जान्नु पर्ने

नेपालमा शारिरिक वनावटको आधारमा २ किसिमका मानिसहरू पाइन्छन । 
१ मंगोल - भनेका किराँतहरू जस्तै कुसुण्डा, राउटे, चेपाङ्ग, मगर, गण्डक क्षेत्रका ठकुरी, गुरूङ, लिम्वु, तमाङ र राइहरू 
२ आर्य भनेका वाहुन, राजपुत, दलित र खसक्षेत्रीहरू । 
यो ब्लग ठकुरीको मात्र भएकोले यहाँ ठकुरीको बारेमा मात्र अध्ययन गरिएको छ  ठकुरीमा पनि यहि २ जातिको स्वभाव देखिन्छ यो किन र कसरि भयो भन्दै दुइ भिन्न जाति भए पनि एकै संस्कार मान्ने भएकोले जोन वाल्टनले धन्यवाद दिएका थिए त्यहि धन्यवाद भित्र उनले शाह राजाहरु मगर बाट कसरी आर्य राजपुतको पैरवी गरे भनेर विश्लेषण पनि गरेका छन्  । 
शारीरिक संरचना :- 
ठकुरीहरू स्वभावैले दुइकिसिमका शारिरिकवनावट भएका जाति हुन ।  कर्णालीको उत्तरी क्षेत्र लगायत गण्डक क्षेत्रभरीका २२ र २४ राज्यकालका अधिकांश ठकुरी गोरो वर्ण नांक थेप्चो, बाटुलो मंगोल मोहोडा भएका ठकुरीहरू छन ।

सुदुर पश्चिमको दक्षिण भेल्ट तिर ककेसियन खस मोहोडा र राजपुत जस्ता देखिने यी ठकुरीहरू आफुलाई ठकुरी भन्दा पनि  ठाकुर वा क्षेत्रीयको पगरी गुथाउन खोज्छन  । 

केहि ठकुरी महिलाले वाहुनसँग विहे गरे पछि  जन्मेका सन्तान हमाल हुने र दरवार र राणाले बिहे वारी गरे पछी केहि ठकुरीहरूले पनि भारतको प्रभाववाट राजपुत भएको स्वाङ पारेको देखिन्छन । ठकुरीहरूमा मुलरूपमा मगर जस्तै कुसुण्डा वा राउटे पृष्ठभुमिका ठकुरी नै झर्रा ठकुरी हो  । कुनै वेलामा लिच्छविकालिन समयमा जातिवाचक शव्द वनेको ठकुरी शव्द समय परिस्थितिले फरक फरक शारिरिकवनावट र फरक फरक सामाजिक मुल्य र संस्कृति वोकेके ठकुरी शव्दले आजभोली जातिवाचक होइन समुहवाचक वोध गरेको पाइन्छ । 
ठकुरीहरूमा सबैभन्दा प्रचलित शव्द झर्रा हो । जात वियाँल्ने क्रममा यसको प्रयोग भए पनि यो विषय अहिले चलनचल्तिबाट हराउदै गएको पाइन्छ । ठकुरीको हकमा झर्राको अर्थ अन्तरजातिय विवाह नभइ ठकुरीले ठकुरीकै कुल कुटुम्व मिलाएर गरिएको घरपरिवारलाइ भनिन्छ । त्यसैले ठकुरीहरूमा  नेपालका गणडक क्षेत्रका आदिवासी कुसुण्डा, राउटे र ठकुरीहरूको उत्पति मगर वा मगर जस्तै जनजातिसंग नजिक देखिन्छ, ह्यामिल्टनले ठकुरी वा शाह ;सेनको उत्पति मगरजाति हुन भनेका थिए  भने डोरवहादुर विश्टले पनि सुदुर पश्चिमका खस र अन्य क्षेत्रका मगर जनजातिबाट विकसित भएको जाति ठकुरीहो भनेका थिए । 
ठकुरीको भाषा ः यो कारणले ठकुरीहरूको भाषा फरक फरक पाइन्छ । जस्तै कुसुण्डाले वोल्ने भाषा, राउटेले वोल्ने खाम्ची भाषा र खस भाषा गरेर ठकुरीहरूले ३ भाषा वोल्छन । यो तिनै भाषा ठकुरीको मातृ भाषा हुन 
ठकुरी सम्वत :- ऐतिहासिक काल देखि नै नेपालमा विभिन्न जातिले नेपाल उपत्यका वा खण्डित नेपालको थुम, कोट, गढ आदिमा राज्य शासन गर्दै आएको पाइन्छ , लिच्छवी कालका प्रतापी राजा अंशुवर्माले ठकुरी सम्वत चलाएका थिए र कैलाश कुट भवन ठकुरी सम्वत (३०) ५९१ इ. मा बनाइएको प्रमाणले पनि ठकुरीको आफ्नो पहिचान, सस्कृति र राष्ट्रियताको जग बसेको थियो । ठकुरी जाति हुने प्रमाण यहि विषय हो । यसलाई नेपाल सम्बत पनि भनिन्छ  । 

ठकुरी शव्द:- प्रशासन वा राज्य चलाउने काम ठकुराइ भएकोले त्यही शव्दबाट ठकुरी भएको भनाइ छ । इतिहासमा ठकुरीको बारेमा अंग्रेज लेखकहरूले Thakoor, Thakur, Thurgur, Thakurs, Thakulis लेख्ने गरेको अहिलेको नेपालको Thakuri लाई नै हो तर अंग्रेज लेखकले भारतीय ब्राम्हणको दोभाषे सहारा लिएका थिए तिनै ब्राम्हणले भारतका नाइँ कपाल काट्ने ठाकुर जस्तै नेपालको ठकुरीलाई ठकुरी नभनी ठाकुर भनिदिएका थिए उनीहरुले ठाकुर भने पनि नेपालको ठाकुर मगर जाति हो भनेको कुरा लुकाउनु हुँदैन  । ठकुरीलाई नेपालको वृहत शब्दकोशहरुमा छेत्रीय ठालु ठुलाबडाबाट ठकुरी जात र शब्द