।
नेपाको इतिहासमा पृथ्वी नारायाण शाहले काठमाण्डौ उपत्यका भित्रको सामाजिक संरचना हेर्दा मल्ल राजाहरु हिन्दु धर्म संग गहिरो सम्बन्ध भएको र राज्यको पनि धर्म हुने वाहुन पण्डितको विचार पाएका उनले हौसिएर हिन्दु धर्मको लागि असली हिन्दुस्तान आफ्नो आर्ज्याको मुलुक हो भनेर इस्ट इन्डियालाई कुटनैतिक भाषाको प्रयोग गरेका हुन । एउटा विचारणीय कुरा के छ भने राजा राम शाहले आफ्नो सन्तान प्राप्तिको लागि र राजा नरभूपाल शाह ले पनि आफ्नो सन्तान प्राप्तिको निम्ति लामाहरु भुटान देखि झिकाएर बौद्ध धर्म सम्बन्धि तान्त्रिक विधि अपनाएर गुम्बाको स्थापाना गरेर गुठी निर्माण गरेका थिए , लामा बुद्धको शरणमा गए पछी राजा नरभूपाल शाहबाट पृथ्वी नारायण शाह जन्मेको भन्ने कुरा हामीले कदापि विर्सनु हुन्न ।
नेपालको गण्डक र कर्णाली क्षेत्र नै ठकुरीको मुख्य उत्पति क्षेत्र हो यहीं क्षेत्रवाट पूर्व तर्फ विविधकारणले वसाई सर्ने क्रममा जति पूर्वीय भए उति नै धर्म र संस्कारमा पनि हिन्दु संस्कारको सुद्द्ता ग्रहण गर्दै अगाडी बढेको इतिहास पाइन्छ । पृथ्वी नारायण शाह उनको वनारसी ब्रतवन्ध र गोत्र ग्रहण वा परिवर्तन कम रहस्यमय छैन किनकी पृथ्वीनारायण शाह भन्दा अगाडी कुनै पनि शाहवंशको वर्तवन्धको कुनै ईतिहास छैन । तर शाहवंश नै राम शाह पछि शुद्द पुर्विय र हिन्दुकृत भएकोले यसो भएको हो । अहिलेको सविधानले ठकुरीलाई चिन्दैन । जातिवादिहरु खस भित्र ठकुरी छ भनेका छन् । ब्याख्या कर्ताहरू ठकुरीलाई आर्य खस बनाएकोमा महाभारतको युद्द जितेको भन्दा बढी हौसिएका छन् त्यसैले हाम्रो दुःख यहीं छ । नेपालको कर्णाली प्रदेशका मल्लराजाहरूलाई खसादेशा माहाराजा भनिएको धेरै प्रमाणहरु छन् तर उनिहरूले कहिलै आफुलाई खस जातीका होईनन भनेको कुरा वुझ्नु जरूरी हुन्छ । केहि इतिहासकारहरूले यही कुरा पुष्टि दिदै लेखेका छन । नयाँ जातीवादी समाजशास्त्री डा़ रमेश ढुङ्गेल र सविधानविध विपिन अधिकारीले पृथ्वीनारायण शाहलाई नै खस भनेका छन उनिहरूले यसो भन्नुको प्रमाण र कारण केहि छैन । ठकुरीले आफ्नो कर्मठ वहादुरी देखाएको इतिहास मात्र छ वाहुन ले झैँ संस्कृत घोकेको इतिहास छैन र अहिलेका हाम्रा सन्ततिले टुपी पालेर संस्कृत घोक्छ भन्नु पटमुर्ख हुन्छ र संस्कृत होइन विज्ञान र ईतिहास पढ्नु पर्छ भनेर हौसला दिनु पर्छ तर संस्कृत घोकेका वाहुन र सहरीया सग सोझा खुँडा र खुकुरी चलाउने ठकुरीले प्रतिष्पर्धा गर्दा परिणाम कस्तो निस्कन्छ अहिले नै अनुमान गर्न सकिन्छ। कुनै ठकुरीले सरकारी कर्मचारी हुन वाहुन र खस छेत्रीसग प्रतिश्पर्धा गर्नै पर्छ । यिनै वर्गले ठकुरीको आदिवासीपाटो समाउन मरिहत्ते गरेका छन र जनजाति भन्नेहरूले देश छेत्रीवाहुनले सके भन्छन ।
