शाहवंश

पृथ्वी नारायण शाहको शालिकको नाक मुनि जुँगा टासेर जामा भिराएको पोशाक यथार्थ होइन काल्पनिक हो l रण वहादुर शाह पछी वाहुन तथा खसहरू र राणा कुवरहरू सगं विहे गरे पछी वर्णशंकरमा पर्दै आएका शाहराजाहरु त्यतिबेलाका राजा महेन्द्रलाई खुसी तुल्याउन अमर चित्रकारले उनै महेन्द्र राजाको नांक हेरेर काल्पनिक मुर्ति ठडाएका थिए । शक्तिशाली राजा महेन्द्रको घमण्डका अगाडी बोल्न सक्ने अर्को शक्ति कसै संग थिएन l राजा महेन्द्र र त्यतिबेलाको राजनैतिक दलको नेताहरुले इतिहास विद र विज्ञको कुरा सुनेनन् फलत पृथ्वी नारायण शाहको शालिकमा राजनीतिकरण शुरु भएको पनि दशकौं भयो l नेपालमा रहेका सबै जातमा पनि राजनीति शुरुभएकोले ठकुरीहरु सबैलाइ राजा महाराजाले भारतको चितौढ़ तिर वंश जोडीदिएकाले चुपचाप सहनुको अर्को विकल्प पनि थिएन l वनारसको विस्व हिन्दु विद्यालयको पुस्तकालयमा उनको खाट्टी तस्वीर छ भनेको सुनिएको हो तर यसको यथार्थ स्रोत पनि भेटिएको छैन l
राजा रजौटाले के बोले, के लाए, के खाए भनेर ठकुरीको पहिचानहरू दरवारदेखि गाँउ पसेकाे आइसाे र गाेइस्याे  दौरा शुरुवालको फेरो भित्रको संस्कार र संस्कृति भित्र खोज्नु गम्भीर भुल हो । जामा लगाकाे राजाकाे भेषभूषा श्री पेज र अनुहार काल्पनिक भए पछी इतिहास गोलमोल हुने नै भयो । यसले  अहिले हामीलाई अलमल बनाएको छ तर हामी आत्तिन हुन्न इतिहास खोज्न सक्नु पर्छ र सकारात्मक सोच राखेर अघि बढ्नु पर्छ l भाषा-संस्कृति- मूल्य र मान्यतामा हामीले अर्को विकल्प पनि दिन सकेका छैनौ त्यो झन् अर्को ठुलो चुनौती थपिएको छ l प्राचिन कालमा सत्ताधारी राजा रजौटाले राज्य टिकाउन र र सन्चालन गर्न जे गरे भुरे टाकुरे छोटे राजाका सन्तानले पनि राजाहरुकै सिको गर्दै अघि वढ्दा ठकुरी भित्रकै केहि ठकुरीहरूको सामाजिक, आर्थिक र सास्कृतिक पक्षमा विभाजन भयो जसको फलस्वरूप ठकुरीहरुको सामाजिक ढाँचामा राउटे कुसुण्डा जस्ता अलग जातिको निर्माण भएको देखिन्छ । राउटे कुसुण्डाहरु घरवारे ठकुरी समुदायबाट अलग भए l त्यसको केहि कालपछी परिवर्तन नचाहने राउटे कुसुण्डा ठकुरी र परिवर्तन चाहने हामीहरूमा बिषम परिस्थिति सृजना भएर गयो । कुसुण्डा र राउटेलाई अहिलेका हामी ठकुरीसंग सामाजिक र सांस्कृतिक ढांचा जोडिदिए पछी र हामीले उनीहरुको भेषभुषा र पोशाकलाइ अंगालीदिए पछी हाम्रो आदिवासी पाटो खुल्छ, यसको लागि ठकुरी सघं सस्था, विज्ञ, वुद्धिजिवीवर्गले यस विषयमा गहिरो सामाजिक अध्ययन गरेर अघि बढ्नुको अर्को विकल्प छैन । ठकुरीलाई अहिले पनि अर्को समाजका मानिसहरुले जानेर वा नजानेर कुसुण्डा भन्ने गर्दछन l
