दिव्योपदेश


पृथ्वी नारायण शाहका दिब्य उपदेशहरु 
. लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुतो हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ. मेरा साथमा चार जातका सिपाहि छन् इन्मा कस्को सबार गर्या चाडो काज फत्य होला भनि सोद्धा के के जात छन् भनि सोधनुभयो बाहुन षस मगर ठकुरि इनमा कसको सवार गर्या चाडो काज फत्य होला भनि सोद्धा बाहुन्को सवार भन्याको बयेल हो. पातक् लाग्छ. ठकुरिको सवार भन्याको सिंघ हो पछाडि दगा हुन्छ. मग्रपको सवार भन्याको टागन् घोडा हो  ढिलो हुन्छ. षसको सवार भन्याको ताजि तुर्कि घोडा हो. षसको सवारगर्या चाडो होला भन्या जस्तो लाग्छ भनि अरु ढेरै कुराको अर्ति दि जानुभयोथ्यो.
. उप्रान्त ।। जड कुरो राजालाई चाहीन्या सिपाहिहरूको घरषेत् मिलाईदिनु  मल्जल् गर्छन  दुवै बोटि भित्र हाल्न पाउछन्  कबिलाको निर्फिक्रि हुन्छ. ढोका मा भया पनि गौडामा भया पनि सिपाहिहरूको छाति बलियो रहन्छ. पजनि गर्दामा पनि सये नाल का कम्पनी जन्माउनु  सये नालका सुवेदार चार पाँच लडाञीमा जस पाई आयाका यस्ता आफुल जाचि सुवेदार हाल्नु. सुवेदारले पनि सातपगरि दुई चार बाढ षायाका यस्ता सातपगरि... हाल्नु. सातपगरिले स्वह्र हुदा हाल्दा आफुसित मर्ने मान्र्य जाची १६ हुदा हाल्नु. १६ हुदाले पनि आफुसित मर्ने मान्र्य जाची सिपाही हालि आफ्ना आफ्ना पट्टि भर्ना गर्नु. पट्टी पट्टिमा सिपाहि पनि षस् मगर गुरुं ठकुरि यिनै चार जात मात्रै षिचोला गरि हाल्नु  तर्वार पर्दा साह्रो हुन्छ 
लुहा च्याप्न्या पनि इनै चार जात मात्रै हुन्  तरबार पर्दा साह्रो हु्न्छ  बैरि  क्या इन्द्रको आसन् पनि डगाइछ. हजारो धना. हजारौ पथर्कला. हजारौ षुडा. हजारौ तोप भया इन्द्रको आसन पनि डगाईछ.

. नेपालको किताब हेर्दा तुर्कना मंग्रात मुग्लाना हुन्या रहे   तुर्काना अघि भैगये  . मगरातको राजा मै हुं . मुग्लानाको दोस् मेट्नालाई आधा थुम मेटि कंपनी जमायाको हो . आधा षुडा आधा पथरकला बनायाको हो .

. उप्रान्त ।। टक्सार पनि चोषो चलाउनु. अदालथ मा पनि ठकुरि जाचि डिष्ठा राष्नु. मगर जाचि विचारी थाप्नु. कचहरि पिछे यक्यक् पण्डित राषी निञासास्त्र बमोजिम् अदालथ चलाउनु. अदालथका पैसा दरबारभित्र नहाल्नु ... फकीर पकिडा अतित जोगि सन्न्यासि व्राह्मणहरू इनैलाई दक्षिणा भोजन चलाई दिनु. उप्रेका पैसा दक्षिणा चलाई धोती रुमाल चलाइदिनु. यस्व भया असत्यको दोस् लाग्दैन.