यस्तो सम्म देखियो कि कुनै कुनैले हामीबीच नै खस र क्षेत्री दुवै हौ भनेर फुलेर हिड्न थालेका र खस क्षेत्रीको संगठनमा गएर सदस्य र सचिव बनेर सुनिन खोजेको पनि हामिले देखेको हो फेसबुक र सामाजिक संजालमा नाम थर र फोटो झुन्डाउने वर्ग यति सक्रिय छन कि जो ठकुरीको फोटो लगेर खस हुन भनेर वेइमान गरिएको छ | ठकुरीले मागेर कहिले पेट पालेको इतिहास छैन तर प्रतिष्पर्धी खुँडा र खुकुरी चलाएर हुने भए कसैले सापट खोज्नु पर्दैन थ्यो तर जुग परिवर्तन भै सक्यो । अव पनि हामीले वाहुनको खुट्टा तानेर ढोगेर आफ्नो भाग्य र धर्म वाहुनको पैतालामा खोजेर शहरिया हुदाको मुर्ख ठकुरी कति भै रहनु वेलामा नै सोचविचार गरि हाल्ने की ? यो बारेमा सयौं चोटी आजै सोचौ।
ठकुरीला पुर्वाग्राही राख्ने केहि कथित लेखक, नागरिक अगुवा, इतिहासकार, केही नेताहरू र अहिलेको सामाजिक सन्जालको दुरुपयोग गर्नेले भारत देखि खेदिएका कहिले क्षेत्री त कहिले आर्य खस भनेर भुक्ने, तानतुन गरेर गुगल र फेसबुक भर्ने र कुतर्क गर्ने कतै लगेर कुनै जातसंग मिसाउने र कतै लगेर छुट्टाउने घृणित काममा जाने बुझेकै वर्ग नै लागि परेको छ ।
त्यसैले ऋषिकेश शाहले शाहवंशको पुर्खा जैन खान भन्दा अगाडी भारतीय राजपुतसग जोड्नुु र विभिन्न दन्त्य कथा हालेर जातको हाउगुजी फैलाउने जातिवादीलाई विभिन्न प्रमाण सहित ठाडो चुनौती दिनु भएको यथार्थ हरेक ठकुरीहरुले हेक्का राख्नै पर्छ । ह्यामिल्टनले पनि उनको An Account of Kingdom
of Nepal पुस्तकमा झन स्पष्ट तरिकाले शाहवंशको र मगरहरूको समानताको प्रमाण सहित पेस गरेका छन, जुन माथि उल्लेख गरिसकिएको छ । नोट अफ नेपाल भन्ने पुस्तकमा एडेन भांसीटार्टले ठकुरीलाई ठकुर ( Thakur )को नाममा छुट्टै शिर्षकमा व्याख्या गरेर ठकुरीको थरहरु सहित व्याख्या गरेका छन | उनले नै हो खस र ठकुरी फरक जाति वा भिन्न भिन्नै जाति हुन् भनेर ब्याख्या गर्ने लेखक । अहिलेको परिप्रेक्षमा सत्य तथ्य तीर खोजिनिती नगरी चुपलागेर वस्ने गरेमा हामी आफैलाई नै विश्वासघात गरेको ठहर्छ यहि स्थिति रहे भविश्यमा कुनै दिन ठकुरीहरू कितावको पानामा सिमित हुनेछौ । पृथ्वीनारायण शाह