नेपालको हरेक परिवर्तन पछि जनजातिका अगुवाले आफ्ना पुराना रितिरिवाज के थियो हामी के थियौ भनेर जान्न चाहे र उनिहरूले पुरानो सस्कृतिको अनुसरण पनि गरे फलत संस्कृति, भाषा र भेषमा आमुल परिवर्तन ल्याए र आज हामीले वहाहरूवाट धेरैकुरा सिक्नै पर्छ। तर हामीले भने हाम्रो पुरानो आदिवासी अवस्था के थियो खोज्ने होईन सोध्ने प्रयत्न पनि गरेका छैनौ । गिटठा भ्याकुर कन्दमुल र जगली जनावर मारेर खाएर लामो समय जगलमा विताएका राउटे कुसुण्डाले वनलाई आफ्नो संस्कृति सम्झिन बाद्य भए ।आज सम्म पनि छाती ठोकेर निस्वार्थ तर घमण्डका साथ ठकुरी भनेर परिचय दिन्छन। यन जी ओ र आई यन जी ओ को मागिखाने र देखाउने स्रोत वनेका उनिहरूको आर्थिक अवस्था र कमजोरी पन अत्यन्त न्यून किसिमको छ । हरेक अन्तर्वार्तामा ठकुरी हौ भन्न नछुटाउने, शाही सेन सिङ हमाल चन्द थर वताउने रासकोटी र कल्याल २ किसिमको ठकुरी भनेेर पहिचान दिने उनिहरू र हामी ठकुरीमा धेरै समानता रहेछ । यथार्थ के हो भने उनीहरुले जंगलका ठकुरी हौँ भनेर पहिचान दिन्छन र हामी पनि ठकुरी हौँ भनेर परिचय दिन्छौ l विभिन्न समाजशास्त्री र इतिहासविदले राउटे, कुसुण्डा र ठकुरी एकल जाति थिए भनेर प्रमाण दिएका छन् l ठकुरीलाई ज्ञात रहोस अरु जातिले कुसुण्डा भनि बोलाउथे, अझै पनि बुझेर र नवुझिकन कुसुण्डा नै भन्छन। समाजमा हुने भनाइ र समुदायको वनावटले ऐतिहासिकता झल्काउछ, त्यहि ऐतिहासिकताको आधार टेकेर हामी अघि वढ्नु पर्छ l तल लेखिएको वान्क्याशले ठकुरीको यथार्थ देखाउछ l Reinhard and Toba को अध्ययनलाइ हेरौ '' Thakuris while Rautes and Kusundas have taken Thakuri surnames as; shahi, sen, malla and shah. a Thakuri erupts in bad temper when one talks of Kusunda in front of him. I had that kind of experience in one of expenditions in search for Kusundas. The Thakuris are derogatively called ' Kusundas' The Kusunda origin story as documented by Reinhard and Toba tells Kusunda, Thakuri and Magars are blood brothers. त्यसैले ठकुरीले आफ्नो इतिहास यसैलाई आधारमानेर फेरी खोज्नुु पर्छ, यो ठट्टा होइन यथार्थ हो, शहरिया कहिएका हामीले आफ्नो मुल्य, मान्यता र सामाजिक रहन सहन, भाषा भेष भुषालाई विर्सिएको पक्का हो ।