उत्पती भएको टिप्पणी गरेको छ, यसैलाई सामन्ती पनि भनिन्छ   । उसो त नेपालको पछिल्लो शाहबंश राजतन्त्र र त्यही शाही तन्त्रलाई फुस्ल्याउन र आफ्नो स्वार्थ पुरा गर्न नेपालका ईतिहासहरु लेखिएका थिए, गोत्र, काल्पनिक वंश,  राजपुत क्षेत्री र ठुलो जातको भ्रम यसैको परिणाम हो  । त्यही क्रममा शाहकालको उत्तरार्धकाल तिरको राणाकालिन शाषकको  तितो गतिविधि हेरेर केहि ठकुरीहरूको ईतिहासलाइ नक्कली वंशावली बनाएर धमिलाउने प्रयास गरियो जसलाई वावुराम आचार्यले उनको पुस्तक वडामाहाराज धिराज पृथ्वी नारायण शाहको जीवनी पुस्तकमा सबै महा काल्पनिक वंशावलीको संज्ञा दिएका छन् त्यहि झुत्रो वंशावली सेन्हारुले २०० वर्ष पछी र १०० वर्ष अघि मल्लहरुले जवर्जस्ती सारेर चितौडको राजपुत भएको असफल प्रयास गरे केहि ठकुरीहरुमा राजपुतको भ्रम यहि कारणले उब्जेको थियो   । नेपालका शाह शाषकले  राजा रण बहादुर शाह देखि ज्ञानेन्द्र राजा सम्म कसैले पनि ठकुरी राजकन्या भित्राएका थिएनन । भृकुटी,  मनकामना, सल्यानकोट देवी, चन्द्र प्रभा कौश्ल्यावती जस्ता आदर्श नारी जन्माउने ठकुरी आमाले राजेन्द्र लक्ष्मी बाहेक त्यस पछी  कुनै देवी जन्माउन दरवारले सकेन त्यसैले नेपालको शाह दरवार ठकुरी कन्या विहिन भयो  जसको फलस्वरूप पृथ्वी नारायण जन्मेको शाह राजतन्त्रको कोखमा राजवंश नै मास्ने  दिपेन्द्र जस्तो क्रुर शाशक जन्मिएर आफै मारेर र मरेर गयो भने जिउदो पारस जस्तो गजडी लठुवा आलोक प्रिय  शासक बनेर आए पछी नेपालका गणतन्त्रवादीले अवसर पाए  । त्यसैले ठकुरी शव्द जनजाती आदिवासी श्रोतलाइ  बेदमा होइन नेपालको भुइको इतिहासमा खोजौं  । वैश्य ठकुरी कालले ठकुरीको वास्तविक इतिहास देखाउछ  । ठकुरी शव्दको उत्पति भारतको राजपुतको धोतीको फेरोमा होइन । ठकुरी त  नेपालको माटोलाइ छोएर बनेको मूल शव्द र रामापिठेकसको सन्तान  हो  । 

पृथक एबम महत्वपूर्ण पहिचान :-
दर्शन - ठकुरीहरूको एउटा मात्र अत्यन्त सजिलो चिनिने मुख्य आधार भनेको आपसमा भेटहुँदा उमेर साइनोमा सानाले ठुलालाई आधार गर्ने नाता दर्शन हो । (देब्रे हातले दाहिने कुहिनो छोइ दाहिने हात शिरमा राखेर टाउको निहुराएर गरिने आपसको सम्वोधन हो ) ठकुरीहरू आदिवासी जनजातिबाट पृथक जाति वने पछि धेरै सत्ता र शक्तिको नजिक रहे । ठकुरीहरूले सेनाको सलामीलाइ व्यवहारमा ल्याए । त्यही सलामीलाइ पछि  दर्शन भनेको पवित्र ठानेर प्रयोग ल्याइएको हो ।  दर्शन केहि मगर वा खस जातिमा प्रयोग हुने जदाै सगं मिल्न पनि गएको देखिन्छ । वावु आमाले छोरी र ज्वाइलाइ तथा दाजुले वहिनी र ज्वाइलाइ विवाहको दिन कन्या दिएर ढोग दिए पछि, कुनै पनि ज्वाइले पहिलो सशुराली जाँदा देखि अनन्तकालसम्म भेट भएको बेलामा पहिले ज्वाइले शसुरा जेठान वा साइनोमा जेठोलाइ नै सलाम वा दर्शन गर्नु पर्छ तव मात्र सासु शसुराले ज्वाइलाइ दर्शन फर्काउछन । तर अन्य क्षेत्रीवाहुन समाजमा भने यसको विपरित ज्वाइलाइ शसुरा र सासुले नमस्ते गर्ने प्रचलन थियो ।
नाता - सम्वन्धमा जन्मदिने आामालाइ मुमा/ मुवा जी/ज्यू , बाबालइ वुवा/ब्वा जी/ज्यू हाम्रो छुट्टै पहिचान हो । नजिकका नाताहरू क्रमश जेठु, साइलु, माइलु, कान्छु बुवा जी/ज्यू तथा मुमा जी/ज्यू, जिजु बुवा-मुमा जी/ज्यू , दाजी ,आजी, भाउजु ,भेनाजु , फुवाजु-फुवा वा पुषाजु -फुजु, मामा-माइजु, भान्जी-भानिज्, मुमाको बहिनीलाई क्षेमा/सानोबुवा/ठुलो मुवा जी/ज्यू । आफु भन्दा सानाहरुलाई स्तरीलिङ्रग भए मुइया- पुलिङ्ग भए बाबु, प्रयोग गर्नु ठकुरीको पृथक निधी हो ।
ठकुरीहरुका थरहरु