पछिका राजाहरूले लोभलालच र अपरिपक्क कौशल देखाए | सत्ता टिकाउन विभिन्न धार्मिक पात्रका पक्षमा उभ्याए जस्तै राम सीता भृकुटी, कृष्ण, लगाएत स्वस्थानीका र गीताका पात्रसग कपोलकल्पित सवन्ध देखे । त्यसपछि राजपरिवार लोभीपापीहरुको वरिपरी घुम्ने स्वार्थी व्यक्तिहरुको चंगुलमा फस्दै गएको हो त्यतिबेला हामी गाउ गाउमा रहेका ठकुरीहरू समेत उपेक्षित भएको तितो यथार्थ कसैबाट पनि चुकेको छैन । सामान्ती र शोषकको पगरी थोपरी दिएका त्यहि गाउँका र कर्णालीमा सिटामोल पनि किनेर खान नसक्ने वर्गको पक्षमा बोल्ने कोहि पनि छैन l विगतमा राज्य चलाउदा विभिन्न जोखिम मोलेर तरबार र खुँडा खुकुरीको धारमा ज्यान राखेर ठकुरीहरुले राज्य बचाए । वहादुरी देखाए राज्यका ईमान्दार शाशक पनि भए तर जव वाहुनहरू आफै नेता वनेर राजनिति सुरू गरे जातिवादी छुल्याहा, कुटनीतिको युग आयो राज्यसत्ता उनीहरुको कब्जामा भएको यथार्थता घाम जस्तै छर्लंग छ । समयको परिवर्तनलाई राजपरिवारले पनि ख्याल गरेन उता राज्य सञ्चालन गर्ने क्रममा कहिले शक्तिको आडम्वर, कहिले सत्ताको मात, विविध अनमेल, जोखिम, उदण्ड र पारिवारिक किचलोमा फसेको कमजोर राजपरिवार र वहुला राजा रण वहादुर शाहले विधवा वाहुनी विहे गरे पश्चात सवै राज परिवारमा वाहुन मिसिएकोले विक्रम धारी राजाको श़ुरूवाती नै भयो । राष्ट्रलाई आन्तरिक र वाह्य हमलावाट वचाउन राजपरिवारले विभिन्न रूपमा खेलेको सकारात्मक भूमिकाको प्रसंग छुट्टै मुल्यांकन छ तर आफ्नो जात, धर्म र आदिवासी अवस्था विर्सेको राजपरिवार अहिले भूपू राजपरिवार भएर थन्किएको छ । सस्कृति हराए जात हराउछ भन्ने भनाईको चरितार्थ भएको छ । अझै पनि राजपरिवारको कुनै एक सदस्यलाई पनि होइन राजपरिवारको चिन्तकलाई समेत आफ्नो पुरानो संरचनाको चिन्ता छैन l चिन्ता यहाँ राजपरिवारको होईन ठकुरीको जातिय सस्कृतिक पहिचान के थियो र त्यो लोपहुदा जात नै धरापमा पर्छकी भन्ने हो । कुनै बेला युग नै ठकुरी युगको नाम रहेको इतिहास आज आएर सानो कोठा र फेसबुकमा सिमित भएको छ । राजपरिवारले जे गरे भुरे टाकुरे छोटे राजाले पनि उनैको सिको गर्दै अघि वढ्दा ठकुरीहरूको सामाजिक रहन सहनमा र धर्ममा समेत आमुल परिवतर्न आएकोले कुसुण्डा र राउटे जस्ता पूर्वजका एकल जाती ठकुरीहरू नै समाज देखि अलग हुदै पृथक भएका हुन । समाजवाट अलग भएपछी उनीहरु र हामीमा अहिलेको बिषम परिस्थिति सृजना भएको कुरा हामीले वुझ्नै पर्छ । ठकुरीहरुले गोर्खाको मनकामना र गोर्खाकालिका, तनहुको छाव्दीवरा, स्याङ्जाको आलमदेवीको मन्दिर र यसको ईतिहास त्यस्तै जुम्ला हुम्लाको मल्लकालिन कर्णालीको ईतिहास भुल्न खोज्दा र नसम्झिदा हाम्रो आदिवासी पृष्ठभुमी धरापमा परेको हो ।