. गुरुं मगर षान्ज्यादा भैयाद भारदार मिर उमराउ थरघर पुराना पुराना जाची घुंडा गौंडा मा राषनु. पुरुव पछिम्मा षर्स बाहुन लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छयाले दरबारमा विथिति गराउछन्  

 
केहि महत्वपूर्ण नोट
. जुम्लाका बलिराज शाहीले उनको राज्यमा  परेको संकटबाट पार लगाउन आर्थिक संकलनको लागि गरिने विधिको शुरुवातबाट नै तिहारमा खेलिने भैलोको उत्पति भएको हो  त्यसैले " भन भन भाइ हो देउसिरेरातो माटो चिप्लो बाटो ........ हामी त्यसै आएको होइन ,  बलि है राजाले पठाको देउसिरे भनेर भनिन्छ 
 . शाह वंशीय राजाहरुको पुर्खा खान्चा  मिन्चा खान हुन  खान्चा  मिन्चा भनेको मगर भाषामा जेठा  कान्छा हो  खान भनेको राजा भन्ने अर्ध लाग्छ  
 . शाह वंशलाई भारतको राजस्थानमा कुनै राजपुत  उनकी राजकुमारी सदलसँग कुनै मुसलमानले बैबाहिक प्रस्ताव राखेर गरेको आक्रमणको कारणले भागेर नेपाल आएको झुट समाचार बनाएको  यसलाई केहि देशी   विदेशी लेखकले शाह वंशको विरोधको रुपमा यसलाई उचालेको प्रष्ट इतिहास   गणतन्त्र आए पछि केहि जातीय मोर्चाले  नेपालको केहि राजनीतिक पार्टीले समेत यहि कुरालाई  पुष्टि गर्ने दुश्साहस गर्दै छन्  जुन झुटको पुलंद मात्र हो किन कि विदेश भारत देखि आएका ती भागुवाहरुलाई  तिमी हरु आएका रहेछौ जाति भयो तिम्रो नाम आज देखि खान्चा  मिन्चा भयो भनेर राजा बुझाउन खान भयौ भनेर भन्नु अति हास्यास्पद     उनीहरु यहाँ आएर कुनै वंशका राजा  कुनै समुह संग लडाई गरेर जितेको भन्ने इतिहास   यस सम्बन्धमा कुनै जन श्रुति नै  
 . पृथ्वी नारायाण शाहले आफ्नो सेनामा खसमगर , गुरुङ , मगर  ठकुरीलाई मात्र राख्नु भनेका थिए  उसो  उनले आफुलाई मगरको राजा मै हुँ पनि भनेका थिए 
 . जुम्लाका हंशराज शाही ठकुरीलाई आफ्ना पुर्ख्यौली सन्तान मान्ने परम्परा थकाली जातिमा पाइन्छ  हरेक १२ वर्षमा थकालीहरुले आफ्ना बाजेबजैको सम्झनामा गरिने पुजामा यिनै हंशराज  उनकी रानी निम्हा ( ठिल्नेली तामाङ्ग ) लाई सम्झने परम्परा रहेको  भनिन्छ 
 . गोर्खा दरवार देखि दंशैको फुलपातिको बेलामा डोली बोकेर काठमाण्डौ सम्म फूलपाती भित्र्याउने बेला डोली बोक्ने काम मगर  ठकुरीको मात्र हो  गोर्खा देखि मगरले लागेको डोली ठकुरीले लगेर दरवारमा भित्राउने गर्ने चलन थियो 
  . गोर्खाको मनाकामाना देवीलाई राजा रामशाह को पत्नी भन्ने गरिन्छ  उनै देवीको पूजा मगर पुजारीले अद्यापी  गर्नु , गोरखाको  गोरखाकाली , स्याङ्गजाको आलामदेवी   पाल्पाको लसर्गा आदिको अध्ययन गरे मगर ठकुरीको इतिहास पाउन सकिन्छ  
 . राजा पुण्य मल्लको सन् १३०० तिर कनक पत्रमा लेखिएको महाराजी , महर  मगर को शव्दले मगर शव्दको शुरुवातको प्रयोग यो सबैभन्दा पुरानो मानिन्छ 
. राजा नरभूपाल शाहले गुम्बामा गएर बौद्ध धर्मानुसार सन्तान प्राप्तिको लागि धार्मिक अनुष्ठान गरेर पृथ्वी नारायाण शाह जन्मेका हुन