उच्चै , खान, खााण चन्द ,ज्यु ,पाल , बम, बंशी, मल्ल , मेदासी ,राठौर, शाह , शाही , सिंह ,सेन, हमाल, आदी ,..अरु हजुरहरुको पालो......... । A millitant Race of Nepal भन्ने पुस्तकमा Nagendra Kr Singh ले र Notes of Nepal भन्ने पुस्तकमा Eden Vansittart ले ठकुरीको Clans लाई निम्न वमोजिम उल्लेख गरेका छन् । उनीहरुको सो पुस्तकबाट ठकुरीका बारेमा थप जानकारी पाउन सकिन्छ । उनीहरुले ठकुरीलाई Thakurs भनेका छन् | यस भित्र पर्ने Clans हरु यी हुन -Bam, Bansi, Chand, Jue, Jiva, Khan, Malla or Mal, Man, Raika,, Rakhsia, Ruchal , , Sahi, , Sen, Sing, Sumal, Uchai. Hamal गोर्खाली शाह राजाहरुको पूर्वज वंशहरू खान्चा खान र मिन्चा वा निम्चा खान हुन । आजभोली खानलाई खांड वा खाण पनि लेखिन्छ उनीहरुको उत्तराधिकारी देखि गोर्खा राजाको शाह वंश स्थापित भएको कुरामा कसैको दुइमत छैन । जुना कुरा फ्रेन्च लेखक ह्यामिल्टनले लेखेको पुस्तक बाट पनि स्पष्ट ब्याख्या गरिएको छ । तर ..२२ से र २४ से राज्य संग सम्बन्ध नभएका ठकुरीका थरहरु यी हुन , रासकोट्या, रुचाल , वंशी , सृणत, रैका, उचै , ज्यू , राय , जल, धौल, जड, देउ, कल्याल र मेदाशी आदि ।
चाड पर्व, संस्कार र विवाह :-
लिच्छिविकाल पछि वैश्यठकुरी काल भनेर इतिहासमा एउटा बलियो वशं देखा पर्छ तर पनि ठकुरीहरूको चालचलन सबै ठाँउमा समान किसिमको पाइदैन । ठाँउ अनुसारको भिन्नता पाइन्छ । गण्डक क्षेत्र तिर मातृसतात्मक प्रणाली पाइन्छ जस्तै मामाको छोरी विवाह, छेवर प्रथामा मातृत्व देखिन्छ ( छेवर भान्जाको कपाल मामाले पहिलो पटक काटिदिने प्रचलन र मामाको छोरी बिबाह गर्ने )गण्डक क्षेत्र देखि पूर्व र नगर्ने सुदुर पश्चिम तिर चलन भएको पाइन्छ । गण्डक क्षेत्र तिर नाचरी, चुड्का, बालन, पन्चेवाजा नाच्ने प्रचलन रहेको पाइन्छ भने सुदुर पश्चिमतिर देउडा नाच्ने, मष्टो पुज्ने, गाैरा पर्व र छाउपढी वार्ने प्रचलन पाइन्छ । यसको अलावा माघे सक्रान्ति, साउने सक्रान्ति, तिज, जनै पुर्णिमा, बैसाखे पुर्णिमा, शिव रात्री , फागु पुर्णिमा आदि जस्ता चाडवाड मनाउछन । छरिएर लामो समयसम्म ठकुरीहरू मिश्रित समाजको बसोवासले सबै ठकुरीहरुमा सस्कार परिपालन गर्ने कुरामा एकरूपता छैन । बिशेष गरि बिबाह ब्रतवन्ध र अरु विभिन्न चाडवाडहरुको प्रयोजनको हदमा आफ्नो गाउँ वा टोल र जिल्ला तथा विकाश क्षेत्रलाई औलाएर आफ्नो-आफ्नो पट्टिको प्रचलनहरु यस्तो उस्तो भनि वर्णन गर्ने वा भन्ने चलन छ । ठकुरीहरु प्रकति पुजक पनि हुन स्थानीय स्थानी मानीको रुपमा ठकुरीहरुले प्रकृतिको सारा वस्तुलाई पुजा अर्चना गर्दै आएका छन् जस्तै गौडी पूजा ( गाईको गोठ ) भीमसेन पूजा ( भैसीको गोठ ), भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा सन्सारीमाइ, अनाज पूजा - धानको बाला बाल चतुर्दशी न्वाइ खाने, घैया र मकै भएर लाई चडाएर मात्र खाने चलन वा पूजा, संसारीमाईपूजा-प्राकृतिक विपत्तिवाट जस्तै चट्टयाङ्ग-वर्षा- वायुपुजा ,हावाहुरीखोला नाला को विपत्ति वाट जोगिनको लागि गरिने पूजा )श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा, वर पिपलको पूजा, आदि | यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने ठकुरीहरू प्राकृतिक पूजक पनि हो । आफ्नो अदिवासी अवस्था राउटे र कुसुण्डा नखोज्नु ठकुरीको ठुलो कमजोरी हो, ठकुरी जनजातीले जनै हालेर क्षेत्री भएका हुन ।
दशै तिहार सबै नेपालीको जस्तै दशैँ र तिहार नेपालकै मुख्य चाड हो । दशैमा विभिन्न कोटहरूमा विभिन्न किसिमका वलीहरू दिइने गरिन्छ । खान वा शाह वंशको कुल देवताहरूका स्थानमा पञ्चवली दिइने चलन रहेकाे छ । ठाँउ हेरी सुंगुर, रागो भेडा, बोका र हाँस वली दिइन्छन । विशेष नव दुर्गा लाइ महत्व दिने र पुर्णिमाको दिन सम्म टिका लगाउने प्रचलन ठकुरी समुदायमा देखिन्छ ।
