हामी ठकुरी हौँ भन्छौ तर हामीले आफ्नो इतिहास संधै राजा र माहाराजासंग
मात्र जोड्छौ, बक्स्योस लगाएर बोलिने खस भाषाको भाव दरवारको हो ठकुरीको होइन
। त्यो दरवार र राजा माहाराजा भन्दा अगाडी हाम्रो आदिवासी स्रोत पनि थियो, त्यो इतिहास बुझ्न अहिले विद्यालय र विश्वविद्यालयमा घोकाइने औपचारिक
शिक्षा मात्र पर्याप्त नहुने भएकोले अन्य देश भित्र र वाहिरका इतिहासकारले
लेखेका पाठ्यपुस्तक, हाम्रो भूगोलको जातीय आधार र संस्कार र
संस्कृति, गाउँघरमा चलेका रहनसहन र अनौपचारिक शिक्षा अध्ययन
गर्नु अनिबार्य छ । त्यसैले इतिहासमा ठकुरी आदिवासी
जनजाति थिए भन्ने विचारले प्राथमिकता पाउने छ । राउटे र कुसुण्डा
हाम्रा आदिवासी अवस्था रहेछ भन्ने कुरा अहिले आएर महसुस भएको छ । इतिहास भनेको हिजोको घटनाक्रमको बयान हो आजको वर्तमान भोलीको इतिहास हो ।
त्यसैले राउटे कुसुण्डाले बोल्ने भाषा ठकुरीको भाषा थियो राउटे, कुसुण्डा, केहिठकुरीहरू र मगरहरूको जेनेटिक सम्वन्ध छ भनेर कुसुण्डाको गहन अध्ययन गरेका जोहान र रेनहार्डले उल्लेख गर्नुभएको कुरालाइ कसैले नजर अन्दाज गर्नुहुँदैन । खसभाषा, राउटेको भाषा र कुसुण्डाको भाषा गरेर ठकुरीले ३ वटै भाषाको अध्ययन र विश्लेषण गर्नु नितान्त आवश्यक छ ।त्यहि भाषा र संस्कार संस्कृतिलाई सामाजीकरण गरेर अहिलेका ठकुरी भन्नेले अंगालेपछी ठकुरीको अर्को जनजाति पार्टो खुल्छ । तर आफ्नो भाषा र संस्कृतिलाई छोडेर ठुलो समुह खसआर्य सङ्ग मिसिदै अघि वढेर गए पछि फरक फरक दुइ समुदायका कुसुण्डाहरू लमजुङ्गबाट र राउटेहरू कालीकोटबाट ठकुरीहरूको मुलधारबाट बाहिरिएका जनश्रुति छन र खस भाषा तिर उन्मुख भएको ठकुरीहरू २२ से र २४ राज्यकालको सुरुवाती समय तिर नै हो किनकी ठकुरीहरुले आ-फ्नो भाषा र संस्कृति भनेर बसेको भए सायद उनीहरु अहिले बनका राउटे र कुसुण्डा जस्ता सबै ठकुरी हुन्थे होला वा के हुन्थे सबै गर्भका कुरा हुन । राजाहरुले पढेनन र लेखेनन तर राजपरिवार वरपर रहेका हरूले लिच्छविकालमा संस्कृत र मल्लकाल पछि खस भाषामा नै इतिहासका शिलालेख र ताम्रपत्र बनाएको र लेखेको कुरा पनि हामीले विर्सन हुँदैन । तर खस भाषालाइ बङ्गाएर बक्स र स्यो लाएर र बोलेर अर्को छुट्टैजातको भाषा हुन सक्दैन तर दरवारमा राणा र शाहले वोल्नेभाषा सबैले सिक्नु राम्रो हो ।
परिवर्तित समयसंगै समाजको आवश्यकतामा आएको चाहानाले एउटा सुन्दर संगठनको अपरिहार्यता भएको वर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गरि नेपालअधिराज्य भर र विश्वका विभिन्न देशमा छरिएर रहेका सम्पूर्ण ठकुरी वंशको सम्मुनत विकासलाई आपसमा परिचित गराउदै एकिकृत, सुसंगठित र असल समाजको निर्माण गर्ने महान उद्देश्यले यो ब्लगको स्थापना हुन गएको यहाँहरुलाई जानकारी गराउछु । यो कुनै व्यक्तिगत चाहानाले भन्दा पनि समाजको गहन आवश्यकताले सृजना गरेको महत्वपूर्ण उपलब्धिको सार हो । अहिले नेपालमा जात र जातिका कुराहरु र पहिचानका मुद्दा उठीरहेका छन् जात भातका कुराले नेपालको सबैभन्दा पुरानो मूलबासी ठकुरीलाई बाहुनबादको चक्रब्युहमा फसाएर खस आर्यमा मात्र ठकुरीलाई थन्काउने प्रयासले हामीलाई जिल्ल पारेको छ । सधैँ यहि संकोच र अनुत्तरित प्रश्न साधेर अमिलो भएर बस्यो भने हामीले हाम्रो भावी सन्ततिलाई महा अपराध गरेको ठहरिने छ । सत्य तथ्य जानकारीकोलागि सम्पूर्ण चासो कर्तालाई यसले पनि एउटा कोशे ढुङ्गो बनोस भनेर यो ब्लग स्थापना गरिएको छ ।यहाँ लेखिएका विचारहरु मेरो आफ्नो व्यक्तिगत विचार मात्रै हो । यसको जवाफदेहीता कुनै पनि ठकुरी समाजसंग छैन । त्यसैले यहाँ कमी कमजोरीहरु भए त्यो त्रुटी मेरो मात्र हुनेछ । आधिकारिक र सम्बन्धित पक्षलाई गल्ति औलाएर प्रतिक्रिया लेख्न वा मलाई इमेल गरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ । तल प्रतिक्रिया दिनुहुन विनम्र अनुरोध छ । धन्यवाद
जय दर्शन ।
3 comments:
तपाइले ठकुरीकाे लागि गनु भएकाे याे चहाना परिश्रमकाे म अन्तरअात्म देखि हजुरलाइ धन्यवाद दिन चहान्छु । मैले ठकुरीकाे लागि सबै कुरा जानेकाे त छैन तर तपाइले गरेकाे परिश्रम देखेर मलाइ धेरै खुसि लाग्याे म पनि यसमा केही सहयाेग गनर् चहान्छु । मेराे फाेन नं. 9848025673 हजुरकाे फाेन नं. पाउ
दाजी एकदम चित्त बुझ्दो लेख छ तर हामी ठकुरिहरुलाइ तेहि खस सङ लगेर जोडिएको पाइन्छ चित्त नबुझ्दो कुरो
Post a Comment