ठकुरी र अन्य

''इतिहास इतिहास नै हो कसैले मेट्न सक्दैन''

ठकुरी र अन्य जातिको सम्बन्ध 

ठकुरी र राउटे:-
अहिलेका अधिकांस जो नक्कली क्षेत्री वा क्षेत्रीय बनेका ठकुरीहरू र राउटे ठकुरीहरू एउटै जात हुन । गण्डक क्षेत्रक पारी कर्णालीको उपल्लोभेल्टका अधिकास ठकुरीहरूको पुरानो आफ्नो आदि इतिहास खोज्दा उनिहरूको आदिवासी र जनजाति स्रोत भनेको राउटे नै हो । राउटेहरुले संधै आफुलाई  ठकुरी वताउदै आएका छन्   यो जातीमा कल्याल ठकुरी , राजकोटीठकुरी र छत्याल वा हमाल ठकुरी हुन्छन  छत्याललाई हमाल पनि भनिन्छ वा हमाल र छत्याल एउटै हो । अहिले पनि यस क्षेत्रका ठकुरीहरूमा राजकोठी वा कल्याल कि छन्त्याल कुन जातिको भनेर सोध्ने चलन छ । यिनीहरुको सबै थरहरु अहिलेका ठकुरीहरुका थर सँग हु-बहु मिल्दछमुलत प्राकृत धर्म मान्ने यस जातिले सधैँ आफुलाई ठकुरी भएकोमा बडो सत्यवादी घमण्ड गर्दै आएको पाइन्छ  शाहीचन्दहमालसेनसिहं आदि जस्ता थर राउटे र ठकुरी दुबैमा पाइन्छ   मामाको छोरी विहे गर्नेविवाह पश्चात नव दुलाहले आफ्नी दुलहीसंग ससुराली वा आफ्नी श्रीमतीको जन्म घर वा उनीको माइती पहिलो पटक जादा खसीको पछाडी पट्टीको दाहिने साप्रो लिएर जाने चल्ती पनि राउटे र ठकुरीमा मिल्ने एउटा बलियो आधार हो   विभिन्न स्रोतहरुले ठकुरीसंगको घनिष्ठतासंग राउटेलाई जोडेर हेरेको र विविध श्रोतले यसको पुष्टि पनि गरेको पाइन्छ l राउटे , कुसुण्डा ठकुरीहरू र अहिलेको ठकुरीको भिन्नता सामाजिक विकासको क्रमले भएको फरक हो  गाउँका ठकुरीहरू अन्य जातिसंग घुलमिल भएर अघि बढे  तर राउटे कुसुण्डा ठकुरीहरु आफ्नै संस्कृतिमा मात्र रमे र जङ्गललाइ आफ्नो घर र आवास ठाने   l अद्यापी यी राउटेहरुले आफैले आफैलाई वनको ठकुरी र वनको राजाको रुपमा प्रस्तुत गर्दै आएको पाइन्छ   हामीले गाउँघर र शहरमा ठकुरी हौँ भनेर परिचय दियौं भने उनीहरुले जंगलमा बसेर पनि ठकुरी हौँ भनेर वन ठकुरीको पहिचान दिन्छन  घर ठकुरी र वन ठकुरीको जातीय संकटलाई जोड्न शहरिया ठकुरीले नै पहल गर्नु पर्दछ दशैं तिहार मनाउनेवनको कन्दमुल र फलफुल खोजेर खाने राउटेहरुको तल कुसुण्डाको शिर्षकमा पनि थप चर्चा गरिएको छ Jona Fortier का अनुसार राउटे र ठकुरी दुवै एउटै जाति थिए ।
राउटे मुखियाको भनाइ तल सुन्नुहोस । 

ठकुरी र कुसुण्डा:-
गण्डक क्षेत्र र यस वरिपरि बसोवास गर्ने अधिकास ठकुरीहरूलाई आजभोली पनि कुसुण्डा भनिन्छ ।  समाजमा  जानेर वा नजानेर ठकुरीहरूलाई कुसुण्डा भनेर बोलाइने र विविध अर्थमा अर्थ्याउने गरिन्छ । ठकुरीहरू कुसुण्डा नै हुने एतिहासिक तथ्यहरू पनि छन जुन तल चर्चा गरिनछ ।   वनका राजा र रानी भनेर चिनिने कुसुण्डाहरुको रहन सहन आजका गाँउले ठकुरीहरुसँग हुवहु मिल्छ  फिरन्ते जीवन परिवर्तन गर्दै व्यक्तिगत उन्नति र समाजको विकास तिर उन्मुख भएकाहरु नै अहिलेका गाँउले ठकुरीहरू हुनकेहि अल्पमत र सानो झुण्डले यो परिवर्तन तिर उन्मुख हुन सकेनन र उनीहरु कुसुण्डा नै भएर बसेका हुन । गण्डक क्षेत्रका मगर, गुरूङ्ग र ठकुरीहरूमा प्रचलित प्रख्यात घाँटु नृत्यका नायक कालु शाही र  उनकी रानी जसतावति तथा छोरा प्रसामुशाही पात्रमा आधारित सत्यघटनाको चर्खा हो । कास्कीकोटबाट लमजुङ्गेहरूले कालुशाहीलाइ राजा बनाउन लैजाँदा उनलाइ त्यहि लमजुङका घलेहरूले मारिदिए पछि पछि यसोवमशाह लाइ मागेर लएको देखिन्छ । तिनै यसोवम शाहका सन्तति द्रव्यशाह हुँदै नेपाल एकिकरण पिता पृथ्विनारायणशाहको इतिहास देखिन्छ तर मारिएका  कालुशाहीकी रानी जसतावती र उनको गर्वे छोरा प्रसामुशाहीको वियोगान्तको इतिहास र पछि नरहरिशाहीका सन्ततीले कालुशाहीका सन्ततिहरूलाइ राज्य चलाउँदा जेठा पट्टिका खलक परेकाले राजकाजबाट मात्र होइन राज्यवाटै निकला गरेर लखेटिदिन्छन । तिनिहरू नै कुसुण्डाका सन्तान हुन । 

 कुसुण्डा र राउटेको विकास गर्न सकेमा उनीहरु ठकुरी हुने कुरामा कसैको दुइ मत हुनै सक्दैन l किनकि ठकुरीहरू बाबुसाहेव बन्ने रहरमा राउटे र कुसुण्डा जस्ता शव्द पनि सुन्न चाहेन , वास्तवमा ठकुरीले आफ्नो आदिवासी स्रोत खोज्दा उसको   प्राचिन ( Root )  खोज्दा राउटे र कुसुण्डासंग नै हातेमालो गर्नु पर्ने हुन्छ । अहिलेका हामी ठकुरीहरु कुसुण्डा र राउटेको विकसित रुप हो । जोहान र रेनहार्डले ठकुरी, मगर र कुसुण्डा एउटै (व्लड ब्रदर ) रगतका नाताको दाजुभाइ भएको निष्कर्ष निकालेका छन ।  कुसुण्डाको भनाइ अनुसार - ( किवन्दती )अनुसार आफ्नै राज्य भएको बेला अरु समुदायका मान्छेले हाम्रो राजा मारी दिए  यसले गर्दा हामी वन जंगल तिर बिस्तारै बिस्थापित हुन पुग्यौ  राउटे जनजाति हाम्रा रैती हुन  उनीहरुलाई रैती भन्दा भन्दै पछि राउटे भन्ने थालिएको हो  स्मरण रहोस  कुसुण्डाले आफुहरु राजा र राउटेहरू रैती ( जनता )  हुन भन्ने गर्छन । ज्ञानीमाया सेन एक मात्र कुसुण्डा भाषा वोल्ने व्यक्ति हुन ।राउटेले  कन्दमुल र फलफूल रुचाउने र  वाँदर शिकार गर्नेर खसीको मासु खाने चाडवाडमा साउने सक्रान्ति , दशैँ तिहार मनाउने आदि गर्दछन । कुसुण्डा जाति र भाषाका अन्वेषक कर्ता उदय आलेका अनुसार पनि कुसुण्डाहरु ठकुरी भएको प्रमाण दिएका छन् l 

उर्मिला कुसुण्डा ठकुरी ।


ठकुरी र मगर"-
इतिहासमा सबैभन्दा शक्तिशाली राजाले आफुलाई मगर वा मगारात्को राजा मै हुँ ( दिव्य उपदेश पृष्ठ ८ ) भनेर घोषणा गरेर जातीय पहिचान दिने पृथ्वी नारायाण शाह हुन । फ्रेन्च लेखक ह्यामिल्टन बुकानन, कर्नेल एडेन भान्सिटार्ट, फ्रेन्च लेखिका मारिया,  डोरबहादुर विष्ट, प्रयागराज शर्मा, डिल्लीरमण रेग्मी, इमानसिङ चेमजोङ,  जोनवाल्टन, डा जगमान गुरूङ्ग, डा सुरेन्द्र केसी, सुजित मैनाली, मनोज घर्तिमगर र यादव देवकोटाहरूले मगरजाति तिरै शाहहरूको नशो रहेको प्रमाण  दिएका छन ।  विक्रमाव्द्को दशौ शताव्दी पछि गण्डक क्षेत्र वरिपरी मगरातको मगरहरुले भारतीय ब्राम्हणहरुबाट वैदिक संस्कार र यज्ञोपवित ( जनै ) ग्रहण गरेर आफुलाई ठकुरी भनाउन थालेका हुन भन्ने कुरा इतिहासकार डोर बहादुर विष्टको  राय रहेको पाइन्छ उनले ठकुरीहरूको मङ्गोल मुखाकार देखेर पनि नदेखे झैँ गर्ने नेपालको नेताअन्य इतिहास विद र समाजशास्त्रीलाई लाचारी भनिदिएका छन । डा. सुर्य मणि अधिकारीले '' खश साम्राज्यको इतिहास'' पुस्तकमा ' खस साम्राज्यको अवसान पछी मात्र मगर सामान्त राजाहरुले खानसेन शाह आदिका रुपमा आ-आफ्नो थर परिवर्तन गरि आफुलाई स्वतन्त्र राजा घोषित गरेका थिए'' l  फ्रेन्च इतिहासकार (१८१९ह्यामिल्टनले An Account of The Kingdom of Nepal भन्ने पुस्तकमा  र अर्का विदेशी लेखक (१८९६भांसीटार्टले Notes of Nepal भन्ने पुस्तकमा गोर्खाको शाह वंशका पुर्खा मगर नै हुन् भनेर ठोकुवा गरेको पाइन्छ  मगर समुदायसँग गोर्खाली राजाको सम्बन्धको लिखित  हिसाव कितावलाइ नै अधार मान्दा पनि जैन खान,  खान्चा र मिंचा खान जुन शाह वंशका आदिपुरुष थिए ।  काल्पनिक वंशावली नै मान्दा पनि मनमथराना देखिनै शाह वंशको जरोकिलो हेर्नुपर्ने हुन्छ, अनि को हुन त मनमथ राना ? त्यसैले राना मगर र शाह राजाको नाभी एकै ठाँउमा गाडिएको देखिन्छ  । पृथ्विनारायण शाह अघिका गोर्खाली राजाहरूलाइ पनि गोर्खा वार्पाकका गुरूङ्गहरूले 
   ‘मगर राजाभन्थे  टाढा रहन खोज्थे । ददा पद गोर्खा दरवारमा राजा रामशाहको पाला देखि नै मगरजातिले मात्रै पाएको पद भनिएकोछ पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्ने व्यक्तिमगर समुदायका सुरथसिंह राना थिएजो पृथ्वीनारायणले ‘दिव्यउपदेशदिँदा साथमै थिए (दिव्यउपदेशपृ। ददा भनेको दाजु भन्ने गरिन्छ  यद्दपी आजभोली पनि ठकुरीले आफ्नो दाइ लाई दाजी र दिदीलाई आजी भन्दछन जुन कुनै आर्को समुदायमा यस्तो दाजुलाइ दाजी र दिदीलाइ आजी भन्ने प्रचलन थिएन र छैन   ददाको अपभंश दाजी पनि हुन सक्छ l त्यसैले ददा र दाजीले ठकुरी र मगरको दाजुभाइको गाँठो कसिएको पाइन्छ ।  अर्को विषय कुनै पनि राजाले आफ्नो नजिकको नाता पर्ने  बाहेक अरू कसैलाइ पनि साइनो लाएर वोल्ने प्रचलन थिएन । इतिहासकारहरूले ददा भनेको दाजु हो भनेर भन्ने गर्दछन । पृथ्विनरायण शाह जस्तो शक्तिशाली राजाले पनि ददा साइनोलाएर वोलाएको सुरदसिहँराना मगर सित दुधाैली साइनो मात्र होइन कि कुलको साइनो पनि जोडिएको प्रमाणित हुन्छ  । 
ठकुरी जाँची डिट्ठा राख्नुमगर जाँची विचारी थाप्नुकचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालत चलाउनु,' उनले भनेका थिए (दिव्य उपदेशपृ) । हर्षबहादुर बुढा मगरको किरात वंश र मगरहरु भन्ने पुस्तकमा पनि ठकुरी र मगर विच नजिकको रगत सम्वन्ध भएको उल्लेख गरिएको छ । यसै गरी मगर विद्वानहरु जस्तै यम. यस. थापा मगरबमकुमारी बुढा मगरवि.के. राना मगरको भनाइमा  पनि ठकुरीहरु र मगरको सम्बन्ध एकैजाति रहेको देखाउँछ ।  यम यस थापा मगरले राजदरवारको सुगुरको वली दिने चलन भएको वताउछन र वहादुर शाहले आफ्नी भाउजु राजेन्द्र लक्ष्मी शाह संग उनको दाजु सिह प्रताप शाह मरे पछि विवाह प्रस्ताव राख्दा वाहुन र पण्डित वादले झाँगीसकेको दरवारमा भएको तत्कालिन विविध षडयन्त्र मध्ये एउटा यो भाउजु विवाह गर्न पाउनु पर्ने वहादुर शाहको विद्रोहको घटना मुख्य मान्छन ( हिन्दु धर्ममा यस्तो अनमेल विवाह मानिन्छ तर पछी नेपालमा कानुन नै बनाएर यो प्रथालाई प्रतिवन्ध नै लगाइयो  ) बमकुमारी वुढा मगरले ठकुरी र मगर विचको जातिय मामा भाञ्जाको साइनो रहेको र विके राना मगरले सेन र शाहहरूको सामिप्यता गण्डक क्षेत्रका ठकुरी र मगरको निकटतामा ख्याल गर्नुपर्ने कुरामा ध्यान दिनु पर्ने कुरा राख्नुभएको थियो ( स्रोत माथि भिडियोको लिंक ) । ऋषिकेश शाहले पनि आफुलाई पृथ्वी नारायण शाहले झैँ मगर वा मगारातको राजा भनेर प्रमाण दिए जस्तो स्पष्ट कुरा खोलेनन तर   उनले नेपालको शाह वंश र मगर जनजाति एउटै जातका हुन भनेर ठोकुवा दिएका थिए, । उनीमा पनि वावुसाहेव पन झल्कन्थ्यो तर आफुले कहिलै जातको कुरा नगरेको तर जातैको कुरा हेर्ने हो भने आफ्नो थेप्चो नाँक हेरर अरूलाइ  जात निर्धारण गर्न चुनौती दिन्थे यसको अर्थ उनले आफ्नो पुर्खा मगर भएको गाैरव गर्दथे  उनले आफै तथा शाहवंश मगर वा मगर जस्तै नेपाली आदिवासी र जनजाति हुन भन्ने उनको बलियो तर्क थियो ।   नेपाल सरकारले र इतिहासको एउटा पक्षले ल्याएको शाहवंशको र मास्की रानामगरहरूको एकल वंशावली भारत देखि भागेको कथा मान्न तयार थिएनन । उनको जीवनको उत्तरकालको वृतान्तमा पनि उनको यो असहमत उल्लेख छ । 
बडा दशैका बेला गोरखाको लिगलिगमा मगर र ठकुरी कुमार केटाले षष्ठीका दिन उपवास बसेर चेपेघाटबाट फूलपाती ल्याएर सप्तमीका दिन पर्साएपछी मात्र दशैको टिका खुल्छ  पछी यो परम्परा सेनाले गर्न थालेको थियो l मातृसत्तामा आधारित  स्थानीय स्थानी मानि देवी पुज्नेमारुनी नाचारी नाच्नेकौरा र दोहोरीमा रमाउने मामाको छोरी विवाह गर्न हक सम्झने, छेवंर गर्ने र  ठकुरी र मगर यी दुइ जाति विचको इतिसास र सामाजिक मुल्य र मान्यतामा आधारित पुरानो आलेख र भनाइहरु प्रशस्त पाइन्छन  मगर र ठकुरी दाजुभाइ हुन भन्ने गाउँघरमा अझै  विविध भनाइहरु र जनवोली  पनि छन, सायद गण्डक क्षेत्रका कुनै पनि नजिकको मगर र ठकुरी गाँउमा स्थानियले भन्दै र बताउदै आएको बलियो जनश्रुति यहि हो  । विभिन्न विद्वान तथा इतिहास खोज वेत्ताको नजरमा पटक पटक यी दुइ जातिको आपसमा सम्वन्ध देखिएको वर्णन गरेको प्रमाणिक तथ्यहरू पाइएको छ  यसै गरि मर्कट शव्दबाट मगर हुन आएको उल्लेख गरेको भनिएको पनि छ  मगरहरुले पूजागर्ने चण्डी देवीलाई सुँगुरको वलि दिनु पर्ने भएकोले कसले त्यो वली दिने भनि सोद्दा कान्छो भाइले '' म गर्छु'' भनेर मगर भएको भन्ने गरेको पाइन्छ  म गर्छु भनेकाले उनीवाट नै मगर जातिको उत्पति भएको भन्ने पनि पाइन्छ । यस्ता कुराहरुलाई आधार हिन भनेर दुवै जातिमा आलोचना पनि गरिन्छ उसोत मकवानपुरका र तनहुँका ऐतिहासिक सेन राज्यहरु सबै मगर थिए भन्ने पुरातत्वविभागमा पाइएको दस्तावेजले वताउँछ ।  इतिहासविद र समाजशास्त्रीहरूले अहिले पनि शाहहरू मगर भएको दावी गरिरहेका छन् ।  इतिहासमा भएको सेन राजाहरुको वैवाहिक सम्वन्ध शाह राजा र उनीहरुसँग थियो । धेरै इतिहासकारले र विभिन्न ठाँउमा पाइएका प्रमाणहरुले पनि सेनहरु मगर राजा नै हुने तथ्यहरू देखा परेका छन । 
मगर जातिको नाम‘ 'मगरकसरी रहयो भन्ने कुरामा अहिले सम्मको सबै भन्दा पुरानो र भरपर्दो आधार जुम्लाका राजा पूण्य मल्लको कनकपत्र १२५८ मा‘ महाराजिःमहरामहतोमगर राजाहरूको उल्लेख भएको ताम्रपत्र नै हो । (खिलध्वज थापा मगरमगर जाति एक ऐतिहासिक रुपरेखा) यहा मल्ल जातिकाको शाषकले नै मगर शब्दको नै पहिचान जोगाएका हुन भन्ने यो प्रमाणले देखाउछ । 
मगर र ठकुरीको समालउचैरुचालसुर्यवंशी आदि जस्ता थर पनि दुवै जातिमा पाइन्छ l त्यसैले माथिका दाजुभाइ र वंशका भनाइहरु सुन्नमा आउछन, किनकि स्यांग्जा जिल्लामा रहेको आलम देवीको मन्दिर पूजा गर्न जाने त्यहाको ठकुरी तथा पूजारी मगरको सम्बन्ध, कास्की माउडाँडाका केहि शाही कुमारहरूले गर्ने भँयरको सुँगुरको पुजा, लमजुङ खलकछाप बाङ्ग्रेमा शाह राजाहरूका सन्ततीहरूले दिने राँगोको वली र दशैमा कुलदेवीलाइ जाँड वा रक्सी चड्नु,  त्यस्तै मनकामनाको मन्दिरमा रामशाहको रानी र सल्यानकोट धादिङमा उनकी आमा देवी बनेको किम्वन्दन्ति र मगर पुजारीहरूको सम्बन्ध, रोल्पाको भगवति मन्दिरको सेन पुजारी र मगरहरूको कुलदेवता, पर्वत पयुमा सेन ठकुरी र मगरहरूको सयुक्त कुलपुजा, गोर्खाकालिका लमजुङ्ग कालिका र विभिन्न स्रोत साथै विभिन्न किम्वन्ति प्रति फितलो मान्नु केवल ऐतिहासिक दुइ जाति विचको घनिष्ठताको महत्वलाई चुनौती र फोहोरी राजनीति, वर्णव्यवस्थामा रमाएका कथित ठकुरीको ठुलो र मगरको सानो जातको हाउगुजी भन्दा अर्को विकल्प नहोला । कयाै कोट र गढीमा जस्तै मनकामना मन्दिरले पनि राजा राम शाह र पुरानो लखन थापाको एतिहासिक इतिहासलाइ जिउदो राखेको छ । 
| ENCYCLOPEDIA OF ASIAN HISTORY page 456-458 मा Magars मा यी कुरा पाइएको छ | Magars, a distinct ethnic Mongoloid group of Nepal, who speak a dialect of their own of Tibeto Burman extaction and practice animism. They in-habit mainly the warmer central hills between the Tanahun and Palpa districts of Nepal and subsist primarily through agriculture. Magars today are considered the most Hinduized of Nepal's ethnic groups many Thakuri high castes seem to have a Magar ancestral background , according to a widely prevailing belief in Nepal. They have made them-selves known to the word as Gurkha solders in the British, Indian and Nepali army. Socially, there are given a lower caste status by Hindus. त्यस्तै फ्रेन्च इतिहासकार ह्यामिल्टनले सन १९१४ मा An Account of The Kingdom of Nepal भन्ने पुस्तकमा तत्कालिन राजपुत भनेर चिनिन्ने ठकुरी र मगरको बारेमा यस्तो लेखेका थिए The latter are a branch of the Magar tribe, and totally neglect the rules of Hindu purity. It is not even, as I have said, all the Rajputs that have adopted the rules of purity, and some branches of the same families were pure, while others rejected the advice of the sacred order, and eat and drank whatever their appetites craved. शाह वंशको वंशजलाई भारत देखि मुसलमानको आक्रमण परि भागेर आएको भन्ने हल्लाको यसरी उनले प्रमाण दिदै ब्याख्या गरेका थिए The family ( Gorkha Shah ) pretends to be of the Pamar tribe; but it is alleged, as I have already explained, that this is a mere fable, and that, on the arrival of the colony from Chitaur, this family were Magars. 
'' वास्तवमा बाइसे-चौबीसेका कुनै झर्रा ठकुरी वा मतवाली ठकुरीहरूको वंशावली हराएमा “मगर गाउँ पस्नूभन्ने शिखरनाथ सुवेदीको थरगोत्र प्रवरावलीमा (वाराणसी: १८२६) अमरवाणी त्यसै फुटेको होइन ‘’ मगर अधिकार कर्मी बम कुमारी बुढा मगरको भनाइमा पनि मगर र ठकुरी नाताले मामा भान्जा हुन भनेर मगर र ठकुरी विचको सम्बन्धलाई स्विकार्नु भएको छ 
२२ से देखि २४ थुमकोटका केहि राजाहरुले मर्धुन्य राष्ट्र सेवा गरे खस राजाको अवसान पछी भने मगर राजाहरु हिन्दु धर्म राजपाठमा मस्ती भए देव देवीको मन्दिर बनाउनु उनीहरुको लागि कायापलट थियो  यस्तो परिस्थितिले लामो समय गुज्रे पछि मगरराजाहरुको अर्को जातीय दरवारिय ढांचा बन्यो  जो ठकुरीहरू थिए l ठकुरी बाबुसाहेव बन्ने रहरमा आफ्नो भेषभुषा विर्सिए र छाडी पनि दिए भने त्य संस्कार ठकुरीले खोज्नु परेकोले राउटेकुसुण्डा र मगर संगहातेमालो गर्नै पर्छ भने उता मगरहरुले आफ्नो भाषा र चाल चलन सुरक्षित त राखे तर वंशको खोज तलास गर्दा ठकुरीहरु ( खानशाहसेनउच्चै , समाल , चन्दमल्ल , वंशीउच्चै ) आदि जस्ता वंशसंग जोडेर हेर्नै पर्ने हुन्छ । इतिहास खोज्दा ठकुरीका थरहरु खान्चा खान र मिंचा खानले  मगरको इतिहासको कोशे ढुङ्गो साबित भएको छ  र ठकुरीले पनि मगरको इतिहाससंग नजोडी सुखै छैन l इतिहासमा नुवाकोटे ठकुरीहरू वैश्य थिए भनेको वाहुनले चलाख्याई गरेर मगर हुन भन्न खोजेका हुन l इतिहासमा भएको यो घटनालाई प्रष्टाउन अहिलेका इतिहासकार पनि सर्माउछन l विपिन अधिकारी र रमेश ढुंगेलहरुले दांत चपाएर बोल्छन र पृथ्वी नारायाण शाह मगर हुन् भन्छन र खस हुन् पनि भनेर समाजमा भ्रम फैलाउने गर्छन । अहिले वाहुन तप्काका जनजाति हुँ भन्नेहरुले आफ्नै जात गोत्रका गण्डक क्षेत्रका ठकुरीलाई शत्रु सरह ठान्छन्, भने केहि ठकुरीहरू राजपुत बनेर मगरलाइ सानो जात ठान्छन । यो सबै शिक्षाको कमीको उपज हो । नेपालका सेन, शाह र मल्लहरूलाइ मगरले मागेर ल्याएको दन्त्यकथाहरू पनि छन । यित तिनै थरका ठकुरीहरूलाइ मागेर ल्याउने मगरहरू छन र ति कथाहरू एकआपसमा मिल्दा जुल्दा पनि छन । यो कथा मिल्नजानु एकआपसमा नक्कल गरेको विषयहरू हुन सक्छ । जस्तै लमजुङ्गमा शाहहरूलाइ कास्कीकोटबाट क्याप्छाकी मगरहरूले मागेर कालुशाहलाइ लगे, कालुशाह ७ भाइ मध्ये कुनै एउटा युवराज थिए उनि सुत्दा अरूभाइको भन्दा शिरानी माथि मुण्टो पुगेर छानेको र रूकुममा निसिभुजीका मगरहरूले मल्ल राजाका पुर्खालाइ मागेर लैजादा पनि उसरी नै त्यहाँ पनि ७ भाइ छोरा भएको र उसरी नै सिरानी माथि पुगेको कथाहरू मिलेको पाइन्छ भने पर्वतको पैयुका सेन राजालाइ सारू, थापा, आले र चिताैरे राना मगरहरूले विष्णुभगवानको अवतार चाहिएर भारतको वासीबाट मागेर डोलीमा चढाएर लगे भन्ने कथाहरू छन ।  यि कथाहरूले पनि त मगर र ठकुरीको सम्वन्ध त छ नै तर पनि यी कथाहरू कथा मै सिमित देखिन्छ । किनकी राज्य पाउन त वंशानुगत रूपमा छोरा, भाइ र भतिजहरू हुनु पर्यो कि लडेर जितेर प्राप्त हुनु पर्यो । २२ से र २४ राज्यमा कुनै पनि मगर राज्य ठकुरीले कसैले जितेर र मगरले हारेको कहानी पनि छैन । मगर वस्तीबाट एकैचोटी ठकुरीराजा र मगर प्रजा भएर मगारात क्षेत्रमा देखिन्छन । त्यसैले जगमान गुरूङ्ले भन्नुभए अनुसार मगरवाट ठकुरीहरू अपग्रेड भएको हुन । 

। एउटै जातिय समुहका ठकुरी राजा र मगर पूजारी बनेर शक्तिको बांडफाड गरेको भन्ने कुरामा कसैले नलुकाए हुन्छ | परिस्थितिले गर्दा राज्य चलाउनेहरु राजनीतिशक्ति संघर्ष तिर उन्मुख हुदै गए भने पुजारीहरु कोट देव देवी मन्दिर तिर सिमित बन्दै गए  राजनीति चलखेलमा  वाहुन हावी बन्दै गएपछि स्थानिमानी पूजा अर्चना गर्ने मठ मन्दिरमा मगर लाइ विस्थावित गरेर वाहुन नियुक्ति गरिदै लगियो । राज्यले सवै जातजाती तीर ध्यान दियो । ठकुरी र मगरको सम्वन्ध टाढिँदै गयो । द्रव्य शाहको इतिहास तिर यो लेख नपुगे पनि लिग लिग दौड मगरहरुको राजा चुन्ने दौड थियो भन्ने कुरामा कसैको दुइमत छैन तर मगर जाती मात्र दौडने त्यो दौडमा ठकुरी छुट्टै जात भएको भए कसरी दौडमा सामेल हुन्छ ! यदि जालझेल भए  किन र त्यो कसरी आधिकारिक हुन् पुग्यो ?  यो एउटा सजिलो प्रमाण हुदाँ हुदै इतिहास लेख्नेले गलत र घोक्नेहरूले फरक तरिकाले घोके अलिअलि टाठा वाठा भएकोले गलत व्याखा गरे  उल्टो प्रमाण जुटाउन खोजेर इतिहास बङ्गाउन अझै खोजेछन । वास्तवमा द्रव्य शाह मगर नभए त्यतिवेलाका राजा हुन असम्भव थियो ।
उसो त मगर एउटा मंगोल मुखाक्रितिको सयूक्त जनजाति समुह  हो जहाँ सबै गुरुङ्गदुराभुजेल घर्तिगण्डक क्षेत्रका ठकुरीखवासकुमालबोटेदुराकुसुण्डाराउटेचेपाङ्ग आदि एकै जातिका उपजाति हुन  धर्म प्रसाद श्रीसले मगाराती संस्कृति भन्ने पुस्तकमा मगर भनेको एउटै जाति होइन  यो धेरै जातिको मिश्रण हो भनेका थिए उनले  मगरहरु जनै लाउने र नलाउने मगर पनि हुन्छन भनेका थिए  जसले जनै लगाए तिनिहरू विस्तारै ठकुरी भए नलाउने हरु मगर नै कायम भए भन्ने विषय ह्यामिल्टनको भनाइ संग मिलन मिल्न जाने देखिन्छ । ठकुरीलाई हिन्दु वर्णाश्रममा वाहुन पछी ठुलो जात भनिएको पाइन्छ तर अर्को रहस्य के छ भने ठकुरीले पकाएको दालभात मगरले नखाने र मगरले पकाएको दालभात ठकुरीले नखाने भन्ने चलन अहिले पनि पुरानो मगर र ठकुरी गाउँमा भेटिन्छ । एउटै जात दुइ भए पछि  ठकुरी र मगरको विचमा कुन ठुलो जात भनेर प्रतिष्पर्धा गराइयो । आपसी घमण्डले त्यतिवेला दालभात एकअर्कामा चलाएनन ।  त्यसैले  ठकुरीले वुंगुर वनेल आफ्नो कुलपुजा गर्ने र भान्छामा भोजन चलाउने र  मगरले आफ्नो कुलपुजामा र भान्छामा सुँगुर पकाउने अर्को सामाजिक संरचना बन्यो l तर पनि सुँगुर नखाने मगर पनि हुने हुनाले जसले सुँगुर खाएनन तिनीहरु पनि ठकुरी भए । डा जगमान गुरूङ्गको भनाइ अनुसार मगरबाट अपग्रेड बनाइदिए ठकुरीहरूलाइ मगरभाषा वोल्न छाडेर, सुँगुरको मासु खान छोडेर जाँडखान छोडेर जनै लाएर खसकुरा वोलेर वाहुनहरूले स्वस्तिमाहाराज भनेर पाती चढाउछ भने राजा हुन पाइन्छ भने सुँगुरको मासु किन खाइरहन पर्यो ? जाँड किन खानु पर्यो ? मगर मुखियाहरूलाइ वाहुनहरूले ठकुरी वनाइदिए । ( माथी भिडियो शिर्षकमा )
मगर र ठकुरी दुवै जातिले वाहुन पण्डित पुज्दथे र आफ्नो पण्डित देख्ने वित्तिकै दुवै जातिले खुट्टा ढोग्न जान्थे तर यो क्रम मगरले चट्टै छोडिदिए र आफ्नै कर्म काण्डीको शुरुवात गरिसके तर ठकुरीहरू अहिले पनि वाहुनको खुट्टा ढोगेर भाग्यमानि बन्न खोज्छन 

डा. जगमान गुरूङ्का अनुसार मगरबाट ठकुरी राजा भएको विश्लेषण 
यम यस थापा मगर शाह वंशको वारेमा वोल्नुहुदै । 

सुजित मैनाली शाह वंशराजाको इतिहासको वारेमा वर्णन गर्नुहुँदै । 




ठकुरी र दुरा
ठकुरी र दुरा विच पनि अन्योन्याश्रित सम्वन्ध छ । तत्कालिन कास्कीकोटबाट कुलमण्डन शाहको छोराहरू कालु शाह र यशोव्रम्ह शाहलाइ मागेर लगेर लमजुङ्गमा राज्य बनाउन मद्दत गर्ने कुसुमाकार घिमिरे, पन्त, राना आदि ६ भाइ भारदार मध्ये सबैभन्दा महत्वपुर्ण भुमिका खेलेका खजेदुरा हुन । उनले झोलीमा राजालाइ बोकेर लगेको र शत्रुदेखि बचाउन बक्खुमा लुकाएका थिए,  उनको शालिक लमजुङको सिँदुरेढुँगामा अवस्थित दुरा गाँउमा काखमा बालक यशोव्रम्हशाहलाइ राखेर बनाइएको शालिक अवश्थित छ ।
ठकुरी र खस :- 

मगरहरू झै मामाचेली फुपुचेली विहे गर्ने ठकुरी समाज खस समाजमा मगरवाट आएका पाहुनु ठहरिन्छन । मामाको छोरी विहे गर्ने  ठकुरीहरूलाइ खसका लागि ठकुरीहरू पाहुना ठहरिन्छन । वालकृष्ण पोखरेल, खसजातिको इतिहास पेज ६५४


खस एउटा जनजाति थिए र खसलाइ जनै लाए पछि क्षेत्री वा क्षेत्रिय भएको  मानिन्छ  । खसहरूले खस शव्द खसेको अर्थमा वुझेर सुन्न चाहेनन र विष्णुभगवानका अवतारको रूपमा क्षेत्री मात्रै प्यारो भयो । सस्कृत वान्ग्मय्मा खसलाई उच्च स्थानमा नराखी हियाइएको छ ।  उदाहरणको लागि श्रीमद्भागवत (२।४।१८ ) मा किराँतहुणआन्ध्रपुलिन्दपुल्कस , आभिर , कङ्कखस , शक र म्लेच्छलाई अब्राह्यान्य अर्थात ब्राम्हणद्रोही भनिएकोलाई ल्याउन सकिन्छ । सिजामा राजधानी भएको राजवंशलाई खस त भनिएको छैनतर त्यस वंशका प्रतापी राजा अशोक चल्ललाई खसदेशराजा – धिराज अर्थात खस देशका राजाहरुका अधिराज भनि उनको पालाको , बोधगयाकोलक्ष्मण सेनको अतित राज्यसंवत ७४ अर्थात वि.स. १३१५ को शिलालेखमा लेखिएको छ । ( महेशराज पन्त , टुवार्ड अ हिस्टोरि अफ द खस इम्पाएर , ३०० - ३०१ पेज ) यहाँ पनि कर्णाली प्रदेशको मल्ल राजा हरु लगायत अशोक मल्ल लाई खस देशको माहाराजा भनिएको भए पनि खस राजा भनिएको छैन यसर्थ यस्तो गहकिलो प्रमाण हुदाँ हुँदै डा. विपिन अधिकारी लगायत केहि बाहुन विद्वानले सबै ठकुरीलाई मनोगत ढंगबाट खस आर्य संगमात्र जोडेर हेरेका छन् । तर Eden Vansitart को Note of Nepal भन्ने पुस्तकमा खस र ठकुरीको अलग ब्याख्या गरेका छन  पृथ्वी नारायण शाहले पनि आफ्नो सेनामा वाहुनखस मगर र ठकुरी थिए भनेर जात किटेका थिए यसको अर्थ माथिका ४ जातिहरुको अलग अलग पहिचान थियो भन्ने हो l  सिंजा क्षेत्रका मल्ल राजाहरुलाई खस प्रदेशका मल्ल राजाहरु भने पनि खस मल्ल भनिदैन भन्ने कुरा माथिको उदाहरणले प्रष्ट पारेको छ | हिन्दु वर्णाश्रमको जाति वादी विभाजनमा लोभी व्राम्हणले कु-ब्याख्या गर्दै राणाकालीन समय तिर आएर जातजाति उकास्ने र खसाल्ने क्रम बढेकोले धेरै खसहरुलाई खसेत्रो वा खसेको भन्ने भएकोले खसेत्रोबाट उम्कन शक्तिमा रहेकाले केहि खसहरुले क्षेत्री लेखेको भन्ने धेरै समाजशास्त्री र इदिहासकारहरूको दावी छ, डोरवहादुर विष्टले नेपालका  खसहरूबाट सबै भन्दा शक्तिशालीहरू ठालु ठकुरी, कम शक्तिशालीहरू सामान्य क्षेत्री र अन्य कमजोर जातिय समुह दलितहरू भएको उल्लेख गरेका छन   अहिले झन् वाहुन, क्षेत्री, सन्यासी र ठकुरीलाई खस आर्य भनेर अत्यन्त संकुचितस्वार्थि कलंक , एकपक्षीय र अधुरो भएको कुरा माथिको उदाहरणले स्पष्ट पारेको छ  उसोत तिब्बतको खारी प्रदेशबाट कर्णाली प्रदेश झरेका नागराज नै खस मल्ल राजाका आदि पुरुष हुन भन्ने कुरामा सबै इतिहासकारको समान राय पाइन्छ 
 
ठकुरी र राजपुत:-
भारतको चितौढ गढ देखि मुसलमानी दंगाको कारणले लखेटिएर आएका भनिएका पामर जातिका भारतीय राजपुतहरुबाट नेपालको शाहवंश र केहि चिताैढे मगरजातिको उत्पति भएको व्याख्या पनि गरेको पाइन्छ  । विके राना मगरका अनुसार पनि चिताैढबाट आएकोले नै चितौरे सुर्यवंशी नामाकारण भएको विश्वास हो । चिताैढबाट शाहहरू आएको कथालाइ  कर्कपेट्रिक र ह्यामिल्टनले ठाडै अस्विकार गरेका थिए  उनिहरुका अनुसार शाह वंश भारतिय राजपुत नभइ स्थानिय मगर जाति थिए  । ऋषिकेश शाहले ठकुरी शाह  वंश नेपालको आदिवासीवासी जाति हो भनेर प्रमाण दिएका छन । नेपालमा वर्ण व्यवस्था अनुसार ठालु ठकुरी हुनको लागि अधिकांश ठकुरीहरूको उत्पति भारतको राजपुत तिर उनिहरूको वंशज देखाएको पाइन्छ । शाह, सेनहरू सबै चिताैढका राजपुत भनेर भ्रष्टवंशावली लेखिएको अप्रमाणिक दस्तावेज हो । 
ठकुरी र क्षेत्रिय वा क्षेत्री :- 
धार्मिक ग्रन्थहरूमा राज्य राष्ट्र वा कुनै  क्षेत्रको रक्षा गर्ने रक्षक क्षेत्री वा क्षेत्रिया भनिएको छ । क्षेत्री र क्षेत्रीय एउटै हो  । तर नेपालमा जन्मको आधारमा क्षेत्री हुने परम्परा वस्यो । खसहरूले जनै लाएर क्षेत्री भएका थिए उसरी नै मगरहरूले जनै लाएर ठकुरी भए का थिए । ठकुरीहरूलाइ पनि जनै लाएका कारणले कहिलेकाहि क्षेत्री नै भनियो तर खसहरूको समानान्तर क्षेत्री संग सहमत भने ठकुरीहरू भएनन  ।  व्राम्हणहरूले ठकुरीहरूलाइ क्षेत्री होइन क्षेत्रिय भनेर फुर्काइरहेको देखिन्छ शक्तिमा रहेका शाहहरू र केहि ठकुरीहरूले आफुलाइ क्षेत्रिय भनेर भन्थे, बावुराम आचार्य,  । वहुसंख्यक ठकुरीहरू क्षेत्री वा क्षेत्रिय होइन उनिहरू ठकुरी भएकोमा मात्र गर्व गर्छन । 
ठकुरी एउटा कुसुण्डा, मगर र राउटे जस्तो जनजाति थियो । संस्कृतिटाइजेसन तिर उन्मुख भएका  ठकुरीहरूले जनै लाएर क्षत्री वा क्षेत्रीय भएका थिए । यसरी बनेका ठकुरीहरूलाइ धर्मको आधारमा क्षेत्री प्यारो भएपनि जातको आधारमा ठकुरी जात वा जनजाति झन प्यारो ठान्छन, तर तिनै ठकुरीहरू मध्ये धनि पढेलेखेकाहरू नै क्षेत्री पदलाइ बढि प्राथमिकता दिएकाले ठकुरीहरूमा जात भन्दा धर्म वर्ण क्षेत्री व क्षेत्रिय हावी भएको छ  । त्यहि कारणले आजभोली राजपुतको अवधाराणा आएको हो ।  ठकुरी जनजाति पदलाइ नै अधिकांस ठकुरीहरू  क्षेत्रीमा लगेर मिसाउन उद्दत देखिन्छन । यसरी लैजादा उनिहरू धर्मले क्षेत्रि वा क्षेत्रिय र जातिको कारणले ठकुरीको पहिचान खोजेजस्तो गर्छन । खसहरूले जनै लाए क्षेत्री भए भने ठकुरीले पनि जनै लाएर क्षेत्री भएका थिए । 
क्षेत्रिय कुनै जात होइन क्षेत्रीय एउटा वर्ग होयो वर्ग भित्र विभिन्न नश्ल हुन्छन र थिए र छ , क्षेत्रीयको अर्थ लडाकु हो l तर यो क्षेत्रियलाई भारत तिर राजपुत भन्ने अर्थले राजपुत र क्षेत्रिय समान रहन गयो र जात नै कायम रह्यो अहिले त्यहि क्षेत्रियको अपभ्रंश भइ क्षेत्री भएको हो  प्राचिनकालमा जसले लडाई र जोखिम पूर्णकाम गरि देशको रक्षा गर्दथे उसलाई क्षेत्रिय भनिन्थ्यो  क्षेत्रीय भनेको के हो भन्ने बारेमा विभिन्न धार्मिक ग्रन्थहरुमा स्पष्ट व्याख्या गरिएको छ । यहि क्षेत्रिय शव्दको लोभले गर्दा क्षेत्रीय वा क्षत्री शव्द नै अर्को नयाँ शव्दको रुपमा व्युत्पत्ति भएको हो   नुवाकोटे ठकुरी वैश्य थिए र उनीहरु आफुलाई लडाकु भनाउन क्षेत्रिय वा राजपुत पनि भन्ने गर्दथे । नुवाकोटे वैश्य ठकुरी भनेको जनै नलाउने ठकुरीहुन । अहिलेका खस क्षेत्रीहरुको हकमा पनि यहि नियम लागु हुन्छ  किन कि जंग बहादुर कुँवरले आफुलाई राणा पदवीले शुभोचित गरि श्री ३ महाराज भै सके पछि त्यहि क्षेत्रियको पदको लोभले वेलायत भ्रमणबाट फर्के लगत्तै आफुलाई र आफु सरहका खसहरुलाई समेत लडाकु साबित गर्न अब उप्रान्त क्षेत्री भन्नु भन्ने हुकुम भएको हो  यहि क्षेत्रिय को अपभ्रंस भै सबैले क्षेत्री भन्छन र भन्नुको कारण पनि यहि हो । अहिले आएर ठकुरी र क्षेत्री विच भाषा धर्म र संस्कार विच एकरुपता रहि आएको छ  यद्दपी धर्म संस्कृतिमा एकै पाइए पनि विवाह गर्नेशाहिपाटाको सामान प्राकृत पूजा र मामाको छोरी विहे गर्ने चलन बाहेक शाह राजपरिवार भित्र श्री ३ जंगवहादुर राणा शक्तिमा आएको वखत देखि राणा र ठकुरीको विवाहमा शक्तिको कारण लिने दिने भए पनि त्यहाँ देखिबाट वाहेक अरु कुनै अघिल्लो समयमा यी ठकुरी र क्षेत्री विच कुनै वैवाहिक सम्वन्ध स्थापित भएको इतिहास पाइदैन  केहि इतिहासकारहरुले क्षेत्री र ठकुरीलाई एउटै वर्गमा र जातमा निर्धारण पनि गरेका छन्  खसहरु उच्च भएर क्षेत्री र क्षेत्रीबाट फेरी ठालु ठकुरी भएका हुन भने पनि यसको ठोस प्रमाण कहिँ पनि पाइदैन l बरु मगर र ठकुरीको हैसियतमा धेरै विद्वानले कलम चलाएको कारणले केहि वास्तविक हुन सक्छ  राणाकालमा राणाहरुलाई वाबुशाहेप भनिए वाहेक अरु कसैलाई ठकुरी भनिदैन  उसो त नेपाली सेना भित्र र अधिकृत दर्जा भएकाहरुका श्री मतिहरुले पनि मज्जाले रानी साहेव र राणाहरुले पनि वावुसाहेव र रानिसाहेवको दर्ज पाएका छन् तर उनीहरु सबैले के आफुलाई ठकुरी भन्छन ? ठकुरीको बारेमा यस्ता ठालु वा उच्च जात भनेर गरिएको प्रपोगान्डा वाहेक अर्को निकृष्ट केहि होइन किनकी भीमसेन थापा र जंग वहादुर राणा हुदै १०४ वर्ष सम्म राणा शासन चलाएका राणाहरु ठालु भए फुपू चेलो मामा चेलो ठकुरी सगंमात्र विहे वारी पनि चलाए तर खस क्षेत्रीविच विहेवारी चलाएनन  उनीहरु ठकुरी पनि भएननयस्ता उदाहरण इतिहासमा थुप्रै छन् जुन इतिहास लेखिएको पनि छ l खस क्षेत्रीमा पनि खस र मगरबाट विकसित भएर क्षेत्री भएका भन्ने मत पनि छन् र यो कार्य त राणाकालमा नै भएको भन्ने गरिन्छ | धेरै मगर र मतवाली खसलाई जनै भिडाएको र क्षेत्री बनाएको आरोप पनि छ l राणाकाल देखि नै क्षेत्रीको हकमा भने नयाँ ढंगले बेग्ला बेग्लै अस्तित्व रहन गएको पाइन्छ  त्यसैले सबै क्षेत्रीले आफुलाई ठकुरी भन्दैनन र ठकुरीले पनि आफुलाई क्षेत्री भन्दैनन । भिमसेन थापाको  आफैले आफु क्षेत्री भनेको विष्णु मतिको पुलको अभिलेख भए पनि मगर जातिले मगर हुन भन्नु पनि यसैको उदाहरण हो l
 
ठकुरी र छन्त्याल:-
प्रसिद्ध समाजशास्त्री मोहन मल्लका अनुसार तत्कालीन बाइसी चौबिसी राज्यताका कर्णालीको सिन्जाका एक पाल्चन ठकुरीका सन्तानहरु मध्य आपसी झै-झगडाका कारण एकजना मुस्ताङको थाकखोला आई बसोवास गरेकाले थकाली र अर्का बाग्लुङ जिल्लाको ढोरपाटन उपत्यकाको 'छ्यान्टुङभन्ने ठाउंमा बसोवास गरेकाले छन्त्याल कहलिएको भन्ने मान्यता बढी विश्वासनीय छ l हामी अझै वास्तविक ईतिहासको खोजीमा लागिरहेका छौ ।" नेपाल छन्त्याल संघका अध्यक्ष मनिचन्द घरब्जा छन्त्याल भन्नुहुन्छ । ठकुरी र छन्त्याल विच पनि नजिकको सम्वन्ध भएको कुरा जन जीव्रोमा पाइन्छ l यस बारे पनि रमाइलो कथा छ | शाही ठकुरीको जनै छिनेछ  जनै छिनेपछि वोल्न हुने थिएन रे तर उ बोलेर जनै छिन्यो- छिन्यो भन्यो रे l यो गल्तीले उ डराएर जनै छिन्यो - जनै छिन्यो भन्दै शाही भागेछ । यहि जनै छिन्यो जनै छिन्यो वाट छन्त्याल भएछ l यस्तो कथा भनेर शाही ठकुरी सँग छन्त्यालको वंश जोडिन्छ । अर्को कथन अनुसार पनि छन्त्यालका पुर्खा ठकुरी थिए l खानीको दुलो भित्र वसी काम गर्दा चिसोले भेटाउने भएकोले जनै फाली रक्सि र कुखुराका मासु खान थालेका हुन  यी छन्त्याल जातिले सुँगुर र राँगाको मासु नखाने कारणले पनि ठकुरी सित वंश जोडेर हेरिन्छ 
अर्को किवंदन्ती अनुसार श्री गोत्र सुरवान्श्को शाखा पुर्खा कुरुक्षेत्रमा राज गरि बस्दा दुई भाइ कुमारमा परेको झगडाले एक अर्को भाइलाई मार्न वा लुक्ने दुलो बनाउन सुरुंग खन्यो रे र खन्दा खन्दै तामाखानी भेटि धाउलाई १०० खार्न लाउँदा पनि नगर गाईको गोवरले गलेछ । यो सुरुङ खन्ने भाइलाई खानिमै रस बस्यो  खानी खादै उ र उसका सन्तान पान्दुखानी प्राण खानी आए | त्यहाबाट पछि फेरी छ्यान्तु आए र छन्त्याल नामले प्रशिद्द भए | सो छान्त्याल्हारू छ्याँटु आउनु भन्दा अघि ठकुरी थिए पछि छन्त्याल भए भन्ने विश्वास गरिन्छ | तै पनि कर्णाली अन्चलमा ठकुरीको एक थर छ छन्त्याल ठकुरी मल्ल, यो ठकुरीमा मामा चेलाको वैवाहिक सम्वन्धको आभास पाइन्छ l
ठकुरी र व्राम्हण वा वाहुन:-
मुलत आदिवासी मगर जनजातिले आर्यवर्त जनै धारण अङ्गीकार गरे पश्चात उ ठकुरी बन्यो जसको फलस्वरूप ठकुरीहरू हिन्दु धर्म संस्कारको परिपालन गर्ने पालक बने ।  पूजा पाठ गरउदा र गर्न लगाउदा व्राम्हण वा वाहुन पण्डित लगाउने परम्परा बसेको देखिन्छ । त्यसैले राजाबनेको जातिभएकोले बाहुनलाई खेताला झैँ बोलाएर आफ्नो कर्म काण्ड गर्न लागाइने प्रचलन थियो तर यसको लामो समय क्रम पछि भने वाहुनहरु पढेलेखेका हुनाले धनि हुँदै गए र ठकुरीहरू अनपढ वन्द् गए  त्यस्ता  ठकुरी गाउँमा वाहुन कै रजाइ चलन थाल्थ्यो केहि पुस्ता पछि आफुले ढेडो आटो फाडो खाएर घ्यु हालेको भात वाहुनलाई टक्राईन्थ्योमिठो मसिनो पण्डितलाइ भन्ने अझै पनि प्रचलन छ l त्यसैले वाहुनको खुट्टा ढोगेर ठकुरीहरुले आफुलाई भाग्यमानी सम्झदै आए र अझै पनि सम्झन्छन बुझौ है यो कुन चलन र अपराध हो ? ब्राम्हण देखि पूजा अर्चना गराउदै आएका उनीहरुकै जजमानी भएर पाण्डित्य स्विकार गर्नेपुजारी वनाउने , न्वारन गराउने , नाग पूजा आजा गर्ने गराउने,  काज क्रिया गराउने , श्राद्य गराउने र वाहुन वाट जनै धारण गर्ने आदि काम गराउदै आएको पाइन्छ l ऐतिहासिक कालमा ठकुरी राजा हुने र ठकुरीहरुको वरिपरी रहेर शक्तिको चलखेल गर्ने हिन्दु वर्णमा ब्राम्हण जातिको प्रमुख भूमिका रहदै आएको ध्रुवसत्य कुरा हो,  विषेश गरि राज परिवारको सदस्यको मृत्यु हुँदा विविध कर्म काण्ड गरि कुनै एक वाहुनले काट्टो खाने चलन पनि थियो र छ पनि | जुन राजा विरेन्द्रको मृत्यु हुदा सम्म यो संस्कार निरन्तरता देखिएको थियो । यस चलनको ठुलो विरोध पनि भयो र भित्र भित्र आगो बनेका वाहुनहरुले यो रिस साध्न कै लागि सबै ठकुरीलाई खस आर्यमा धकेली दिएका हुन र राजपरिवारको उच्छित्त्तो काढ्ने पनि वाहुनहरु नै एक नम्बरी छन्  तर अहिले कुनै ठकुरीले सार्वजनिक समारोहमा आफुलाई खस आर्य त भन्दैनन् तर जातीय वितिष्णा अकाल्छ्न  कुनै उपाध्याय वाहुनले ठकुरीकी छोरी विहे गरे पछी उनीहरु पट्टिको सन्तान उपाध्याय वाहुनले स्वीकार नगर्ने  तर जैसी र खस - क्षेत्री तिर पनि अस्वीकृत हुने हुनाले हमाल कायम गरेर ठकुरी संग विहेबारी गर्ने प्रचलन थियो, ति हमालहरूलाइ पहिले पहिले ठकुरी भनिदैनथियो  ( हेर्नुहोस एडेन भान्सिटार्ट ) र गोर्खा भर्तिमा पनि लिइदैन थियो  वाहुनले गुरुङ वा मगर वा कुनै अर्को तल्लो जातको विहे गरी  उनिहरुवाट जन्मेको सन्तान वाहुन हुन पाउदैन थे र खत्री कायम गरिन्थ्यो ।
ठकुरी र नेवार:-
नेवार कुनै जातीय नश्ल होइन l नेवार भित्र नै धेरै जाति उपजाति छन । स्थिति मल्ल कर्णालीका ठकुरी थिए उनि नेपाल उपत्यका गएर स्थिति बसालेकाले नामको अघि जय थपिदै जयस्थिति मल्ल बनेका थिए । उनै स्थिति मल्ल नेवार मल्लका पुर्खा थिए  ठकुरी र नेवार विचको खासै त्यस्तो सम्बन्धका बारेमा केहि आलेख भनाइ नपाइए पनि तत्कालिन मल्ल राजाहरु र खस मल्ल राजा विचको सम्बन्ध बारे चर्चा परिचर्चा पाइन्छ ।  ठकुरी पनि नेवार जस्तै एकै नश्लको होइन तर ठकुरीहरू मगर र खस क्षेत्रबाट विकसित भएकोले आर्य खसहरू वढि प्रभावकारी भयो फलस्वरूप मगारातका ठकुरीहरूको संस्कार खस ठकुरीहरूको संस्कारले निलिदियो ।  उसोत काठमाण्डौ उपत्याका मल्ल राजा हरुलाई तत्कालिन समयमा नेवारहरुले ठुकु जा भन्दथे ,यसको अर्थ ठकुरी राजाको संक्षिप्त रुप नै हो  जुन अद्यापी प्रचलनमा सुन्न पाइन्छ l अहिलेका इतिहासकार हरु पनि मल्लाहरु ठकुरी राजा हुन भन्ने कुरामा एकै मत पाइन्छ  
ठकुरी र थकाली
According to Micheal Vending The Thakali; Himalayan Ethnography # Thakali agree that Hansa Raja of Thakuri was married to a princes of Thini जुम्लाको ठकुरी राजा हंशराज शाही  र लामा पट्टिको छोरी न्हिमा रानीका विच विवाह भएर उनिहरुदेखी जन्मेका सन्तानहरुबाट नै थकाली हुन भनिएको छ l थकालीहरुले अद्यापि बाह्र बर्षे पर्व वा विभिन्न विभिन्न चाडपर्वमा हंशराज र न्हिमा रानीलाई बाजे र बजु भनेर सम्झने गर्छन l यो कुरालाई बिभिन्न इतिहासका विद्वानहरुले पुष्टि पनि गरेको पाइन्छ l अहिलेका केहि थकाली विद्वानहरु यो विषयलाई मन्न्न तयार छैनन् तर इतिहासको विषय मेट्न सकिन्न l 
ठकुरी र गुरुङ :-
राजा पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानमा महत्वपूर्ण योगदान गर्ने गुरुङ जातिको Note of Nepal भन्ने पुस्तकमा Aden Vansitart भांसीटार्टले ठकुरी राजाले  र गुरुङ जातिको छोरी  विच  वैवाहिक  तथ्य खुलाएर लेखेका छन् l जुन सामाजिक सद्भावको उदाहरण हो । यदि ठकुरी ठुलो जाति भए कसरी राजा भएको आफु तल्लो जात भन्निएको गुरुङ्गको छोरी विहे गर्दथ्यो ? कालु शाहीलाई घनपोखराका फचुन घलेले खुदीखोलाको वगरमा मार्दा खोलामा रगत मिसिएको हुनाले खुदीखोलाको पानी पिइन्न (गुरुङइन्द्रबहादुर–तमु सांस्कृतिक दिगदर्शनपृ ४६५)। गण्डकी क्षेत्रमा मुख्यत: मगरगुरुङ समुदायमा प्रचलित घाटु नृत्य तिनै कालु शाहीका गर्भे छोरा परशुराम शाही (पश्रामु राजा) को कथामा आधारित छ। तत्कालिन विशाल र शक्तिशाली मकवानपुरको ठकुरी सेन राजा र त्यहाँको राइहरु मन्त्रि हुने परम्परा इतिहासमा स्वोर्ण अक्षरले लेखिएकोछ ।
ठकुरी र अन्य
राष्ट्र निर्माणको पक्षमा औसत सबै भन्दा बढी सलग्न हुने ठकुरी जातिको नेपालका सबै जातिहरुसंग राम्रो सम्बन्ध थियो । मकवानपुरका तत्कालिन सेन राजाहरु र  मन्त्रि सरहको पदमा मन्त्रि पद लिएर राजा चलाएको किराँत राइहरूको इतिहासलाई सकारात्मक रुपमा लिनु पर्दछ  अन्य जातीहुरु दुराखवासघर्ति,आदी जस्ता जाति सँग पनि ठकुरीको इतिहासलाई केहि विद्वानले जोडेर हेरेको पाइन्छ l  नेपाल एकीकरणमा गंदर्भ सहित दलित र मुसलमानको इतिहासविद्ले खुलेर योगदान रहेको उल्लेख गरेका छन्   
ठकुरी र अन्य जाति ........ क्रमश ......