नेपालको राजपरिवारले बोल्ने भनिएको भाषाहरू बक्स्योस र भुजा ज्यूनार त सबैजातका शहरियाले बोल्ने गरेको दशकौ भयो अव शहरका सबैले बोल्ने भाषामा र हामीले बोल्ने भाषामा केहि भिन्नता भएन । भाषामा आफ्नो ठकुरी जात खोज्यौ भने हामीले भेट्टाउन सक्ने अवस्था छैन हाम्रो पृथक पहिचान भुल्यौ झन् झन-दौरा सुरूवाललाई पोषाक बनायौ र लगायौ तर हामी प्रगतिशील भयौं कि पछाडी तिर धकेलियौ त्यो थाह छैन तर पृथ्वी नारायण शाहको अहिलेको फोटो र स्ट्याचु महेन्द्र राजालाई खुसी तुल्याउन बनाउनेले बनाउदा यथार्थ कहा छ र यो तर्क यथार्थ हो वा होईन हामीलाई थाह छैन । तर वनारसको विस्व हिन्दु विद्यालयमा उनको खाट्टी तस्वीर छ भनेको सुनिएको हो तर यसको यथार्थ हामीमा खोज्ने आट नआउदा हाम्रो जातिय सरचना पनि खुम्चेको छ । त्यसैले पृथ्वी नारायण शाहको पोषाक दौरा सुरुवाल होइन भन्ने कुरामा सबै विश्वस्त छन, त्यसैले हामीले ईतिहास विर्सिएको पक्का हो ।
ठकुरीलाई ज्ञात रहोस, कुसुण्डा भनिन्थ्यो | अझै पनि बुझेर र नवुझिकन कुसुण्डा नै भनिन्छ, अहिलेका कुसुण्डा र राउटे जातीहरुले सधैँ आफुलाई निर्दोष र सत्य घमण्डका साथ ठकुरी हौँ भन्छन । उनीहरु र अहिलेका हामी ठकुरी कुनैबेला एकै जाति थियौं वा हाम्रो आदिवासी अवस्था त्यहीं देखि विकसित भएको कुरा वुझ्नु जरुरी हुन्छ |गाउघरको रितिस्थिति र चालचलन पनि एउटा जिउदो ईतिहास हो । समाजमा हुने भनाइ र समाजको वनावटले ऐतिहासिकता झल्काउछ त्यसैले ठकुरीले आफ्नो इतिहास फेरी खोज्नुु पर्छ | यस विषयमा सबै ठकुरी संगठनले देश वा विदेशमा यथार्थता खोज्ने बेला आएको छ | अब हामी के थियौ उठौ र हाम्रा मुल्य र मान्यताको यथार्थ खोजौ | शहरिया कहिएका हामी बाद्यताले आफ्नो मुल्य, मान्यता र सामाजिक रहन सहन, भाषा भेष भुषालाई विर्सिएको पक्का हो । त्यसैले हामीले हाम्रो इतिहासको आदिवासी अवस्था खोज्यौ भने भुलेको बाटो फर्केर सहि मार्ग समात्दा गंत्यब्यमा पुगिन्छ पुर्खाले झैँ हामीले पनि अर्को ठकुरीको इतिहास राखिनेछ । हामीले ठकुरीको उत्पतिको आधार कसैले कहीं पनि खोजेनौं । ईतिहास वुझेनौ, हामीले खोजेनौ, खोज्न र सुन्न पनि चाहेनौ हाम्रो मुख्य कमजोरी यहि हो