नेपालको राजपरिवारले लगाएका भेष भुषा र बोल्ने भनिएको भाषाहरू बक्स्योस र भुजा ज्यूनार त सबैजातका शहरियाले बोल्ने गरेको दशकौ भयो अव शहरका सबैले बोल्ने भाषामा र हामीले बोल्ने भाषामा केहि भिन्नता भएन । भाषामा आफ्नो ठकुरी जात खोज्यौ भने हामीले भेट्टाउन सक्ने अवस्था छैन झन् झन-दौरा सुरूवाललाई आफ्नो पोशाक भन्यौ हामिसंग अर्को विकल्प पनि आइसकेको थिएन र अझ सम्म छैन पनि र अन्यौल नै छ तर बुझेर यसो गर्यौ कि नबुझेर त्यसो गर्यौ यसको स्पष्ट उत्तर छैन l

दिनेश राज पन्तको गोर्खाको इतिहास पुस्तकमा ( दोश्रो भाग सन्धि विग्रह पेज ५३७ ) वंशावलीको सो पत्रमा रामशाहको छोरा नभएकोले भुटानका राजालाई आफूकहाँ लामा पठाइदिने आग्रह गर्दा भुटानका लामा आएर अनुष्ठान गर्दा डम्बर शाह सहित ३ छोराको जन्म भएको र त्यस पछि गोर्खाराज्यमा भुटानी लामाको प्रवेश भयो भनि लेखिएको छ l त्यसरी नै नरभूपाल शाहको सन्तान नहुँदा भुटानको लामाको अनुष्ठानले पृथ्वी नारायण शाहको जन्म भएको कुरा भाषा वंशावलीमा लेखिएको छ l भुटानका लामाले तत्कालिन गोर्खा राज्यबाट पाएको गुम्बा मध्य नकाथाली गुम्बा प्रशिद्द छ l कर्णालीका राजा पुण्य मल्लको पालामा दुल्लु दैलेखको शिलालेखमा ''ओम मणि पद्मे हुँ'' भनेर आफुलाई बौद्ध धर्मालम्बी भएको प्रमाण दिएका छन् l अंशुवर्माले शैव र वौद्ध दुवै धर्म मान्थे l यसले गोर्खाली शाहहरु, कर्णालीका मल्लहरु र उपत्यकाका वरिपरिका ठकुरीहरु वौद्ध धर्म प्रति पनि आस्थावान भएको देखिन्छ l
तत्कालिन राजा कुलमण्डन खान ( शाह ) का छोरा कालु शाहीलाइ लमजुंगेले राजा बनाउन मागेर लगे तर यो सुइँको थाहा पाए पछी गुरुङहरुले छल कपट गरेर उनीलाई काटिदिए l त्यस पछी फेरी यसोब्रम्हा [यसोवम ] शाह मागेर लगे उनी बाट जन्मेका जेठा नरहरी लमजुङ्ग र कान्छा द्रब्य शाह गोर्खाको राजा भए l द्रब्य शाहबाट शाहवंशको इतिहास बनेको सबैलाई सर्वविदितै छ l गण्डकी क्षेत्रमा मुख्यत: मगर, गुरुङ समुदायमा प्रचलित घाटु नृत्य तिनै मारिने कालु शाहीका गर्भे छोरा परशुराम शाही (पश्रामु राजा) को कथामा आधारित छ
ठकुरीहरूको शारिरीक संरचना, ईमान्दारिता वोली लगाई र खुवाइको विषयमा एडेन भान्सिटार्टले आफुले देखेको र त्यही अनुभव लेखेको उनको पुस्तक नोट्स अफ नेपालमा वर्णन गरेका छन । उनि एक आर्मी अफिसर थिए जो भारतमा बसेर गोर्खाली सेनाको जातीय अध्ययन गरेका थिए l उनको पुस्तकमा ठकुरीलाई Thakurs शिर्षकमा ब्याख्या गरिएको छ l ठकुरी मगर र गुरुङ को शारिरीक वनावट-लगाई र खुवाइ समानता रहेको उल्लेख गरिएको छ । त्यस्तै अर्का समाज शास्त्री Frances Hamilton Buchanan ले An Account of Kingdom of Nepal मा शाहहरू नेपालको आदिवासी जातिको वंश भएको प्रमाणित गरेका छन l डोरवहादुर विष्टले पनि ठकुरी शाहहरु मंगोल वा मगर हुन, देखेर पनि नदेखे झै गर्ने नेपाली समाजलाई उनले वाहुनवादको सिकार भएको जिकिर गरेका छन । प्रोफेस्वर सुर्यमणि अधिकारीले पनि सेन, सिंह, शाह, खान र शाही खस राजाको अवसान पछी मगर सामन्तले राखेको थर र पद भनेर लेखेका छन् l विशाल नेपालको एकीकरण गरिसके पछी पनि फेरी सानो राज्य मगारातको वा मगर राजा मै हुँ भनेर किन भनेका होलान भनेर प्रश्न मनमा उव्जीरहन्छ। शाह वशंको आदि पुर्खा खान्चा खान र मिन्चा खानको सत्य खोज्न ईतिहासको पाना पल्टाउन पर्ला तर ज्ञातव्य रहोस खान्चा मिचा मगर भाषावाट सवोधन भएका नाम हुन ।
अहिले पृथ्वीनारायण शाहलाई खस भित्र राखेर संविधानमा नै खस - आर्यको अर्को छलांग मारिसके यो वास्तविकता भित्र हामी तीन न तेर्हको भएका छौ। कान टालेर बसेका छौं । यो कँहा कसरी फरक भयो हामीले सोच्न पर्छ, भन्नु पर्छ र लेख्नु पर्छ, इतिहास बुझ्नु पर्छ तर यहाँ कुनै विषय दोहोरो अर्थ लाग्न जान हुन्न । तर पृथ्वीनारायण शाहले , वाहुन, खस, गुरुङ, मगर र ठकुरी भनेर जात तोकेर किटेर नै उपदेश दिएको विषयमा आँखा चिम्लिन हुन्न । गोर्खाली फौज भन्नाले त्यतिबेला वाहुन, खस, मगर र ठकुरी नै हो l
मामाको छोरी विवाह गर्ने सामाजिक मूल्य मान्यता भएको स्थानिय देवीदेवता पुज्ने, मारूनी, वालन, र झ्याउरे लोक सस्कृतिसगं नजिक रहने सधैँ आफु र आफ्नो जात धर्म भन्दा राष्ट्रको सेवामा समर्पित हुने ठकुरीहरू हुन । साइनोमा दर्शन र नातामा मुमा वुवा आजी दाजी क्षेमा, जिजुवुवा, जिजुमुमा आदि आदरार्थी साइनोहरू पृथक निधी हो र आफ्नो पहिचान खोज्नु पर्छ तर दैनिक प्रयोगको अभावले हामी मै यस्ता शव्दहरु दूर्लव भैसक्यो ।
तत्कालिन नेपालको सामाजिक संरचना विविधकारणले वसाई सर्ने क्रममा ठकुरीहरू जति पूर्वीय भए उति नै धर्म र संस्कारमा पनि हिन्दु संस्कारको सुद्द्ता ग्रहण गर्दै अगाडी बढेको इतिहास पाइन्छ । जस्तै गोर्खाका राजाराम शाहले आफ्नो वशको हाँगा खोज्न भारतको मेवाड तिर आफ्ना दुत पाडे थरका एक सहयोगीलाइ पठाएका थिए l उनै पाडेले त्यहाँको राजपुत सिसौदियासम्म गएर सोधेको र त्यहाको राजपूत सित नेपालको राजवंशको कुनै पनि विषय जात थर रहनसहन् नमिल्ने सुचना लिएर फर्केको ईतिहासमा सत्य र रोचक घटना को प्रमाणको रूपमा देखिन्छ, जुन वेलायती लेखक Brain Houghton Hudson ले आफ्नो पुस्तकमा वर्णन गरेका छन त्यस्तै पृथ्वी नारायण शाहको गोत्र परिवर्तन राज्य विस्तारको कारक भए पनि वनारसी ब्रतवन्ध कम रहस्यमय छैन हिन्दु