वैवाहिकचालचलन:- ठकुरीहरूको चालचलन ठाँउ अनुसार फरक फरक पाइन्छन । मुलत सजातीय आफ्नै ठकुरी थर भित्रका फरक फरक थर र गोत्र मिलाई मागी वा प्रेम विवाह भएमा प्राथमिकता दिने गरिन्छ र यस्तो विवाहले पूर्ण सामाजिक मान्यता पनि पाउछ । गण्डक क्षेत्रका ठकुरीहरूले मातृसतात्मक अभ्यास पनि गरेको पाइन्छ यसको प्रमाण मामाको छोरी विवाह गर्ने चलन लिन सकिन्छ, जसलाई फुपू चेलो मामा चेलो चल्ती भनिन्छ ।सुदुरपश्चिम बाहेक नेपालको सबै गाउँ र वस्तीहरुमा यो चलनलाई महत्वपूर्ण नै मानिन्छ । मुलत नेपालका अहिलेका केहि जनजाती मगर, दुरा र राउटेहरूमा रहेको प्रमुख चलन मध्य यो जातीय पहिचानको वलियो आधार ठकुरी जातिमा पनि रहेको छ । नेपालको शाह वंशीय राजपरिवारले पनि मामाको छोरी विवाहलाइ निरन्तरता दिएका थिए । कर्णाली प्रदेशको अधिकांस क्षेत्रमा बस्ने पुरानो धामी धर्म मान्ने ठकुरीको विवाह परम्परा निकै फरक रहेको छ केटिको बाबुलाई भैसी , गाइ, घोडा दिएर केटि किनेर विवाह गर्ने चलन छ डोर वहादुर विष्ट । नेपाल अधिराज्य भरिको ठकुरीको विवाहमा शाही पिच्छा लगाउने , शाही पाटाको सामान लैजाने गर्छन ( ठकुरीहरूले विवाहमा दुलहीको घर जाँदा दुलाहाको घरवाट विभिन्न किसिमका वन्द टपरीमा फरक फरक पारेर फलफुलहरू, ठेकीमा  दहि, लिएर जाने चलन छ , शाहिपाटाको सामान फर्कायो भने असुभ ठानिन्छ र फर्काइदैन तर वाहुन क्षेत्रीको शाहिपाटा फर्काइन्छ भने गुरूङ मगरहरूले दहिको ठाँउमा रक्सी लिएर जान्छन ।)  , । ठकुरी जाति भित्र मिश्रित समाजले पारेको प्रभावले गर्दा उनीहरुको चाल चलन र विविध संस्कार वा पूजा आजा गर्दा वा पर्व मनाउदा उनीहरु अलमल र दोधार हुने भएकाले ठकुरीको विवाह मल्ल मल्ल , राजाको जन्ती ठकुरी ठकुरी पनि भन्ने भनाइ व्यापक सुनिन्छ । ठकुरीहरूमा बढोत्तरी संस्कृतिटाइजेसनले यस्तो अवश्था भएको हो भने फरक फरक पृष्ठभुमिका ठकुरीहरूमा वर्णव्यवस्थाको प्रभावले एकरूपता खोजिन्छ तर अपुर्ण हुन्छ । 
भेषभुषा :- आदिकालमा रुखको बोक्रा लगाउने मानव विकास क्रम संगै मानिसको आर्थिक, सामाजिक र संसाधनको विकासले गर्दा हरेक समाजमा ब्यापक परिवर्तन भएको हो । सोहि क्रममा ठकुरीको भेषलाई पुरुषको भोटो कछाड माथि र महिलाको गुन्यु चोलो मुजेत्रो जस्तो सानो तर मुजा परेको लामो कपडाले एईठे ( शरीरमा एकोहोरो लुगा देब्रे कुम माथि बाट लगेर दाहिने काखिमुनी कमर हुँदै पछाडी लगेर पार्ने गाँठे पार्ने पनि भनिन्छ र तत्काल यसको तुरुन्त अनुसन्धान अपरिहार्य छ । ठकुरी जातिलाई लगाई खुवाई भेष भुषा कुसुण्डा र राउटेले लगाएको भेषलाई विकसित गरिदा जुन पहिरन देखिन्छ त्यसलाई नै विकसित गरिनु पर्छ । आजको आधुनिक विकास क्रमको परिवर्तनको साथ साथै ठकुरीहरुले आफ्नो पोशाकलाई प्रयोगको हतार गरेर र गहिरो अध्ययनको अनुसन्धान विना भारतिय राजपुत जस्तो जामालाइ आफ्नो जातीय पहिरन देखाउनु अत्यन्त हानिकारक मात्र होइन एतिहासिक आधारलाई तोडमोड गर्ने तुच्छ सहास मात्र हो । ठकुरीको भेषभुषाको बारेमा अत्यन्त गम्भीर भएर सोच्न र ऐतिहासिकतालाई साक्षी राखेर अघि वढ्न सम्पूर्ण पक्षलाई विनम्र अनुरोध पनि छ ।
व्यावहारिक भाषा :- आइबक्स्योस, ज्युनार गरीबक्स्योस, राज गरीबक्स्योस, आदीको प्रयोग राणा र दरवारले बोल्ने भाषा हुन तर आजभोली सबै जातजातिले बोल्छन । उतिबेला मगरवाट जनै लायर बनेका ठकुरी, खसबाट वनेका क्षेत्री र ठकुरी, वाहुन र दलितहरूको अहिले भने सबैको  वोल्ने मातृभाषा खस नेपाली भाषा भएको छ  । तर ठकुरीहरूले जनै लाए आफ्नो संस्कार, भाषा र भुषा बिर्सेर क्षेत्री भए पछि नेपाली भाषालाइ नै मातृभाषा अपनाएका थिए जनजाति ठकुरीहरूको पछिल्लो भाषा कुसुण्डा र राउटे थियो, यो चटक्कै विर्सिएको हुनाले ठकुरीहरू अलमलमा परेका छन । यो अलमलतालाइ राउटे र कुसुण्डाभाषाको पहिचानले  आत्मासाथ गरेर ठकुरीहरू पुनः परिचित हुन सक्नु पर्छ ।
निष्कर्ष :- अधिकांस ठकुरीहरुले उसको जनजाति पहिचान खोजेका छैनन । यस्तो हुनु भनेको पहिचान र संस्कृति विहिन बन्दै जानु हो । ठकुरीहरूको फरक फरक शारिरिक बनावट र फरक फरक रहनसहन भएकोले सबै ठकुरीहरू समान देखिदैनन । अहिले वोल्ने र लेख्ने गरेको यो भाषा खस नेपाली भाषा हो । यो भाषालाइ मातृभाषाको प्रयोग गर्ने सबै वाहुन, क्षेत्री, ठकुरी सन्यासी र दलित खस जाति भए पनि गण्डक क्षेत्रका ठकुरी खस होइनन मगर जनजाति हो । यहि मगर ठकुरी जनजातिको पहिचान मास्न खस आर्य  भित्रका ठकुरीहरूनै क्रियाशिल छन । त्यहि खस आर्य भित्रका ठकुरीहरू पनि व्राम्हणबाट प्रभावित छन । नेपालको वृहत शव्दकोषमा परिभाषित कथित उच्च जात ठुला क्षेत्री भनेर ठकुरीलाइ भनिन्छ र ठकुरीहरूले ठुलो र उच्च जात कै अनुसरण गरेको पाइन्छ । केहि अभियान्ताहरू वर्णव्यवस्थामा रमाएको र यहि वर्गिय जातव्यवस्थाकै व्याज खाइरहेको स्पष्ट देखिन्छ, यसो हुनु ठकुरीहरूमा परिवर्तन भावाना पन नदेखिनु आश्चर्य र डरलाग्दो जात वर्ण व्यवस्था उच्च भावना र ठालु सामन्त प्रवृति देखिन्छ, भन्दैमा उच्च भाषा र सभ्य भनेर गर्व गर्छन भाषा उच छ भने निच भाषा कुन हो प्रति प्रश्न नगर्ने ?   किनकी ठकुरीहरूका आधिकारीक प्रोग्रामहरूमा ठकुरीहरू विष्णु, शिव र शंकरभगवानका अवतारहुन भनेर प्रशिक्षण दिएका र गोत्र खोजेका युटुवहरूमा देखिन्छन, धर्म नमान्ने भनेको होइन तर ब्राम्हणवादमा किन रम्नु पर्यो भनेको हो । नेपालको सविंधान अनुसार खस आर्य र जनजातिको अपव्याख्या गरेर पुरानो राज्यसत्ताले अंगालेको विभेदकारी नीति अन्तर्गत जन्मको आधारमा बिष्णु भगवान र सुद्रको परिकल्पना गरेको  ४ जात ३६ वर्णको मात्रै गीत गाउने ठकुरी अभियन्ताहरू छन । रणवहादुर शाह पछि कुनै पनि शाहराजाले ठकुरीको छोरी विहे गरेनन, त्यहि शाहराजाका सन्ततिले भारतिय राजपुत र खस कुँवरसंग विहे गरे पछि भारतिय संस्कार र वाहुन क्षेत्री संस्कृतिलाइ ठकुरीको पहिचान र संस्कृति भनेर जवरजस्ती बनाउन खोजेको छन । यो कुरा सत्य के हो भने नेपालका दुवै मुलका खस वा किराँत मुलका भुमिपुत्र ठकुरी जनजातिले जनै भिरेर क्षेत्री वर्ण वनेका थिए, । गण्डक क्षेत्रका ठकुरीहरू गुरङ मगर जस्तो हुनु भाग्यमानि ठान्छन तर अफ्ना पुर्खा मगर सगं जोडिएको इतिहास हुँदा पनि नसुने झै गर्छन । आजको युगमा पनि यस्ता ठकुरीहरूलाइ के भनिदिनु पर्ने भने मगरहरू ठकुरीजातबाट झरेको भनिदिनु पर्ने, ठकुरीहरूलाइ ठुलो नै बनाइदिनु पर्ने । ठकुरीलाइ दाइ र मगरलाइ भाइ भन्ने चलन थियो । यो मगर र ठकुरी गाँउमा सबैभन्दा प्रचलित र प्रख्यात लोक जनश्रुति हो । एउटै कुल पुज्ने जातिको दुइजात हुनै सक्दैन तर धार्मिक कारणले जनै लाउने र जनै नलाउने यसको अर्थ मगर र ठकुरीलाइ वर्ण व्यवस्थाले नाराम्रै गाँजे कै देखिन्छ । गण्डक क्षेत्रका ठकुरीहरूको भाषा र धर्म खस तिर मिल्छ भने जात र वंश मगर तिर मिल्छ तर पनि केहि ठकुरीहरूले अपुरो, अपुष्ट, वंश र गोत्रको अपव्याख्या गरेको पाइन्छ, यस्ता व्याख्याता प्राय पन्चायत कालमा बनेका सासंद वा राणाकालिन समयका जागिरेहरूका सन्तानहरू छन, जो काठमाण्डाै मै घरवार गरेका ६, ७ पुस्ते भका दरवारिया जातिका सन्तानहरू दरवारका नजिक हुन खोजेका शाह र राणाजीहरूको निकट र नातेदारहरूले गाँउ गाँउमा भ्रष्ट वशावली र गलत सन्देश लिएर गएको देखिन्छ, यसैको आधारमा शाहराजा मात्र होइन ठकुरीहरू नै भारतिय राजपुतको वंश भएको तिनैका चेलाहरूले अहिले भन्ने पनि गर्छन । कति सम्म पाइयो भने पृथ्विनारायण शाहको नक्कली तस्विरलाइ सक्कली भनेर अपव्याख्या गरेको पनि देखियो । ब्राम्हणवादी चिन्तन बोकेका ठकुरीहरुले ठकुरीको जनजाति पहिचानको बारेमा वोल्ने र लेख्नेलाइ धम्कि दिदै कथित ठकुरी समाजमा प्रतिवन्ध लगाउदै आएका पनि छन ।
बाबुसाहेबको पगरी थाम्न पेट भरि ढेडो खाएर कुकुरलाई कलो दिन बाहिर आउदा अलिकति जाउलो देखाएर संधेरमा भएका क्षिमेकीलाई आफ्नो वास्तविक आर्थिक स्थिति लुकाउन खोज्ने भनेर दोष पाइरहेको यो जातिको लागि शैक्षिक, सामाजिक , आर्थिक जस्ता मानव विकासमा परिवर्तन आउनु पर्ने देखिन्छ |
बाबुसाहेव र मुइया साहेवको प्रयोग गरेर समाजमा अन्य जातिले कसरी फायदा उठाएको छ त्यो हामीलाई पत्तो नै छैन | एकजाना हली र भरिया भएका ठकुरीलाई बाबुसाहेव भनि दिनु पर्छ उनीहरु फुरुंग भएर टालेको सिरको टोपी निकालेर निधारको पसिना पुच्छदै र फाटेको कछाड सिहार्दै आफ्नो दु:ख पनि विर्सन्छन भनेर अरु जातिले वखान गरेर कुरा काट्छन । किनकी ठकुरीलाई प्रशाशाको भोगी जात भनेर अरु जातिले राम्रो सँग चिनेका छन् । दु:खको भारीमा होस् वा अन्य कुनै प्रयोजनमा स्वार्थि वावुसाहेवको पगरी कतिन्जेल लगाउने यो विचारणीय छ । झन झन अन्यजातिले सम्मान दिएनन भनेर ठकुरी ठकुरी विचमा आँफै आफैमा बक्स्योस र स्यो थपेर बोल्दै ठकुरीभाषा भनेर गलत व्याख्या गर्दै माहाराज र माहारानी भनेर दुनियाँ चकित बनाउने दुष्साहस गरेका छन । चट्याङ वावुसाहेव भनेर हास्यव्यङ्ग टेलीसेरियलमा र टुल्के नेपाली चलचित्र हेर्दा लाज लागेको थियो । दिपकराज गिरीको लावन्यदेशको राजा व्यङ्य भित्र मैले जे बुझे आफैलाइ नै भनेको होकी भनेर मुख छोपे ।

भ्रम :- ठकुरी महिला र वाहुन पुरुषबाट जन्मेको सन्तान मात्र हमाल हुन्छ भन्ने बुझाइ छ तर यो बुझाइ संकीर्ण छ किनभने राउटे भित्रको हमाल जस्तै ठकुरीको पनि हमाल थर अन्य जस्तै झर्रा र समान थियो । विगतमा समय क्रमसंगै कुनै वाहुनले कुनै झर्रा हमालठकुरीको छोरी चोरी विहे गरे पछि उनिहरू देखि जन्मेको सन्तान वाहुन तिर स्विकार नहुने हुनाले आमा तिरको थर शुद्द हमाल नै कायम गरि हमाल ठकुरी भनेर चलन स्थापित गरिएको हो । अन्य र त्यसपछिका वाहुन पुरुष र जुनै थरि ठकुरी महिलाको चोरी बिबाह र उनीहरुबाट जन्मिएको सन्तानको हकमा पनि यहि हमाल ठकुरी कायम हुदाँ जसको फलस्वरूप हमाल लेख्ने चलनले यसो भएको हो । वास्तवमा हमाललाई झर्रा, पुरानो र नयाँ भन्ने चलन पनि छ । नयाँ भन्ने गरिएको हमाल ठकुरी पनि हाम्रो गौरव हो । जुन सबै ठकुरी थर समान हुन्छन ।
''जय दर्शन ''
केहि मननीय कुराहरु
१. मनमथ राना , मिचा खान खान्चा खान मगर भाषाबाट नामाकारण भएका नामहरू हुन उनिहरू शाहवंशका आदिपुरुष थिए ।
२.खस साम्राज्यको अवसान पछी मात्र मगर सामान्त राजाहरुले खान, सेन शाह आदिका रुपमा आ-आफ्नो थर परिवर्तन गरि आफुलाई स्वतन्त्र राजा घोषित गरेका थिए'' '' खश साम्राज्यको इतिहास'' पुस्तकमा ' डा. सुर्य मणि अधिकारी
३. जुम्लाका पुण्य मल्ल, पृथ्विमल्ल र रिपुमल्लहरू वाैद्धधर्मालम्वीराजा धिए । पुण्यमल्लबाट कुदिएको शिलालेखमा उम मणिपद्मे हुँ भनेर लेखिएको छ भने रिपुमल्लको अभिलेख लुम्विनीको अशोकस्तम्भमा लेखिएको छ । त्यस क्षेत्रमा चन्दननाथको प्रवेश पछि बलिराजशाही नामक राजा शक्तिशाली भए । तिनै मल्लहरू, शाही, पाल, वम मल्ल ठकुरीहरूमा परिणत हुदै ,आएको अनुमान गरिएको छ । 
४. राज परिवारले ल्याएको राजवंशावली भारतको चितोढ तिर जोडेको भष्ट्र वंशावली हो बाबुराम अचार्य शाहवंशको आदि पुर्खाको पहिलो नाम जैन खान देखि नै प्रमाणित भएको हुन्छ त्यहाँ भन्दा अगाडी भारत तिर जोड्नु दन्त्य कथा हो । - ऋषिकेश शाह । तिनै शाहको वंशावली आएपछि सेनहरूले शाहहरूको नक्कल गरेर उहि चिताैढतिर वंशावली सोजाए, त्यसपछि मल्ल र  सिहँहरूले आज भन्दा २० वर्ष अघि मात्र चितौड को वंशावली  पनि सारेर उतै चिताैढतिरै जोडेर ठुलो राजपुत हुन खोजे  । 
५.सेन, मल्ल, सिंह, चन्द, खान वा शाहका कुनै पनि ठकुरीवंशका राजाहरूले  इतिहासमा कुनै पनि राज्य लडाई लडेर जितेको वा कुनै अर्को  जातिले हारेको इतिहास नै छैन । जस्तै जुम्लाका मल्लहरू विस्तारै चल्ल झल्ल हुँदै मल्ल भए भने शाहहरू खान हुँदै शाह, शाही भए । सेन शाह सिह, चन्द र मल्ल ठकुरी राजाहरूलाइ मागेर ल्याएको कहानीहरू छन । ति सबै कहानीहरू एकआपसमा मिल्छन भने सबै माग्ने जानेहरू मगर छन । मागेर ल्याएको कहानीले राजा भएको केहि ठकुरीहरूमा यसको विश्वास पनि परेको हुन सक्छ तर हिन्दुधर्म नै नमान्ने फरक संस्कार  र भाषा भएका मगरहरूले हिन्दुधर्म मान्ने हिन्दीभाषा वोल्ने राजपुत क्षेत्रीजाति भए ल्याउनु पर्ने कारण  देखिदैन । इतिहासविदहरूले भने जस्तै ठकुरीहरू स्थानिय मगर जाति थिए तिनै मगरहरूले यज्ञपवित्र गर्दै जनै ग्रहण गरेर ठकुरी भएका हुन । 
६. राजा राम शाहले र नरभूपाल शाहले आफ्नो छोरा नभएकाले भुटान देखि लामा झिकाएर बुद्द गुम्बामा लामा बोलाएर पुजा गरे पछी पुत्र लाभ भएका थिए गोर्खाको इतिहासबाट दिनेश राज पन्त ।
७. मगरातको राजा मै हु भनेर पृथ्वी नारायण शाहले आफै भनेका थिए ।
८. राजा राम शाहको ददा थापा मगर र पृथ्वी नारायण शाहका ददा सुरद सिङ राना मगर थिए, ददा भनेको दाजु हो जो ददा अपभ्रंस भएर दादा भएको छ ।
९ .पृथ्वी नारायण शाहले आफ्नो एकीकरण भूमिका निर्वाह गर्दा विराज थापाका घरमा बसेर बनाएका थिए । गोर्खाको ईतिहासबाट दिनेश राज पन्त ।
१०.पृथ्वी नारायण शाहको मामाले वाहुन खस मगर र ठकुरी इनमा कसको सवार गरेमा काज फत्यहोला भन्दा वाहुनको सवार भनेको बयल हो पातक लाग्छ ठकुरीको सवार भनेको सिंह हो पछाडी दङ्गा हुन्छ । मगरको सवार भनेको टागन घोडा हो ढिलो हुन्छ । खसको सवा भन्याको ताजी तुर्की घोडा हो खसको सवार गर्या चाडो होला भनेका थिए ।
११. पृथ्वी नारायण शाहको सेनामा वाहुन, खस, मगर र ठकुरी थिए । तर अतिआवश्यक सुरक्षाको गौडा हरुमा मगर गुरुङ खस र ठकुरीलाई मात्र राख्नु भनेका थिए । यसको अर्थ खस, वाहुन , गुरुङ्ग, मगर र ठकुरी छुट्टा-छुट्टै जाति थिए । लोहा चपाउन्याजात भन्नाले खस गुरुङ्ग मगर र ठकुरी हुन ।
१२. २२ से र २४ से राज्य भन्दाका अघिका धेरै भुरे राज्यहरू मगर र गुरूङ्का थिए । त्यसै वेलातिर दक्षिणवाट आएका आर्य हिन्दुधर्मको ठुलो प्रभावपछि शक्ति र रजाैटाको वरपर रहेका मुखियाका परिवारहरूले जनै लाएर ठालु मुखिया हुँदै ठकुरी राजा भए ( डा. जगमान गूरूङ ) त्यो राज परिवारहरूको केहि काल पछि एउटा समुह वन्यो र विस्तारै त्यो समुहहरू को  ठकुरीको रूपमा जात बन्यो । 
१२. शाहवंश राजकुल,गोर्खाली गण्डकक्षेत्रका ठकुरीहरूमा र मगर जातिमा मामाको छोरी विहे गर्ने प्रचलन छ ।
१३. ठकुरीलाई आजभोली पनि कुसुण्डा भन्ने गर्दछन । जोहान र रेनहार्डको अध्ययनले कुसुण्डा र ठकुरी एकै रगत नश्लका जाति हुन ।
१४. राउटेहरुले आफुलाई ठकुरी भन्छन । उनीहरुमा हमाल शाही, सिहँ, चन्द थर पनि हुने यस जाति दुइ थरि कल्याल र रास्कोठी शाही र छन्त्याल शाही हुन्छन । 
१५.मगरहरूको वंशावली हराएमा “ठकुरी गाउँ पस्नू' भन्ने शिखरनाथ सुवेदीको थरगोत्र प्रवरावलीमा लेखिएको छ । (वाराणसी: १८२६)
१६. मगर र ठकुरीको समाल, उचै, रुचाल, सुर्यवंशी आदि थर दुवै जातिमा पाइन्छ ।
१७. बडा दशैका बेला गोरखाको लिगलिगमा मगर र ठकुरी कुमार केटाले षष्ठीका दिन उपवास बसेर चेपेघाटबाट फूलपाती ल्याएर सप्तमीका दिन पर्साएपछी मात्र दशैको टिका खुल्छ, आजभोली यो प्रचलन सेना र पण्डितले गर्ने गरेको पाइन्छ ।
१८. ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालत चलाउनु ( पृथ्वी नारायण शाह दिव्य उपदेश )
१९.पृथ्वीनारायणअघिका गोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरका राजा' भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य,)
२०. राजा रामशाहको रानी नै मनाकामाना देवी हुन् । गोर्खाको मनकामना देवी राजा राम शाहको रानी हुन भने उनको पुजारी पुरानो लखन थापा थिए , अहिले पनि उनै थापाका सन्तानहरु पुजारी छन् ।
२१. स्यांग्जाको लासर्गामा रहेको आलाम देवीको मन्दिर शाहवंशको कुल देवी भन्ने गरिन्छ र त्यहाँ मास्की मगरले पुजाआर्चना गर्ने गर्छन ।
२२. जुम्लाका बलिराज शाहीले उनको राज्यमा परेको संकटबाट पार लगाउन आर्थिक संकलनको लागि गरिने विधिको शुरुवातबाट नै तिहारमा खेलिने भैलोको उत्पति भएको हो । वलिराजशाही कल्याल शाही थिए  जुम्ला, हुम्ला, कालिकोट, दैलेख आदि क्षेत्रका शाहीहरूमा कल्याल शाही, रासकोटी शाहीहरू ठकुरीहरूमा सबैभन्दा उत्कृष्ट ठानिन्छन । यहि उत्कृष्ट शाही ठकुरीहरूकै वंश राउटे शाहीहरू पनि उत्कृष्ट शाही अन्तरगत पर्छन । 
२3. जुम्लाका हंशराज शाही ठकुरीलाई आफ्ना पुर्ख्यौली सन्तान मान्ने परम्परा थकाली जातिमा पाइन्छ । Micheal Vending त्यसरी नै मनाङ्ग र मुस्ताङ्गका वाैद्धधरूमाल्म्वी ठकुरीहरू पाइन्छन तिनै ठकुरीहरूको आदी पुरूष त्यहि क्षेत्रका मल्ल हुँदै पाल भएका वा पालहरू मल्ल भएका ठकुरीहरूकै थरका व्यक्तित्व देखिन्छन । यसले ठकुरीहरू वुद्दिष्ट पनि थिए भनेर अनुसन्धानकर्तालाइ जिम्मा दिन सकिन्छ । 
२४. शाह वंश  तथा गण्डक क्षेत्रका ठकुरीहरू मगरहरु हुन   - ह्यामिल्टन बुकानन - अन अकाउन्ट अफ नेपाल । डो
२५. ठकुरीहरू एकै जाति नभई खस, मगर र भोटे बाट विकसित भएका जाति हुन, शाह वा गण्डक क्षेत्रवरपरका ठकुरीहरू मगर हुन । खसान क्षेत्र वरपरका  क्षेत्री र ठकुरीहरू  खस हुन ।  डोर बहादुर बिष्ट - सबै जातको फूलबारी
२६.ठकुरीहरुको शारीरिक संरचना गुरुङ्ग मगर जस्ता छन् - भांसीटार्ट- नोट अफ नेपाल
27.आहिलेको स्याङ्गजा जिल्लामा अवस्थित आलाम देवी मन्दिरमा त्यहाँका ठकुरीहरूकाे कुल मन्दिर हाे त्यहाँकाे पुजारी मगर जातिका हुन्छन । जो नेपालको शाहराजाहरुको कुलदेवता पनि हो जहाँ सुँगुर पुज्ने गरिन्छ ।
२८. नेपालको गुरुङ्ग मगर जातिमा रहेको घाटु नाच कालु शाही मारिएपछी उनको नाबालक छोरो प्रसामु (प्ररसुराम) र बिधुवी नारीको गाथामा गाइने वियोगान्त गीत र नाच गण्डक क्षेत्रमा नाचिने घाटु नाच गण्डक क्षेत्रमा प्रख्यात मानिन्छ ।
२९. पाल्पा र मकावनपुरका सेनहरु मगर हुन भन्ने काठमाण्डौ र सिक्किमको लिखित प्रमाणित इतिहासले पुष्टि गरेको छ । 
30. गण्डक क्षेत्रका शाह र खान ठकुरीहरूको कुल पुजामा रागो पन्चबली र हरेक वडा दशैको बेलामा जाँड चढाउने परम्परा रहेके छ ।
31. ठकुरीहरूका कुमार केटाहरूले गण्डक क्षेत्रका कुनै कुनै ठाउमा अझै पनि अफ्ना भयर पुजा सुगुरले गर्ने प्रचलन देखिन्छ ।
३२ गण्डक क्षेत्रका ठकुरीहरूको छेवंर छ्यवंर छेवार मामाले भान्जालाइ पहिलाे पटक कपाल काटिदिने  र मामाको छोरी विहे गरिदिने मातृसतात्मक प्रणाली छ ।
३३. अन्तिम सोभान शाही राजा थिए उनैका दरसन्तानहरू बाट राउटे र ठकुरीहरू छुटिदै गएको अनुमान गरिन्छ । 
३४. प्रसामुराजा ( प्रसुराम शाही ) का छोरा बालकृष्णले मकावनपुरामा सेनको छोरी विहे गरेका थिए । उनि पछि कुसुण्डा बनेर गाँउछाडेर गएका थिए । 
त्यसैले हामीले यस्ता कुराहरुलाई बिचराधिन गर्नु पर्ने बेला आएको छ र आफ्नो पहिचान भावी कर्णधारलाई सुझाउनु परेको छ । नेपाली समाजमा सधैं निस्वार्थ, लालच रहित व्यक्तिगत र पारिवारिक स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय लक्ष्यका लागि अघि बढने तर समान ठकुरी पदले आफुलाई चिनाउने ठकुरी जो नेपालको भूमिमा आदिकाल देखि राष्ट्रियताको पक्षमा नेपाल आमाको सच्चा सुपुत्रको कर्तब्य परायणता भएर पटक पटक प्रमाणित गरेर देखाएको नेपालको सबै भन्दा पुरानो स्वर्णअक्षरले लिखित इतिहास र मौखिक जन श्रुती समेत रहेको अमर वीर मुलवासीको रुपमा परिचित छ ।
क्रमश