नेपालमा सयौ जातजाति छन् सबै जातिको छुट्टाछुट्टै पहिचान छ हामी ठकुरी हौँ तर ठकुरीको पहिचान के हो यसको तर्क र परिभाषाको उत्तर हामीले कहिलै खोजेका छैनौ । यसको अर्थ हामीले हाम्रो ऐतिहासिक अवस्थावारे सवैले वुझ्नु पर्यो भनेको हो । कुसुण्डा र वावुसाहेव जस्ता उपमा थपेर बोलाईने यो जाति हो कि आदिवासी हो , ठकुरीहरूसगं साझा उत्तर छैन । यस विषयमा हामी ठकुरी आफैले कसैले कहीं पनि खोजेनौं । खोज्न र सुन्न चाहेनौ पनि , हाम्रो कमजोरी यहि हो । मुलत: प्राकृत र हिन्दु धर्ममा विस्वास गर्ने मगोल र मतवाली खस दुवै वंश र नशाका धनि ,मामाको छोरी विवाह गर्ने र नगर्ने दुईथरी सामाजिक मूल्य मान्यता र संस्कृतिको साझा पृष्ठभुमी रहेको सधैँ आफु र आफ्नो जात भन्दा राष्ट्रको सेवा गर्ने नेपालको मुख्य जाति ठकुरी हो | ठकुरीमा झर्रा शव्द निकै प्रचलित छ । जातैको हिसाबले पृथ्वी नारायण शाह झर्रा ठकुरी हो कि होइन । ईतिहासमा उनलाई मगर हुन भन्नेको वहुमत र समान राय छ । यसको अर्थ ठकुरी र मगर के हो इतिहास विवादित बनाइदिए, उनैले आफै मगारातको राजा मै हुँ भनेका थिए , यो यथार्थ भित्र हामी ठकुरी भन्छौ यो वास्तविकता कहा कसरी फरक भयो हामीले सोच्न पर्छ, भन्नु पर्छ र लेख्नु पर्छ इतिहास बुझ्नु पर्छ तर यहाँ कुनै विषय वाझिन हुन्न ।
गण्डक प्रदेश वा मगारात भनिएका प्रदेशको ठकुरीहरू र मगरहरू वीच समान शारिरिक संरचना र मामाको छोरी विवहा गर्ने चलन रहेको यी दुई जाति वीच अरू धेरै विषयमा थुप्रै समानता पाईन्छ। त्यसैले ठकुरी र मगर एउटै जाति थिए भन्ने विषयमा धेरै इतिहासकार मध्य ह्यामिल्टन, डोरवहादुर विष्ट, डा़ सूरयमणि अधिकारी, वी के राना र यम यस थापामगरको समान राय छ । ऋषिकेश शाहले पनि ठकुरी र मगर के हुन परिभाषा दिएनन तर आफ्नो थेप्चो नाँक हेर भनेर जातिवादीलाइ चुनौति दिन्थे । नेपालको नयाँ सविधानमा खस आर्य भित्र सवै ठकुरीलाई पारिएको छ यो जायज छ कि छैन आज ठकुरी समाजले वा प्रत्येक ठकुरीले ध्यान दिनुपर्ने बेला आएको छ । अहिले फेरि सविधानले ठकुरीलाई चिन्दैन । दुःख यहीं छ । जातीय इतिहास बोलेर होइन लेखेर प्रमाण दिनु पर्ने रहेछ त्यसैले ठकुरीलाई अहिलेको सामाजिक सन्जालमा भारत देखि खेदिएका कहिले क्षेत्री त कहिले आर्य खस भनेर तानतुन गरेर गुगल र फेसबुक भर्ने एउटा सुनियोजित वर्ग नै लागि परेको छ । वर्तमान परिपृष्ठमा ईतिहासलाई नै गम्वीर प्रभाव पार्न सक्ने यस्तो विषयमा चुपलागेर वस्ने गरेमा हामीले आफैलाई नै ठगेको ठहर्छ यहि स्थिति रहे भविश्यमा कुनै दिन ठकुरी जाति कितावको पानामा सिमित हुनेछौ ।हाम्रो सम्पदा मुमा वुवा आजी दाजी छेमा मामा माइजु जिजुवुवा जिजुमुमा जस्ता आदरार्थी साइनोलाई दिज्यू दादा अकंल मामुले जितेको धेरै भयो, हामी कहाँ कुन संस्कारमा पुग्यौ ! हाम्रो पछिल्लो पुस्तालाई यस्ता कुरा अनौठो भैसक्यो । अनि हामीले सिकाएनौ भने कसले सिकाउलान । नेपालको हरेक परिवर्तन पछि जनजातिका अगुवाले आफ्ना पुराना रितिरिवाज के थियो हामी के थियौ भनेर जान्न चाहे र उनिहरूले पुरानो सस्कृतिको अनुसरण पनि गरे फलत संस्कृति, भाषा र भेषमा आमुल परिवर्तन ल्याए आज हामीले वहाहरूले गरेको प्रगतिलाइ सलाम गरौ र हामीले वहाहरूवाट सिकौ । हामीले हाम्रो पुरानो आदिवासी अवस्था के थियो खोज्दै खोजेनौ र खोज्ने प्रयत्न पनि गरेका छैनौ । हाम्रो पृथक पहिचान भुल्यौ, झन-दौरा सुरूवाललाई पोषाक बनायौ र लगायौ तर हामी प्रगतिशील भयौं कि पछाडी तिर धकेलियौ त्यो थाह छैन तर पृथ्वी नारायण शाहको लुगा दौरा सुरुवाल भने होइन त्यसैले ईतिहास विर्सिएको पक्का हो ।
विद्यालय र विश्वविद्यालयमा जितेका वीर योद्दाको पाठ पढ्यौ र प्रशासकले पनि घोकाए त्यहि कुरा तर विभिन्न काल खण्डमा विविध कारणले राष्ट्रको मुलधारमा आउन नसकेका वा गाउमा छोडिएका ठकुरी कै पुर्खालाई न शाह वशं शक्तिमा हुदाँ राष्ट्रले खोज्यो न हामीले खोज्यौ ? खोजेनौ कसैले पनि । कतै त्यहि जगलमा छाडिएका राउटे कुसुण्डा उनै ठकुरी हुन अहिले उनीहरुले बन जगल आफ्नो संस्कृति सम्झिन बाद्य भए | ठकुरीलाई ज्ञात रहोस कुसुण्डा भनिन्थ्यो | अझै पनि कुसुण्डा नै भनिन्छ , अहिलेका कुसुण्डा ठकुरी र राउटे ठकुरी जातीहरुले सधैँ आफुलाई निर्दोष र सत्य घमण्डका साथ ठकुरी हौँ भन्छन उनीहरु र अहिलेका ठकुरी कुनैबेला एकै जाति थियौं वा हाम्रो आदिवासी अवस्था त्यहीं देखि विकसित भएका हो | त्यसैले ठकुरीले आफ्नो इतिहास फेरी खोज्न परेको छ | यस विषयमा सबै ठकुरी संगठनले देशै भरि यथार्थता खोज्ने बेला आएको छ | अब हामी के थियौ उठौ र हाम्रा सन्ततिलाई यथार्थ बुझाऔ | हाम्रो आदिवासी अवस्थालाई सम्मान गरौ भन्ने अपिल गरेको छु | शहरिया कहिएका हामी केही ठकुरीले विकसित हुने निहुमा राष्ट्र र राज्यको वफ़ादार हुदाँ आफ्नो मुल्य र मान्यता र सामाजिक रहन सहन, भाषा भेष भुषालाई विर्सिएको पक्का हो । अव हामीले खोज्ने वेला आयो की ?