धर्मको परिपालनको शुद्धिकरणको उदाहरण मान्नु पर्छ। । तर राम शाहकै पालामा इन्द्रविलास पण्डित द्वारा लेखिएको शाह राजवंशको इतिहासमा चितौढका राजपुत मन्मथ रानाका सन्तानसंग जोडिएको इतिहास देखाइयो र लेखाइयो l नेपालको धेरै इतिहास, विश्वो विद्यालय र विद्यालयमा घोक्ने गरेको शाहहरुको वंशावली उनैलेनै लेखेको विषय खुरु खुरु सारिएको हो l जात धर्म गोत्र खोज्न भारत तिर जानु दक्षिण एशियामा जातीय प्रथाले प्रभाव पारिसकेको त्यतिबेलाको पनि संकेत हो ।
तर ऋषिकेश शाहले यो विषय खण्डन गरेर Heroes and builders of Nepal भन्ने पुस्तकमा शाहवंशको पुर्खा जैन खान भन्दा अगाडी भारतीय राजपुतसग जोड्नुु र विभिन्न दन्त्य कथा जोडेर जातको हाउगुजी फैलाउने जातिवादीलाई विभिन्न प्रमाण सहित ठाडो चुनौती दिनु भएको यथार्थ हरेक ठकुरीहरुले हेक्का राख्नै पर्छ ।
पृथ्वीनारायण शाह पछिका राजाहरूले लोभलालच र अपरिपक्क कौशल देखाए । सत्ता टिकाउन विभिन्न धार्मिक पात्रसग कपोलकल्पित सवन्ध देखे विष्णुका अवतार सम्झिए । जोगीको कुटीमा राजदरवारको भाग्य खोज्न हिड्ने राजावादीहरु भए । उता जनजाति हौं भन्नेहरूले आफूलाई ठकुरी इतरको पृथक जाती भनेर झुटो राजनिति सुरू गरे । राज्यसत्ता नयाँ वाहुुनहरुको कब्जामा गएको अहिलेको यथार्थता घाम जस्तै छर्लंग छ, तिनै वाहुुनले ठकुरी खसहरु हुन भनिदिए । परिस्थिति उतिबेला राज परिवारले पनि ख्याल गरेन राज्य सञ्चालन गर्दै जाँदा विविध उदण्ड र पारिवारिक किचलोमा फसेको कमजोर राजपरिवार बन्यो र वहुला राजा रण वहादुर शाहले विधुवी वाहुनी विहे गरे पश्चात सवै राजामा वाहुन मिसिएकोले नामै विक्रम धारी राजाको श़ुरूवाती नै भयो । कुवर राणा शाशनको सुरुवात संगै शक्तिशाली राणा र कमजोर राजा शाहको विवाह सम्बन्धले समाजमा अर्को दरवारिया सामाजिक ढाचा त बन्यो यो विषय समाजमा सजिलै अहिले सम्म सर्व स्वीकार्य हुन सकेको छैन । राष्ट्रको लागि आन्तरिक र वाह्य हमलावाट वचाउन राजपरिवारले विभिन्न रूपमा खेलेको भूमिका र सम्झौताको प्रसंग छुट्टै मुल्यांकन छ तर आफ्नो जात, धर्म र आदिवासी अवस्था विर्सेको राजपरिवार आज अहिले भूपू राजपरिवार भएर थन्किएको छ । सस्कृति हराए जात हराउछ जात हराए राज्य हराउछ भन्ने भनाईको चरितार्थ भएको छ । यसरी आफ्नो जातिगत अवस्था र संस्कृति समेत विर्सिएको राजपरिवारका गतिविधि, अहिले भारती जस्तो देखिन्छ, लाई ठकुरीको संस्कृति हो भन्नु तर्क संगत देखिदैन । त्यसैले राजपरिवारले गरेको धेरै गतिविधि ठकुरीको पहिचान भित्र पर्दैन ।

No comments: