History-2

 Eden Vansitart ले आफ्नो पुस्तक Note of Nepal मा नेपालका ठकुरीहरु गुरुङ मगर जस्ता छन् भनेर लेखेका थिए उनले गोर्खालीको वयान गर्दै यसो भनेका थिए, A solders they are excellent, and they can be obtained in small numbers with quite as good physique and appearance as the best Magar and Gurung. त्यतिबेला फोटो / भिडियो को जमाना नभएकोले उनले दिएको वयानबाट हामीले ठकुरीको शारीरिक संरचना पनि कस्तो थियो बुझ्नु जरुरी हुन्छ ।  एडेन भांसीटार्टले खस र ठकुरी जाति फरक हुन भनेर लेखेका छन  । उनले गण्डक क्षेत्रका ठकुरीहरू  खस भन्दा फरक जात तर गुरूङ्ग र मगर जस्ता जाति भनेर व्याख्या गरेको पाइन्छ ।

इतिहासको महत्वपुर्ण समयमा महत्वपुर्ण ऐतिहासिक भुमिका खेलेको यस जातिलाई धेरै देशी र विदेशी विद्वानले विभिन्न जाति वा वर्गसंग दाजेर हेरेका छन् । मुलत गण्डक क्षेत्र मा मगर र सुदुरपश्चिम तिर खस क्षेत्री जातिसंग नजिक मानिएको भनेर लेख्ने लेखकहरुको बाक्लो उपस्थिति छ । नेपालको शाह वंशीय राजाको अध्ययन गरेका देश भित्रका र विदेशी लेखक र समाज शास्त्रीले गण्डक क्षेत्रका ठकुरीहरू र शाहवंश नेपालको अहिले भनिएका मगर जनजाती भएको प्रमाणित गरिदिएका छन् । यसरी भन्ने विद्वानहरूमा ह्यामिल्टन बुकानन, डोरवहादुर विष्ट, प्रयागराज शर्मा, डा सुर्यमणी अधिकारी, इमानसिङ चेम्जोङ, डिल्लीरमण रेग्मी, डा जगमान गुरूङ्ग,  सुजित मैनाली यम यस मगर आदि हुन ।  ठकुरी र मगर दाजुभाइ भन्ने ठकुरी र मगर गाँउमा पनि व्यापक जनश्रुतिहरू पाइन्छन । केहि ठकुरीहरूको मगर जाति संगै हुने कुलपुजा पनि ठकुरी र मगर एउटै वंशका दाइभाइ हुन भन्ने संस्कारको प्रमाणिता अहिले पनि पाइन्छ । 

यस संदर्वमा यहि क्षेत्रका धेरै ठकुरीलाई आफु कुन जाती हो थाह नै छैन उनीहरुलाई सोध्यो भने पनि यसको उत्तर पटक्कै आउदैन, कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषता पाउने यो जाति आफैले आफैलाई सन्तोष जनक ब्याख्या गर्न सक्दैनन । इतिहास विद सुर्य मणि अधिकारीले मगरातका मगर राजाहरुले खान, सेन, शाही, शाह र समाल धारण गरेर ठकुरी भएको कुरा स्पष्ट उल्लेख गरेका छन् । यसको अर्थ गण्डक क्षेत्रमा मगर जनजाति र कर्णाली क्षेत्रमा तिव्वतबाट झरेका मल्ल राजाहरुले शाशन गर्दै अघि बढेका थिए ।

धेरै इतिहासकार र समाजशास्त्रीको भनाइ अनुसार प्राचिनकाल देखि नै भारत देखि नेपाल पसेका भनिएका वाहुन क्षेत्रीहरु र राजपुतहरु स्थानीय खस सभ्यतासंग अति छिटो घुलमिल भएको देखिन्छ किनकी खसहरु पनि तिनै वाहुन र राजपुतहरु जस्तै हिन्दु धर्म ग्रहण गरेका थिए, शारीरिक बनावट, भाषा र धर्म पनि सुदुर पश्चिमका वाहुन र खसहरु संग मिल्न जान्थ्यो l  खससंग छुट्टा छट्टै किसिमले वाहुन र राजपुतहरुको समिश्रण हुन पुग्यो र खसान क्षेत्रमा अर्को सामाजिक ढांचा बस्यो  । केहि रूपमा समाजमा शिक्षा स्वास्थ्य आदिको जनचेतना पनि बढ्यो  मिश्रित समाजको कारण ४ जातको वर्ण व्यवस्थाले  हिन्दु धर्मको मूल्य र मान्यता पनि बसाल्दै गए जसले गर्दा टाकुरे राज्य चलाउन सिमित व्यक्तिको अधिकार सुनिश्चित भएकोले सजिलो पनि भयो जस्तै काम अनुसारको जात निर्धारण गर्ने परम्परा भारतीय उप्माहाद्विप मा सफल र असफल भएको सामाजिक सरचना  पश्चिम नेपालमा लागु भयो । त्यहि देखि विकसित भएको समाजमा जात अनुसार कामको परम्परा बासाले, त्यतिबेला राज्यमा जन्मजात कामको वांडफांड भएकोले कलह र विद्रोह कमी देखियो । वाहुनवादको चक्रव्युहमा जातिवादीको प्रकृयाको कारणले डोरवहादुर विश्टका अनुसार खस र मगर बाट अपग्रेड भएर ठकुरी बनेका हुन । उनको अनुसार  खसान क्षेत्रमा शक्तिशाली खसहरूमा ठुला ठकुरी र वाँकी दोश्रो शक्तिशाली क्षेत्री बनेका थिए भने मगारात क्षेत्रमा पनि यहि नियम अनुसार शक्तिशाली राजाहरू ठकुरी र बाँकी सबै हिन्दुधर्मालम्वीका मगर बनाइएका थिए । 

मगारात क्षेत्रमा मगर समुदायको आफ्नै मौलिक धर्म थियो उनीहरु प्राकृतिक धर्मका थिए उनीहरु स्थानिमानी र मारुनी नाच्दै देवी देवताको पुजा आर्चाना गर्दै जीवन पद्दति चलिरहेको थियो मगारातका हजारौं मौलिक गतिविधि थिए जो हिन्दु धर्म र वाहुन र खसहरुको लागि बाधक थिएन , जस्तै मगरात क्षेत्रमा देव - देवीलाई, बाख्राको पाठा पाठी, कुखुराको भाले पोथी , परेवा राँगोको बलि चढाईन्थ्यो, गाउँ घर र वन पाखामा वीर , भयर, संसारी माइ, बाजे बजे, विभिन्न छाब्दी देवी, मनकामना देवी, वराह, गोरखकाली, आलमदेवी, विन्दवासिनी, आदि देव देविलाई पुजिंथ्यो यो सबै त्यतिबेलाका मगर रजौटा र जनताले स्वीकार गरेका थिए जसलाई हिन्दु धर्मले छेकवार लागेन ।

कर्णाली क्षेत्रका राज्यको सामाजिक, आर्थिक र धार्मिक प्रभाव मगारात क्षेत्रमा परेकोले कर्णाली क्षेत्रका रजौटाको जात र थर ग्रहण गर्दै अघि वढ्न थाले यसले कर्णालीका खस र गण्डक क्षेत्रको मगारात क्षेत्रमा अर्थात २२ र २४ से क्षेत्रको राज्यमा शाह शाही मल्ल सेन सिहं आदि थर राखेर आफ्नो बाबुको स्वोर्गारोहण पछी राजगद्दीमा बस्ने होड बाजी नै चल्यो कर्णाली तिरको २२ से राज्यमा एकै वंशका चल्ल मल्लहरु पछी गएर शाही, सिहं, वम, शाह, मेदासीमा विभक्त भए । ठकुरी भित्र अर्को उपथर निर्माण भयो l वाउलाइ मारेर छोरा राजा हुने जात रे ठकुरी त्यसैले जगमान गुरूङ्गले भात खान दिदा ठकुरीहरूले आफ्नो साइटतिरबाट होइन पल्लो छेउको थालको कुनाबाट भात खाने जात रे, त्यसो गरे बाउको मृत्यु चाढै हुन्छ र राजा हुन पाइने भन्ने मान्यताले त्यसो गरेको भन्नु भएको थियो ।

 धेरै लामो समय सम्म टुट्ने फुट्ने र जुट्ने २२ से र २४ राज्यको रजौटाको विच अन्तर कलह चल्दै गरे पनि मगारात र खसान क्षेत्रको रजौटा विच राज  वैवाहिक सम्बन्ध चलाउने परम्परा बस्यो, यहाँ मगर रजौटा ठकुरी २४ सेहरु र खस ठकुरी रजौटा २२ से विच राज्खान्दान भनेर आपसमा आन्तरिक र वाह्य रुपले विहेवारी चलाइएको थियो यो विवाह पनि राणाले राजा सग चलाए पनि मगरात क्षेत्रमा राजा महेन्द्रको समयावधी तिर मात्र  राणा र ठकुरी बिच मुस्किलले विवाह सम्वन्ध बसेको पाइयो  ।  यसरी बसेको परम्परा राजा रामशाहको पाला सम्म अन्तर सम्बन्ध नै थियो उनको विवाह पर्वतको मल्ल राजकुमारी संग गर्ने पक्का भएर जन्ती लिएर रानी लिन जाँदा गोर्खाली राजा मगर भएको ( आफू भन्दा सानो जात भएकोले ) नदिने भनेर पर्वतको उतिबेलाको राजाले नदिए पछी उनि रित्तै फर्कन खोज्दा वा रित्तो जन्ती फर्कन हुन्न भन्ने मान्यता अनुसार दोहोरो गोर्खाली र पर्वते दरवारिय पण्डितको चाजोपाँजो अनुरुप उनै पर्वते मल्ल राजाका काकाका  ( नारायण मल्ल ) छोरीसंग हतारमा विवाह गरेर गोर्खा फर्किएको कुरा इतिहास विद वावुराम आचार्य र गोर्खाको इतिहास लेखक दिनेश पन्तले आफ्नो पुस्तकमा यो विषय लेख्न भएको छ । पर्वते मल्लहरूलाइ  पनि मगर गाँउले ले नै  मागेर राजा बनाएको कहानी भए पनि मल्लहरू सेन र शाह भन्दा पहिलै मगरबाट ठकुरी भै सकेको प्रतिक हुन्छ । 

यो जातिलाई सवैधानिक कानुनका ज्ञाता डा. विपिन अधिकारीले पनि सुदुर पश्चिमका ठकुरीहरूलाइ हेरेर नेपालका खस जाति भन्ने मिनी पुस्तकमा ठकुरी खस समुदाय भित्र पर्दछन भनेर लेखेका छन् ।

तर केहि ठकुरीहरु उनीहरु आफैले आफ्नो पहिचान व्याख्यान्न गर्न नै सक्दैनन, कारण र परिणाम माथिको उदाहरण हो भने यथार्थ तलको उदाहरणमा दिइएको छ । आजभोली झन् ठकुरीहरुले आफ्नो पहिचान आइबक्स्यो आइस्यो भाषामा, दिज्यु र दादा साइनोमा र विभिन्न दरवारको पहिरनमा जातीय पहिचान खोजेका छन् । तर यो कुराको हेक्का पटक्कै गर्दैनन् , कि कुनै अर्को जातिले सोध्यो भने वा ठकुरी को हो भन्ने प्रश्नको उत्तरमा वाहुन क्षेत्री जस्तो हो क्या भन्ने अपुरो शव्द वकालिंछ । वा ठकुरी पनि मगर वा गुरुङ जस्तै हो भनेर अधुरो उत्तर आउछ , प्रश्न आखिर को हो ठकुरी ?

यहा यसको लागि अर्को उदाहरण पनि राखिएको छ ।

जसरी विदेशमा नेपालीलाई कि चाइनिज कि इन्डियन भनेर चिनिन्छ त्यसरी नै नेपालको ठकुरी जातिलाई पनि गुरुङ र मगर जस्तो वा वाहुन क्षेत्री जस्तो भनेर परिचय दिइन्छ ।

१. यो त कस्तो बाहुन जस्तो नाक चुच्चो चुच्चो रहेछ दारी जुँगा पनि फुस्स झुसे जस्तो नै छ , कुनै एक ठकुरीलाई 'तपाई बाहुन कि क्षेत्री हो' भन्ने प्रश्न को प्रति उत्तर मा होइन म ठकुरी हो भन्ने उत्तर आऊछ , यो त ठकुरी होइन होला कतै मिसिएको पो हो कि प्रति प्रश्न यस्तो पनि आउछ, होइन र ?

२. अर्को यो चाही त गुरुङ र मगर जस्तो रहेछ, कस्तो ठ्याक्कै भोटे जस्तो देखिएको । यस्तै प्रकारको कुनै एक ठकुरीलाई ' तपाई मगर हो कि गुरुङ हो नि' भन्ने प्रश्नको उत्तरमा गुरुङ मगर होइन म ठकुरी हो उत्तर आउछ , यो त ठकुरी होइन होला कतै मिसिएको पो हो कि प्रति प्रश्न यसो पनि आउछ , होइन र ?

 तर धेरै इतिहासका कितावहरु भन्दा राजनीतिक विषयलाई आधार मानेर र जातीय हचुवाको विषय राखेर इतिहास लेखेको पाइन्छ । आजभोली झन् इर्श्या क्रोध र संकाको भरमा जातीय कुरा लेख्ने भिड बढेको छ l सस्ता विषय वस्तुको कुरौटे र अवास्तविक विषय वस्तुलाई महंगा मुल्यमा विक्री गरेको हाम्रो अगाडी जिउदो प्रमाणहरु छन् ।

काठमाण्डौ उपत्याका मल्ल राजा हरुलाई तत्कालिन समयमा नेवारहरुले ठुकु जा भन्दथे , यसको अर्थ ठकुरी राजाको संक्षिप्त रुप नै हो । भन्ने बेलामा पहिचान पाइसकेका उच्च जाति ठकुरी भनेर सत्तो सराप हाल्ने वर्ग र त्यहि वर्गका सदस्यले सोधेको र उही वर्गका सदस्यले उत्तर दिदा कहिले वाहुन - क्षेत्री जस्ता र कहिले गुरुङ - मगर जस्ता भनेर विशेषण लगाएर परिचय दिइने यो ठकुरी को हो ?

अब हामीले बुझ्ने प्रयास गर्ने कि ? यो कुराको बृस्तित जानकारीको लागि यो ब्लग पढ्दै गर्नु होला .......।

इतिहासकार डोर बहादुर विष्टले आफ्नो पुस्तक 'सबै जातको फुलबारीमा' ठकुरी भनेको कुनै एक जात नभई बिभिन्न जात हरु र तिनीहरुबाट परिस्कृत भएको एउटा शक्तिशाली समुह ठकुरी हो भनेका छन् । उनले '' ठकुरी भन्नाले कुनै एक विषेश जाति नजनाई खस, मगर , गुरुङ, तथा भोटेहरु मध्यबाट छानिएको एउटा उच्च सामाजिक र राजनीतिक प्रतिष्ठा भएको समूह जनाउँछ'' भनेका छन् । ठकुरी हरुलाई राम्रो अध्ययन गर्न ठकुरी गाउँ मा गएर आध्यान गर्न पनि चुनौती दिएका छन् ।

डोर बहादुर बिष्ट ले निम्न कुराहरु( People of Nepal) मा उल्लेख गरेका छन् :-

पेज ३

If the average ambitious Khas, and later on Magars, aspired to be Chhetris, the most powerful ones became Thakuris during the medival period. So at present Thakuri is a generic term describing a group that developed into the highest social and political order out of select people from among Khas, Magar, and possibley a few Rajput immigrants from India.

..................................................

फेरी गोर्खा राजाहरुको वंशजको बारेमा भने अंग्रेजी लेखक हेमिल्टनले यसरी लेखेका पनि छ न

Gorkha, I was informed, was always completely unconnected, and independent of all these alliances; nor did I learn that Dhurkot or Tarki were in a contrary situation.

I shall now proceed to give an account of the chiefs who governed this assembly of states, and of their countries.

I have already given an account of the family of highest rank, including the Rajas of Palpa, Tanahung, Rising, Ghiring, and Gajarkot; because this family possessed also large estates to the east of Nepal Proper. It therefore remains to describe the other 19 states.

I shall first mention the family which at present has obtained almost universal empire over the mountains north from the Company’s provinces, and does not content itself with a gentle rule, such as that exercised by the Rajas of Yumila, but has seized the entire dominion and power of the conquered countries, and assumes a menacing countenance even to the Company.

The family pretends to be of the Pamar tribe; but it is alleged, as I have already explained, that this is a mere fable, and that, on the arrival of the colony from Chitaur, this family were Magars. One of its branches, however, has long adopted the Hindu rules of purity, and has intermarried with the best families, although not without creating disgust; and the other branch remains in primitive impurity, although we have seen that the same is the case with the Chauhans, who long pretended to a great superiority over the chiefs of Gorkha.

The first persons of the Gorkha family, of whom I have heard, were two brothers named Khancha and Mincha, or Nimcha, words altogether barbarous, and in no manner resembling the high sounding titles of the family of the sun, from whom the Pamars pretend to be descended. From whence these persons came, I did not learn; but Khancha was the founder of the p. 241impure branch of the family, and Mincha was the chief of Nayakot.|

Khancha र Mincha or Nimcha भन्दा अगाडिको वंशलाई भाषा वंशवाली अनुसार भारत देखि आएका हुन भनेर उल्लेख गरिएको पाइन्छ , तर ह्यामिल्टनले उक्त कुरा उल्लेख नै गरेका छैनन् । यसलाई उनले ठाडो उल्लंघन गरि आफ्नो तर्क पेश गरेका छन् जुन माथि उल्लेख भै सकेको छ । माथिको तर्क सादुराम उपाध्याय र तत्कालिन राजाका काका समर वहादुरलाई सोधेको प्रश्नको उत्तरलाइ आधार मानेर लेखेका थिए ।

यसरी नै William Brook Northey ले आफ्नो पुस्तक Land of The Gurkhas - or The Himalayan Kingdom of Nepal भन्ने पुस्तक मा निम्न कुरा उल्लेख गरेका छन् ।

Of the large number of tribes however into which the Gurkhas are grouped, the chied are the Thakur, Chetri or Khas, Newars, Gurung, Magar, Rai, Limbu, Sunwar and Tamang, to which should be added also the Brahamans, though these can hardly be described perhaps as Gurkhas proper. They occupy, however, the same high social standing that they do in India and it is from their ranks that the official priesthood of the country is exclusively drawn.

Of the other tribes I have mentioned, the pure – blooded Thakur occupies the highest social standing- the Brahman excepted – of all Gurkhas. They claim royal descent, and the head of their best clan the sahi or sah is the king of Nepal himself. Very intelligent, smart in appearance, and endowed with the highest military qualities, the Thakur is the beau-ideal of Gurkha solder. While, owing to their Rajput ancestry, in appearance Thakurs resemble Chetris in certain cases, the majority are hardly distinguishable from the Mongolian looking Magars or Gurungs. I have already spoken of the Khas or Chetris is my reference to Moslem invasion during the twelfth century. Owing to the strain of Indian blood that runs in their veins, they differ greatly in appearance from the purely Mongolian tribes, being generally taller, and less thick-set, and without the strongly Mongolian cast of countenance that the others possess,

। त्यसैले ठकुरी को हो भनेर बुझ्नको लागि सतहमा वहेर कहिले पनि भेट्टाउन सक्दैनौ । यसकोलागी गहिरो अध्ययनको खोजि आवश्यक छ । जो इतिहासमा अझै वांकी छ । हामी आदिवासी हौँ भन्ने धेरै प्रमाणहरु छन । हामीले ह्यामिल्टन बुकानन, कर्कपेट्रीकको अर्थशास्त्र, एडेन भान्सिटार्ट को नोट अफ नेपाल , डोर वहादुर विष्ट, डा. सूर्यमणि अधिकारी, जोन वाल्टन, वावुराम आचार्य आदिको इतिहास पढ्नु पर्छ । होइन भने भने हामी सधैं कुहिरोको काग भएर रहन्छौ ।जसले कसैलाई पनि फायदा गर्दैन । ठकुरी मंगोल र खस ककेशियान मुलको वंशज हो तर मिसिएको होइन l जात कायम गरेर अघि बढेर सयुंक्त ठकुरी बनेको हो l जसले जातको प्रतिनिधित्व गर्दैन l ठकुरीहरु खस मात्र होइन र मिसिएको पनि होइन l

No comments: